Sunday, February 5, 2023

तह वृद्धिको प्रस्तावित मापदण्ड अलपत्र

ताजा / भरखरै प्राप्त

राष्ट्रिय मावि सुनाचुरीमा माघ २६ गते आँखा शिविर हुने

रोटरी क्लब अफ हेटौडा, रोट्रयाक्ट क्लब अफ हेटौडा र हेटौडा सामुदायिक आँखा अस्पतालको आयोजनामा आँखा शिविर हुन लागेको रोटरी क्लब अफ हेटौडाका सदस्य एबम् आँखा शिविर संञ्चालन समितिका सदस्य विदुर रिजालले बताउनुभयो ।

युनिभर्सलकी दीपिका हेटौडा डान्सिङ स्टारको फाइनलमाः भोट गर्न सबैमा अपिल

मनहरी–माघ २१ गते । मकवानपुर उद्योग वाणिज्य संघको आयोजनामा हेटौंडामा जारी १० औं राष्ट्रिय औद्योगिक व्यापार महोत्सव अन्तरगत भइरहेको हेटौंडा डान्सिङ स्टारमा...

चेपाङ समुदायमा आयोडिनको महत्व बुझाउँदै राक्सिराङ गाउँपालिका

राक्सिराङ–माघ १९ गते । राक्सिराङ गाउँपालिकाले गाउँपालिकाभित्र बसोबास गर्ने चेपाङ समुदायलाई आयोडिनको महत्व बुझाउने उद्येश्यले यस वर्षको आयोडिन महिना सुरु गरेके छ...

राक्सिराङमा मानव अधिकारको चर्चा, शिक्षा र स्वास्थ्य समस्याप्रति चिन्ता

राक्सिराङ–माघ १९ गते । स्थानीय तहमा मानव अधिकार समूहको समस्या पहिचान तथा कार्ययोजना बैठक सम्पन्न भएको छ ।

कारले ठक्कर दिँदा मनहरीका स्वास्थ्यकर्मी अधिकारी घाइते

मनहरी बजारबाट कार्यालय मनहरी ३ स्थित हाँडीखोला स्वास्थ्य चौकीतर्फ जाँदै हुनुहुन्थ्यो ।

सरकारले स्थानीय तहका कर्मचारीलाई एक तह वृद्धि गर्ने गरी ल्याउन लागेको मापदण्ड अहिले अलपत्र परेको छ । स्थानीय तहका कर्मचारीको मनोबल उच्च पार्दै स्थानीय तहको कामलाई थप प्रभावकारी र परिणामुखी बनाउन सरकारले एक तह वृद्धि गर्ने मापदण्ड बनाएको थियो । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गत वैशाखमा मापदण्ड निर्माण गरी सहमतिका लागि अर्थ मन्त्रालयमा पठाएको थियो । प्रस्तावित मापदण्ड अझै अर्थ मन्त्रालयबाट फिर्ता भएको छैन ।

सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीले अहिलेसम्म अर्थ मन्त्रालयबाट कुनै पनि जवाफ नआएको बताए । कर्मचारी समायोजनका क्रममा सरकारले सङ्घका कर्मचारीलाई स्थानीय तह र प्रदेशमा समायोजन भई जाँदा एक तह वृद्धि र दुई ग्रेडसम्म थप गरेको तर स्थानीय तहमै कार्यरत कर्मचारीलाई यथास्थितिमै राखिएको थियो ।

उहाँका अनुसार सङ्घीय सरकारलाई आर्थिक भार नपर्ने गरी स्थानीय सञ्चित कोषबाटै व्ययभार बेहोर्ने गरी मन्त्रालयले तह वृद्धिको मापदण्ड तर्जुमा गरेको थियो । उनले भने, “गत वैशाखमा मापदण्डलाई सिधै मन्त्रिपरिषद्मा पेस गर्न लाग्दा सहमति लिएर पेस गर्न खोजिएकाले अहिलेसम्म अर्थ मन्त्रालयमै रोकिएको छ ।” समाचार आजको गोरखापत्र दैनिकबाट

लोकप्रिय

प्रदेश १ सरकारमाथि खनिए पूर्वमुख्यमन्त्री राई

काठमाडौं-पूर्वमुख्यमन्त्री तथा एमाले नेता शेरधन राईले प्रदेश १ सरकारमाथि जनहितमा काम गर्न नसकेको आरोप लगाएका छन् । सामाजिक सञ्जाल...

चेपाङ समुदायकै पहिलो गायक रबिन कुमारलाई विजय बानियाँ स्मृति लोक संगीत पुरस्कार

हेटौडाँ–पुष ६ गते । चेपाङ समुदायकै पहिलो गायक रबिन कुमार चेपाङ पुरस्कृत हुनुहुने भएको छ । विजय बानियाँ...

मनहरीमा अध्यक्षको एक्सनपछि चितवन निकासी हुने टिपरको संख्या बढ्यो

मंसीर २२ गते साँझ अध्यक्ष कालाखेतीको एक्सनबाट ३ वटा टिपरमाथि कारबाही भएको थियो । उक्त घटना लगत्तै राजश्व तिरेर मनहरीबाट नदिजन्य बस्तु ढुवानी गर्ने सवारी साधनको संख्यामा बृद्धि भएको पाइएको छ ।

Related Articles