Wednesday, September 27, 2023

राजीनामा दिएर उम्मेद्वारी ‘जिससमा १२ जनाको मनोनयन दर्ता’

ताजा / भरखरै प्राप्त

मनहरीको उद्योग बाणिज्य संघ १४ औँ बर्ष पूरा, कार्यालयमा दिप प्रज्वलन

बजार अनुगमनको कुरालाई ध्यान दिएको बताउँदै बजारमा अखाद्य बस्तु, म्याद गुज्रेको बस्तुहरु र ठगीका घटनाहरु सुन्न नपरोस् भन्दै शुभकामना दिनु भएको छ ।

मनहरीमा समाजवादीको बैठक, गाउँपालिकाको बेथितिबारे बोल्नुपर्ने राय

मनहरी गाउँपालिकाको पाडी खरिद काण्ड, १६ करोड राजश्व मिनाहा काण्ड, पत्रकारलाई अनावश्यक हस्तक्षेप गरेको काण्ड लगायतका बिषयहरुमा पार्टीले धारणा सार्बजनिक गर्नुपर्नेलगायतका बिषय नेतृत्वको ध्यानाकर्षण गराएको छ ।

सिमपानीका पाख्रीनलाई ट्रयाक्टरले किच्यो, सेनाले ज्यादति गरेको भन्दै राजमार्ग जाम

घटनास्थलमा प्रहरी पुगेको छ भने घाइते पाख्रीनलाई भरतपुरतर्फ उपचारार्थ पठाइएको छ।

युनिभर्सलले जनप्रतिनिधि र राजनितिकर्मीको उपस्थितिमा मनायो संविधान दिवस (फोटो फिचर)

राक्सिराङ गाउँपालिकाका उपाध्यक्ष थिङले संविधान विरोधी तत्वहरु सक्रिय भएको बताउनुभयो । ८ वर्ष अघि नेपालको गणतान्त्रिक संविधान जारी भई कार्यान्वयनमा आएतापनि अहिले संविधान विरोधी गतिविधिरु भइरहेको बताउनुभयो ।

पोखरा पुगेर प्रहरीले समात्यो अफिमवाला सुवासलाई, शिक्षक प्रल्हाद दर्जी छुट्लान् ?

सुवासलाई पक्राउ गर्न प्रहरी निरीक्षक दिपक थापा नेतृत्वको टोलीले २ दिन पोखरा बिताएको बताइएको छ ।

हेटौंडा–जिल्ला समन्वय समिति मकवानपुरको निर्वाचन असार २ गते हुने भएको छ । निर्वाचनको कार्यतालिकाअनुसार गठबन्धन दल र नेकपा एमालेका तर्फबाट उम्मेद्वारी दिइएको छ ।

मकवानपुरमा गठबन्धन दलका प्रमुख र उपप्रमुख धेरै भएकाले उनीहरुका उम्मेद्वारले जित्ने निश्चित जस्तै भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेद्वारी दर्ता गराइएको छ । गठबन्धन दलका उम्मेद्वार र नेकपा एमालेका उम्मेद्वारले मनोनयन दर्ता गराएका छन् । हाल भइरहेको पदबाट राजीनामा दिएर उम्मेद्वारी दिने धेरै छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा प्रमुख–उपप्रमुख र ७ सदस्यका लागि १२ जनाले मनोनयन दर्ता गराएका हुन् ।

प्रमुख पदमा सत्तारुढ गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका ललितबहादुर घलानले मनोनयन दर्ता गराएका छन् । उनी हालै सम्पन्न स्थानीय निर्वाचनबाट हेटौंडा–१२ को वडा अध्यक्ष निर्वाचित भएका थिए । प्रमुखमा नेकपा एमालेबाट इन्द्रसरोवरका बुद्धिराम डिम्डुङले मनोनयन गराएका छन् । उपप्रमुखमा भने गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका सानुकाजी लुईंटेलले मनोनयन गराएका छन् । उक्त पदमा उनले मात्र मनोनयन गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

जिससमा ३ महिला सदस्य रहने प्रावधान रहेकोमा ४ जनाले मनोनयन दर्ता गराएपछि उक्त पदका लागि निर्वाचन हुने भएको छ । महिला सदस्यमा नेपाली कांग्रेसबाट तारा ढुंगाना, विष्णुमाया थपलिया, सुमित्रा थिङ र नेकपा एमालेकी बिनाकुमारी थिङ लामाले उम्मेद्वारी दिएका हुन् ।

दलित तथा अल्पसंख्यक सदस्यतर्फ नेकपा (एकीकृत समाजवादी) बाट सुनिता दर्नाल परियारले मात्र उम्मेद्वारी दर्ता गराएकी छन् । खुला सदस्यहरुमा नेकपा (एकीकृत समाजवादी) बाट वीरेन्द्रकुमार लामा, नेकपा माओवादी केन्द्रका सुवर्ण गोपाली, माओवादीकै खड्गबहादुर पुलामी र एमालेका तोयनाथ तिमल्सिनाले उम्मेद्वारी दिएका हुन् । खुला सदस्य ३ जना हुने व्यवस्था भए पनि ४ जनाको उम्मेद्वारी परेकाले उक्त पदमा पनि निर्वाचन हुने भएको हो ।

मनोनयन दर्ता गराएका उम्मेद्वारमाथि मंगलबार दाबीविरोधको समय रहेको मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले जानकारी दिए । उनका अनुसार मंगलबार नै मनोनयनपत्रको जाँच र उजुरी परे त्यसउपर निर्णय गरिने, उम्मेद्वारको नामावली प्रकाशन, उम्मेद्वारी फिर्ता लिन चाहे लिन सकिने र नलिएको अवस्थामा अन्तिम नामावली प्रकाशन हुनेछ । असार १ गते उम्मेद्वारलाई निर्वाचन चिह्न प्रदान गरिने र २ गते मतदान हुने कार्यसूची छ ।

मकवानपुरमा हेटौंडा उपमहानगरपालिका, थाहा नगरपलिका र ८ गाउँपालिका छन् । सबै पालिकाको प्रमुख र उपप्रमुख गरी २० जनाले जिससका लागि मतदान गर्न पाउनेछन् । स्थानीय निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिको संख्या हेर्दा कांग्रेसका ९, माओवादी केन्द्रका ७, नेकपा एमालेका ३ र एकीकृत समाजवादीका १ मतदाता छन् । ९ सदस्यीय जिल्ला समन्वय समितिमा प्रमुख तथा उपप्रमुख र ७ सदस्य रहने प्रावधान छ ।

लोकप्रिय

प्रदेश १ सरकारमाथि खनिए पूर्वमुख्यमन्त्री राई

काठमाडौं-पूर्वमुख्यमन्त्री तथा एमाले नेता शेरधन राईले प्रदेश १ सरकारमाथि जनहितमा काम गर्न नसकेको आरोप लगाएका छन् । सामाजिक सञ्जाल...

प्रदेश खेलकुदमा सालकको मस्कटः संरक्षणकर्मी थप उत्साहित

बागमती प्रदेशको १३ वटै जिल्लामा पाइने एकमात्र वन्यजन्तुको रुपमा सालक रहेको छ ।

मनहरीका १८ जना प्रधानाध्यापकद्वारा राजीनामा

मनहरी–असार २९ गते । मनहरी गाउँपालिकाभित्र रहेका १८ वटा प्राथमिक विद्यालयका शिक्षकहरु सामूहिक राजीनामा दिनु भएको छ ।

Related Articles

मनहरीको उद्योग बाणिज्य संघ १४ औँ बर्ष पूरा, कार्यालयमा दिप प्रज्वलन

बजार अनुगमनको कुरालाई ध्यान दिएको बताउँदै बजारमा अखाद्य बस्तु, म्याद गुज्रेको बस्तुहरु र ठगीका घटनाहरु सुन्न नपरोस् भन्दै शुभकामना दिनु भएको छ ।

मनहरीमा समाजवादीको बैठक, गाउँपालिकाको बेथितिबारे बोल्नुपर्ने राय

मनहरी गाउँपालिकाको पाडी खरिद काण्ड, १६ करोड राजश्व मिनाहा काण्ड, पत्रकारलाई अनावश्यक हस्तक्षेप गरेको काण्ड लगायतका बिषयहरुमा पार्टीले धारणा सार्बजनिक गर्नुपर्नेलगायतका बिषय नेतृत्वको ध्यानाकर्षण गराएको छ ।

सिमपानीका पाख्रीनलाई ट्रयाक्टरले किच्यो, सेनाले ज्यादति गरेको भन्दै राजमार्ग जाम

घटनास्थलमा प्रहरी पुगेको छ भने घाइते पाख्रीनलाई भरतपुरतर्फ उपचारार्थ पठाइएको छ।