Monday, May 29, 2023

मनहरी अस्पतालमा अब बिहान ८ बजेबाटै ओपिडी सेवा

ताजा / भरखरै प्राप्त

रोटरी माविमा पोषण प्रदर्शनीको आयोजना

मनहरी–जेठ १२ गते । मनहरी गाउँपालिका ७ स्थित राष्ट्रिय रोटरी माध्यमिक विद्यालयले पोषण प्रदर्शनी गरेको छ । पछिल्लो समय...

राक्सिराङमा मानव बेचविखन तथा ओसारपसार नियन्त्रणसम्बन्धि अन्तरक्रिया

राक्सिराङ–जेठ ११ गते । राक्सिराङ गाउँपालिकामा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण सम्बन्धि छलफल तथा अन्तरक्रिया गरिएको छ ।

चिउरीः बहुआयामिक ‘कल्पबृक्ष’

परापूर्व कालदेखि नै चल्दै उपयोगमा ल्याइएका मौलिक बनष्पति र जीवजन्तुको संरक्षण र त्यसको बहुआयामिक उपयोगबारे अब ध्यान दिनुपर्ने बेला आएको छ

प्रदेश खेलकुदमा सालकको मस्कटः संरक्षणकर्मी थप उत्साहित

बागमती प्रदेशको १३ वटै जिल्लामा पाइने एकमात्र वन्यजन्तुको रुपमा सालक रहेको छ ।

मनहरी रेडक्रसको पहिलो बैठक, क्षेत्रीय समन्वय केन्द्र बनाउन पहल

नेपाल रेडक्रस सोसाइटी मनहरी उपशाखालाई क्षेत्रीय सेवा सुविधासहितको समन्वय केन्द्र बनाउन पहल ।

मनहरी–भदौ १ गते । पश्चिम मकवानपुरकै एक मात्र अस्पताल मनहरी अस्पतालले सेवाग्राहीहरुको चापलाई ध्यानमा राखी गाउपालिकाको आर्थिक सहयोगमा भाद्र १ बुधवारका दिन देखी बिहान ८ बजे देखी ओपीडी सेवा सुरु गरेको छ । पहिलो दिनमै ८ बजे देखी १० बजेको समय भिर २० जनाले स्वास्थ्य सेवा लिएको सिनियर अहेब शिवराम बानियाले बताउनुभयो ।

अस्पातलमा मनहरी गाउपालिकाका बिरामी मात्रै नभई छिमेकी स्थानीय पालिका राक्सिराङ,कैलाश, हेटौंडा उपमहानगरका केही वडा र चितवन जिल्लाको पुर्बी भाग राप्ती नगरपालिकाबाट समेत बिरामीहरु औषधी उपचार लिने गरेको छ ।

अस्पतालले दिउँसोको बिरामी चापलाई ध्यानमा राख्दै बिहानको ८ बजे देखी १० बजे सम्मको अतिरिक्त समयमा पनि अस्पताल सन्चालन गर्ने निर्णय अनुसार सेवा प्रदान गरेको सिनियर अहेब बानियाले बताउनुभयो । अतिरिक्त समयमा अस्पतालबाट बिरामी जाच, औसधी बितरण, एक्सरे सेवा र ल्याब सर्भिस जस्ता सेवा सन्चालनमा आएको हो ।

अतिरिक्त सेवा सन्चालनमा आए सङ्गै बिरामीको चाप,खाली पेटमा गरिने जाच र अस्पतालको नियमित सेवा लिन नभ्याउनेहरुको लागि यो सेवा धेरैनै प्रभावकारी हुने र सरकारी स्वास्थ्य सस्थाबाटै अधिकतम सेवा प्रदान गर्ने उद्देश्यका साथ यो सेवा सन्चालन गरिएको मनहरी गाउपालिका स्वास्थ्य संयोजक रामचन्द्र दाहालले बताउनुभयो ।
यस्तैगरी अतिरिक्त सेवा अबधिमा स्वास्थ्य बिमा कार्डका प्रयोग गर्ने सेवाग्राहिलाई रिफरका कार्ड बनाईने छ । दैनिक रुपमा १५० भन्दा बढी बिरामीहरुले सेवा प्राप्त गर्ने यस अस्पातलमा नियमित सेवा,खोप सेवा र गर्व जाच तथा परिवार नियोजन सम्बन्धी सेवा १० बजे पस्चात मात्र प्रदान गरिने छ ।

अस्पातलमा अहिले १ जना एम बि बि एस् डाक्टर सहित पारामेडिक्स ६ जना,नर्सिङ तर्फ ५ जना, फार्मेसी तर्फ २ जना,ल्याब तर्फ ३ जना,एक्सरे तर्फ १ जना, कार्यालय सहयोगी २ जना र दर्ता कर्मचारी १ जना सहित २२ जना जनशक्ती रहेको छ । २२ जना मध्ये ६ जना जनशक्ती अस्पताल समितिले आँफैले तलब दिने गरी काममा लागिरहेकाछन ।

अस्पतालको नयाँ भवन बनाउने प्रकृयामा तत्काललाई बिरामी जाच गराउने स्थानको अभावले अस्पताल निर्माण रोकिएकोमा अस्पातलकै कर्मचारीको आवासघर ९ईलाका प्रहरी कार्यालय सङ्गै रहेको स्थानमा० अस्थाई संरचना निर्माण गरिएको र केही दिनमै उक्त स्थानबाट सेवा सुचारु गरीने र अस्पतालको नयाँ भवन निर्माणकार्यले तिब्रता पाउने स्वास्थ्य सम्योजक राम चन्द्र दाहालले बताउनुभयो ।

लोकप्रिय

प्रदेश १ सरकारमाथि खनिए पूर्वमुख्यमन्त्री राई

काठमाडौं-पूर्वमुख्यमन्त्री तथा एमाले नेता शेरधन राईले प्रदेश १ सरकारमाथि जनहितमा काम गर्न नसकेको आरोप लगाएका छन् । सामाजिक सञ्जाल...

साहित्य संगम मकवानपुरले ८ जना साहित्यकारलाई सम्मान गर्ने

हेटौंडा-मकवानपुरको अग्रणी साहित्यिक संस्था साहित्य संगम मकवानपुरले यस वर्ष ८ जना साहित्यकारलाई सम्मान तथा पुरस्कार प्रदान गर्ने भएको छ । संगमको मंगलबार...

चेपाङ समुदायकै पहिलो गायक रबिन कुमारलाई विजय बानियाँ स्मृति लोक संगीत पुरस्कार

हेटौडाँ–पुष ६ गते । चेपाङ समुदायकै पहिलो गायक रबिन कुमार चेपाङ पुरस्कृत हुनुहुने भएको छ । विजय बानियाँ...

Related Articles

रोटरी माविमा पोषण प्रदर्शनीको आयोजना

मनहरी–जेठ १२ गते । मनहरी गाउँपालिका ७ स्थित राष्ट्रिय रोटरी माध्यमिक विद्यालयले पोषण प्रदर्शनी गरेको छ । पछिल्लो समय...

राक्सिराङमा मानव बेचविखन तथा ओसारपसार नियन्त्रणसम्बन्धि अन्तरक्रिया

राक्सिराङ–जेठ ११ गते । राक्सिराङ गाउँपालिकामा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण सम्बन्धि छलफल तथा अन्तरक्रिया गरिएको छ ।

चिउरीः बहुआयामिक ‘कल्पबृक्ष’

परापूर्व कालदेखि नै चल्दै उपयोगमा ल्याइएका मौलिक बनष्पति र जीवजन्तुको संरक्षण र त्यसको बहुआयामिक उपयोगबारे अब ध्यान दिनुपर्ने बेला आएको छ