Saturday, February 4, 2023

हाँडीखोलाको महेन्द्र ज्योति मावि सुधार्न गाउँपालिका अध्यक्ष कालाखेतीको निर्देशन

ताजा / भरखरै प्राप्त

चेपाङ समुदायमा आयोडिनको महत्व बुझाउँदै राक्सिराङ गाउँपालिका

राक्सिराङ–माघ १९ गते । राक्सिराङ गाउँपालिकाले गाउँपालिकाभित्र बसोबास गर्ने चेपाङ समुदायलाई आयोडिनको महत्व बुझाउने उद्येश्यले यस वर्षको आयोडिन महिना सुरु गरेके छ...

राक्सिराङमा मानव अधिकारको चर्चा, शिक्षा र स्वास्थ्य समस्याप्रति चिन्ता

राक्सिराङ–माघ १९ गते । स्थानीय तहमा मानव अधिकार समूहको समस्या पहिचान तथा कार्ययोजना बैठक सम्पन्न भएको छ ।

कारले ठक्कर दिँदा मनहरीका स्वास्थ्यकर्मी अधिकारी घाइते

मनहरी बजारबाट कार्यालय मनहरी ३ स्थित हाँडीखोला स्वास्थ्य चौकीतर्फ जाँदै हुनुहुन्थ्यो ।

मनहरीमा गणित र नेपाली बिषयमा विद्यार्थीहरु कमजोर

मनहरी गाउँपालिकाभित्र गरिएको एक सर्बेक्षणले बालबालिकाको आधारभूत तहमा सिक्नुपर्ने कुराहरुको सिकाई अत्यन्तै कमजोर देखिएको हो ।

विज्ञान शिक्षकलाई पाँच दिने क्षमता विकास तालिम

तालिम प्राप्त गरिसकेपछि पाठयक्रमको आधारमा शिक्षण गर्ने, प्रश्न पत्र निर्माण गर्ने, विज्ञान प्रयोगशालमा विद्यार्थीहरु समक्ष कसरी प्रस्तुत हुने र कसरी सिकाउने भन्ने विषयमा जानकार हुने लक्ष राखिएको उहाँले बताउनुभयो ।

मनहरी–भदौ ११ गते । मनहरी गाउँपालिका ८ सिमपानीस्थित महेन्द्रकिरण माध्यमिक विद्यालयमा अभिभावकको आन्दोलन भएर प्रधानाध्यापक हटाइएको घटना चर्चामा आइरहँदा मनहरी ३ स्थित महेन्द्र ज्योति माध्यमिक विद्यालयबारे पनि प्रश्न उठेको छ ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र डब्लुपीडी नेपालले गत बुधवार आयोजना गरेको सार्बजनिक सुनुवाई कार्यक्रममा सोही विद्यालयका विद्यार्थीहरुले विद्यालयको दुराबस्थाबारे प्रश्न उठाएका हुन् ।

कक्षा १० मा अध्ययन गर्ने बालिकाले प्रधानाध्यापक गोकुल प्रसाद शर्माकै अगाडि गाउँपालिका अध्यक्ष रन्जन कालाखेती, उपाध्यक्ष सीता पुलामीमगर र वडाध्यक्ष अनन्तप्रकाश अर्यालसामु प्रश्न उठाउनु भएको हो । ती बालिकाले भन्नुभयो–‘स्कूलमा कम्प्युटर ल्याब छ, तर कहिल्यै कम्प्युटर चलाउन पाइएन ।’ त्यसैगरी कक्षाकोठामा पंखा नहुँदा गर्मी महिनामा पसिनाले निथ्रुक्कै भिजेर पढ्नुपरेको गुनासो ती बालिकाले गर्नुभयो ।

बालबालिकाहरुले झै स्थानीय अभिभावकहरुले विद्यालयको रिजल्ट, शिक्षक र विद्यार्थीहरुको बरब्यवहारबारे पनि प्रश्न गरेका थिए । एसइइ परिक्षामा कमजोर नजिता आएको प्रसंग कोट्याउँदै अभिभावकहरुले विद्यार्थीहरु विद्यालय समयमा पनि बाहिरै हुने गरेको, शिक्षकहरु समयमै विद्यालयमा नआउने गरेको, आए पनि प्रधानाध्यापकलाई नटेर्ने गरेकोजस्ता गुनासाहरु अभिभावकले ब्यक्त गरे ।

जबाफमा प्रधानाध्यापक शर्माले विद्यालय सुधार अभियान सुरु भइसकेको बताउँदै कम्प्युटर ल्याबस सञ्चालन गर्न नसकिएको बताउनुभयो । ‘६ वटा कम्प्युटरका र्‍याम नै चोरी भएको पाइयो’, प्रधानाध्यापक शर्माले भन्नुभयो–‘कम्पाउण्ड नहुँदा विद्यालयको सम्पत्ति सुरक्षामा समस्या परिरहेको छ ।’ उहाँले कम्प्युटर ल्याब, पुस्तकालय पनि राम्ररी सञ्चालन हुन नसकेको बताउनुभयो । भएका पंखाहरु पनि भाँचिदिएकाले पंखाले काम गर्न नसकेको उहाँको भनाई थियो ।

विद्यार्थी र अभिभावकहरुको कुरा सुनिसकेपछि गाउँपालिका अध्यक्षले विद्यालयबारे आएको टिप्पणीहरु सुधार गर्न प्रधानाध्यापक शर्मालाई निर्देशन दिनुभयो । उहाँले देखिने गरी विद्यालय सुधार गर्नेगरी काम गर्न प्रधानाध्यापक शर्मालाई ध्यानाकर्षण गराउँदै अन्यथा बिकल्प खोज्नेसम्मको भनाई राख्नुभयो ।

आफै बसेको मनहरी ८ स्थित महेन्द्र किरण माध्यमिक विद्यालयको उदाहरण सुनाउँदै गाउँपालिका अध्यक्ष कालाखेतीले भन्नुभयो–‘पालिकाले यथेष्ट सहयोग गरिरहेको छ, अझै थप काम गर्नेछौँ, तर पनि स्कूल सुध्रेन भने हामी एक्सनमा जान्छौँ ।’ गलत र अनुशासनहीन काम भएमा शिक्षक युनियन वा जुनसुकै पार्टीको दबाब भएपनि कारबाही गरिछाड्ने उहाँको भनाई थियो ।

सार्बजनिक सुनुवाई कार्यक्रममा उपाध्यक्ष पुलामीले महिला तथा बालबालिकाको क्षेत्रमा भइरहेका काम कारबाहीका बारेमा जानकारी गराउनुभएको थियो । कार्यक्रममा हाँडीखोला स्वास्थ्य चौकीमा औषधी किन्नुपरेको र भिडियो मेसिन मुसाले क्षति पुर्‍याएकोसम्म प्रसंग चलेको थियो । त्यसैगरी सहकारीले सेयर सदस्य नभएका किसानलाई रासायिनिक मल नदिएकोबारे पनि अध्यक्ष कालाखेतीको ध्यानाकर्षण गराउनु भएको थियो ।

कार्यक्रममा वडाध्यक्ष अनन्त प्रकाश अर्यालले विद्यालय सुधारको दिशामा गएको र अहिले विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु सक्रिय भएर सुधारका काममा लागिपरेको बताउनुभयो । छिट्टै कम्पाउण्ड लगायतका कामहरु पनि गर्ने तयारीका साथ शिक्षक र विद्यार्थीहरुको बर ब्यवहार सुधारका काम भइरहेको उहाँले बताउनुभयो ।

त्यसैगरी अभिभावकहरुले आफ्नो विद्यालय र विद्यार्थीहरुका बारेमा पनि चासो राख्नुपर्नेमा वडाध्यक्षको जोड थियो । कार्यक्रममा स्वास्थ्य संयोजक रामचन्द्र दाहाल, शिक्षा संयोजक हरिचन्द्र सापकोटा, सामाजिक विकास संयोजक शैलेस बास्कोटा, हाँडीखोला स्वास्थ्य चौकीका नाथुराम चौधरी लगायतले आप्m्नो क्षेत्रका सेवा प्रबाह अबस्थाबारे जानकारी गराउनु भएको थियो ।

लोकप्रिय

प्रदेश १ सरकारमाथि खनिए पूर्वमुख्यमन्त्री राई

काठमाडौं-पूर्वमुख्यमन्त्री तथा एमाले नेता शेरधन राईले प्रदेश १ सरकारमाथि जनहितमा काम गर्न नसकेको आरोप लगाएका छन् । सामाजिक सञ्जाल...

चेपाङ समुदायकै पहिलो गायक रबिन कुमारलाई विजय बानियाँ स्मृति लोक संगीत पुरस्कार

हेटौडाँ–पुष ६ गते । चेपाङ समुदायकै पहिलो गायक रबिन कुमार चेपाङ पुरस्कृत हुनुहुने भएको छ । विजय बानियाँ...

मनहरीमा अध्यक्षको एक्सनपछि चितवन निकासी हुने टिपरको संख्या बढ्यो

मंसीर २२ गते साँझ अध्यक्ष कालाखेतीको एक्सनबाट ३ वटा टिपरमाथि कारबाही भएको थियो । उक्त घटना लगत्तै राजश्व तिरेर मनहरीबाट नदिजन्य बस्तु ढुवानी गर्ने सवारी साधनको संख्यामा बृद्धि भएको पाइएको छ ।

Related Articles

चेपाङ समुदायमा आयोडिनको महत्व बुझाउँदै राक्सिराङ गाउँपालिका

राक्सिराङ–माघ १९ गते । राक्सिराङ गाउँपालिकाले गाउँपालिकाभित्र बसोबास गर्ने चेपाङ समुदायलाई आयोडिनको महत्व बुझाउने उद्येश्यले यस वर्षको आयोडिन महिना सुरु गरेके छ...

राक्सिराङमा मानव अधिकारको चर्चा, शिक्षा र स्वास्थ्य समस्याप्रति चिन्ता

राक्सिराङ–माघ १९ गते । स्थानीय तहमा मानव अधिकार समूहको समस्या पहिचान तथा कार्ययोजना बैठक सम्पन्न भएको छ ।

कारले ठक्कर दिँदा मनहरीका स्वास्थ्यकर्मी अधिकारी घाइते

मनहरी बजारबाट कार्यालय मनहरी ३ स्थित हाँडीखोला स्वास्थ्य चौकीतर्फ जाँदै हुनुहुन्थ्यो ।