Saturday, February 4, 2023

मनहरी गाउँपालिका ४ नं वडामा सार्बजनिक सुनुवाई

ताजा / भरखरै प्राप्त

चेपाङ समुदायमा आयोडिनको महत्व बुझाउँदै राक्सिराङ गाउँपालिका

राक्सिराङ–माघ १९ गते । राक्सिराङ गाउँपालिकाले गाउँपालिकाभित्र बसोबास गर्ने चेपाङ समुदायलाई आयोडिनको महत्व बुझाउने उद्येश्यले यस वर्षको आयोडिन महिना सुरु गरेके छ...

राक्सिराङमा मानव अधिकारको चर्चा, शिक्षा र स्वास्थ्य समस्याप्रति चिन्ता

राक्सिराङ–माघ १९ गते । स्थानीय तहमा मानव अधिकार समूहको समस्या पहिचान तथा कार्ययोजना बैठक सम्पन्न भएको छ ।

कारले ठक्कर दिँदा मनहरीका स्वास्थ्यकर्मी अधिकारी घाइते

मनहरी बजारबाट कार्यालय मनहरी ३ स्थित हाँडीखोला स्वास्थ्य चौकीतर्फ जाँदै हुनुहुन्थ्यो ।

मनहरीमा गणित र नेपाली बिषयमा विद्यार्थीहरु कमजोर

मनहरी गाउँपालिकाभित्र गरिएको एक सर्बेक्षणले बालबालिकाको आधारभूत तहमा सिक्नुपर्ने कुराहरुको सिकाई अत्यन्तै कमजोर देखिएको हो ।

विज्ञान शिक्षकलाई पाँच दिने क्षमता विकास तालिम

तालिम प्राप्त गरिसकेपछि पाठयक्रमको आधारमा शिक्षण गर्ने, प्रश्न पत्र निर्माण गर्ने, विज्ञान प्रयोगशालमा विद्यार्थीहरु समक्ष कसरी प्रस्तुत हुने र कसरी सिकाउने भन्ने विषयमा जानकार हुने लक्ष राखिएको उहाँले बताउनुभयो ।

मनहरी–भदौ १२ गते । शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रमा परिवर्तन देखिने गरी काम अघि बढ्ने मनहरी गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीले बताउनु भएको छ ।

मनहरी गाउँपालिका वडा नं ४ मा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र डब्लुपीडीले आयोजना गरेको सार्बजनिक सुनुवाई कार्यक्रममा अध्यक्ष कालाखेतीले यस्तो बताउनु भएको हो ।

‘कृषि, शिक्षा र स्वास्थ्यमा आगामी बर्ष अझै बढी लगानी गर्दै जानेछौँ’, अध्यक्ष कालाखेतीको भनाई थियो–‘यस बर्ष पक्की पुल निर्माणमा १५ करोड लगानी गर्नुपरेकाले योजना बाँडफाँटमा अलिक समस्या आयो, अर्काे बर्ष यस्तो हुँदैन ।’ अध्यक्ष कालाखेतीले आगामी बर्ष पक्की पुल निर्माणका लागि ८ करोड मात्रै लगानी गर्नुपर्ने हुँदा चालू आर्थिक बर्षकै तुलनामा पनि ७ करोड रुपियाँ बचत हुने र उक्त रकम सबै वडामा योजनाको रुपमा बिनियोजन हुने बताउनुभयो ।

कार्यक्रममा पशुपतिनाथ माध्यमिक विद्यालयका प्रधानाध्यापक भानुभक्त आचार्य, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष माधव गौतम, गाउँपालिका शिक्षा शाखा प्रमुख हरिचन्द्र सापकोटा, सामाजिक विकास शाखा प्रमुख शैलेस बास्कोटा, स्वास्थ्य इकाईकी संरचना देवकोटा लगायत आम जनसाधारणले उठाएका बिषयबस्तुहरुबारे जबाफ दिनु भएको थियो ।

सो क्रममा ४ नं वडाध्यक्ष प्रकाश थापाले उठेका सबालहरुको आफूले राम्ररी मनन् गरेको र निकट भबिष्यमै समाधान भएर जाने बताउनुभयो । तर, शिक्षा क्षेत्रमा उठाइएका प्रश्नहरुका बारेमा भने वडाध्यक्ष थापाले अभिभावकहरु नै सचेत नहुँदा समस्या दोहोरिरहेको बताउनुभयो ।

सार्बजनिक सुनुवाई कार्यक्रममा घरेलु हिंसा भोग्दै आइरहेकी महिलाको समस्यादेखि विद्युत बिस्तार, खानेपानी, सीप तथा तालिम, विद्यालयमा छात्रबृत्ति लगायतका बिषयमा सबालहरु उठेको थियो । वडाध्यक्ष थापाको सभाध्यक्षतामा भएको कार्यक्रममा इन्सेकका कार्यक्रम संयोजक कृष्ण प्रसाद नेपालले औचित्यबारे स्पष्ट पार्नु भएको थियो ।

लोकप्रिय

प्रदेश १ सरकारमाथि खनिए पूर्वमुख्यमन्त्री राई

काठमाडौं-पूर्वमुख्यमन्त्री तथा एमाले नेता शेरधन राईले प्रदेश १ सरकारमाथि जनहितमा काम गर्न नसकेको आरोप लगाएका छन् । सामाजिक सञ्जाल...

चेपाङ समुदायकै पहिलो गायक रबिन कुमारलाई विजय बानियाँ स्मृति लोक संगीत पुरस्कार

हेटौडाँ–पुष ६ गते । चेपाङ समुदायकै पहिलो गायक रबिन कुमार चेपाङ पुरस्कृत हुनुहुने भएको छ । विजय बानियाँ...

मनहरीमा अध्यक्षको एक्सनपछि चितवन निकासी हुने टिपरको संख्या बढ्यो

मंसीर २२ गते साँझ अध्यक्ष कालाखेतीको एक्सनबाट ३ वटा टिपरमाथि कारबाही भएको थियो । उक्त घटना लगत्तै राजश्व तिरेर मनहरीबाट नदिजन्य बस्तु ढुवानी गर्ने सवारी साधनको संख्यामा बृद्धि भएको पाइएको छ ।

Related Articles

चेपाङ समुदायमा आयोडिनको महत्व बुझाउँदै राक्सिराङ गाउँपालिका

राक्सिराङ–माघ १९ गते । राक्सिराङ गाउँपालिकाले गाउँपालिकाभित्र बसोबास गर्ने चेपाङ समुदायलाई आयोडिनको महत्व बुझाउने उद्येश्यले यस वर्षको आयोडिन महिना सुरु गरेके छ...

राक्सिराङमा मानव अधिकारको चर्चा, शिक्षा र स्वास्थ्य समस्याप्रति चिन्ता

राक्सिराङ–माघ १९ गते । स्थानीय तहमा मानव अधिकार समूहको समस्या पहिचान तथा कार्ययोजना बैठक सम्पन्न भएको छ ।

कारले ठक्कर दिँदा मनहरीका स्वास्थ्यकर्मी अधिकारी घाइते

मनहरी बजारबाट कार्यालय मनहरी ३ स्थित हाँडीखोला स्वास्थ्य चौकीतर्फ जाँदै हुनुहुन्थ्यो ।