Saturday, February 4, 2023

अपाङ्गता परिचय पत्र दिने सफ्टवेयरबारे अभिमुखीकरण

ताजा / भरखरै प्राप्त

चेपाङ समुदायमा आयोडिनको महत्व बुझाउँदै राक्सिराङ गाउँपालिका

राक्सिराङ–माघ १९ गते । राक्सिराङ गाउँपालिकाले गाउँपालिकाभित्र बसोबास गर्ने चेपाङ समुदायलाई आयोडिनको महत्व बुझाउने उद्येश्यले यस वर्षको आयोडिन महिना सुरु गरेके छ...

राक्सिराङमा मानव अधिकारको चर्चा, शिक्षा र स्वास्थ्य समस्याप्रति चिन्ता

राक्सिराङ–माघ १९ गते । स्थानीय तहमा मानव अधिकार समूहको समस्या पहिचान तथा कार्ययोजना बैठक सम्पन्न भएको छ ।

कारले ठक्कर दिँदा मनहरीका स्वास्थ्यकर्मी अधिकारी घाइते

मनहरी बजारबाट कार्यालय मनहरी ३ स्थित हाँडीखोला स्वास्थ्य चौकीतर्फ जाँदै हुनुहुन्थ्यो ।

मनहरीमा गणित र नेपाली बिषयमा विद्यार्थीहरु कमजोर

मनहरी गाउँपालिकाभित्र गरिएको एक सर्बेक्षणले बालबालिकाको आधारभूत तहमा सिक्नुपर्ने कुराहरुको सिकाई अत्यन्तै कमजोर देखिएको हो ।

विज्ञान शिक्षकलाई पाँच दिने क्षमता विकास तालिम

तालिम प्राप्त गरिसकेपछि पाठयक्रमको आधारमा शिक्षण गर्ने, प्रश्न पत्र निर्माण गर्ने, विज्ञान प्रयोगशालमा विद्यार्थीहरु समक्ष कसरी प्रस्तुत हुने र कसरी सिकाउने भन्ने विषयमा जानकार हुने लक्ष राखिएको उहाँले बताउनुभयो ।

मनहरी–भदौ २८ गते । मनहरी गाउँपालिकाकाका ९ वटै वडा सचिव र कम्प्युटर अपरेटर तथा पालिका स्तरीय मानव बेचबिखन रोकथाम समितिका सदस्यहरुका लागि सामाजिक सुरक्षा व्यवस्थापन प्रणाली सम्बन्धी प्राविधिक अभिमुखीकरण कार्यक्रम गरिएको छ ।

ज्येष्ठ नागरिक, महिला तथा बाल बालिका मन्त्रालयले तयार पारेको सामाजिक सूचना व्यवस्थापन प्रणालीबारे प्राविधिक ज्ञान दिनका अभिमुखीकरण कार्यक्रम गरिएको हो ।

शान्ति फाउण्डेसनले युएसआइडी र युके एडको सहयोगमा सञ्चालन गरेको सम्मान परियोजना अन्तर्गत कार्यक्रम आयोजना गरिएको हो ।

फाउण्डेसनकी जिल्ला कार्यक्रम अधिकृत सीता गुरुङका अनुसार मन्त्रालयले तयार पारेको प्रणालीलाई कार्यान्वयन गर्ने सरकारको तयारी छ । हाल परियोजना लागू भएका पालिकाहरुमा यो प्रणालीको अवलम्बन गर्ने तयारी भइरहेकाले प्राविधक अभिमुखीकरण गरिएको उहाँले बताउनुभयो ।

यो सूचना प्रणाली अन्तर्गत महिला, बालबालिका, स्थानीय तहका उजुरी, ज्येष्ठ नागरिक, अपांगता लगायत सामाजिक सेवासँग जोडिएका बिषयहरुको तथ्याङ्क संकलन गरी अपलोड गरिनेछ । पालिकाभर रहेका सामाजिक क्षेत्र सेवा अन्तर्गतका तथ्याङ, प्रगति विवरणसहित अपाङ्गता भएका व्यक्तिहरुको परिचय पत्र समेत निर्माण गर्न सकिनेगरी सफ्टवेयर तयार भएको बताइन्छ ।

गाउँपालिकाका उपाध्यक्ष सीता पुलामी मगरको सभाध्यक्षतामा भएको कार्यक्रममा सूचना प्रविधि अधिकृत आशिष मल्ल र विनरक इन्टरनेशनलका दिलबहादुर गोलेले सहजीकरण गर्नु भएको थियो ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत मोहनकुमार श्रेष्ठ, सामाजिक शाखा प्रमुख शैलेश बास्कोटा, शान्ति फाउण्डेसनकै सहजकर्ता देवकी ढुंगाना लगायत सहभागी हुनुहुन्थ्यो ।

लोकप्रिय

प्रदेश १ सरकारमाथि खनिए पूर्वमुख्यमन्त्री राई

काठमाडौं-पूर्वमुख्यमन्त्री तथा एमाले नेता शेरधन राईले प्रदेश १ सरकारमाथि जनहितमा काम गर्न नसकेको आरोप लगाएका छन् । सामाजिक सञ्जाल...

चेपाङ समुदायकै पहिलो गायक रबिन कुमारलाई विजय बानियाँ स्मृति लोक संगीत पुरस्कार

हेटौडाँ–पुष ६ गते । चेपाङ समुदायकै पहिलो गायक रबिन कुमार चेपाङ पुरस्कृत हुनुहुने भएको छ । विजय बानियाँ...

मनहरीमा अध्यक्षको एक्सनपछि चितवन निकासी हुने टिपरको संख्या बढ्यो

मंसीर २२ गते साँझ अध्यक्ष कालाखेतीको एक्सनबाट ३ वटा टिपरमाथि कारबाही भएको थियो । उक्त घटना लगत्तै राजश्व तिरेर मनहरीबाट नदिजन्य बस्तु ढुवानी गर्ने सवारी साधनको संख्यामा बृद्धि भएको पाइएको छ ।

Related Articles

चेपाङ समुदायमा आयोडिनको महत्व बुझाउँदै राक्सिराङ गाउँपालिका

राक्सिराङ–माघ १९ गते । राक्सिराङ गाउँपालिकाले गाउँपालिकाभित्र बसोबास गर्ने चेपाङ समुदायलाई आयोडिनको महत्व बुझाउने उद्येश्यले यस वर्षको आयोडिन महिना सुरु गरेके छ...

राक्सिराङमा मानव अधिकारको चर्चा, शिक्षा र स्वास्थ्य समस्याप्रति चिन्ता

राक्सिराङ–माघ १९ गते । स्थानीय तहमा मानव अधिकार समूहको समस्या पहिचान तथा कार्ययोजना बैठक सम्पन्न भएको छ ।

कारले ठक्कर दिँदा मनहरीका स्वास्थ्यकर्मी अधिकारी घाइते

मनहरी बजारबाट कार्यालय मनहरी ३ स्थित हाँडीखोला स्वास्थ्य चौकीतर्फ जाँदै हुनुहुन्थ्यो ।