Sunday, February 5, 2023

मनहरी बचत तथा ऋण सहकारीको अध्यक्षमा भट्ट सर्वसम्मत निर्वाचित

ताजा / भरखरै प्राप्त

राष्ट्रिय मावि सुनाचुरीमा माघ २६ गते आँखा शिविर हुने

रोटरी क्लब अफ हेटौडा, रोट्रयाक्ट क्लब अफ हेटौडा र हेटौडा सामुदायिक आँखा अस्पतालको आयोजनामा आँखा शिविर हुन लागेको रोटरी क्लब अफ हेटौडाका सदस्य एबम् आँखा शिविर संञ्चालन समितिका सदस्य विदुर रिजालले बताउनुभयो ।

युनिभर्सलकी दीपिका हेटौडा डान्सिङ स्टारको फाइनलमाः भोट गर्न सबैमा अपिल

मनहरी–माघ २१ गते । मकवानपुर उद्योग वाणिज्य संघको आयोजनामा हेटौंडामा जारी १० औं राष्ट्रिय औद्योगिक व्यापार महोत्सव अन्तरगत भइरहेको हेटौंडा डान्सिङ स्टारमा...

चेपाङ समुदायमा आयोडिनको महत्व बुझाउँदै राक्सिराङ गाउँपालिका

राक्सिराङ–माघ १९ गते । राक्सिराङ गाउँपालिकाले गाउँपालिकाभित्र बसोबास गर्ने चेपाङ समुदायलाई आयोडिनको महत्व बुझाउने उद्येश्यले यस वर्षको आयोडिन महिना सुरु गरेके छ...

राक्सिराङमा मानव अधिकारको चर्चा, शिक्षा र स्वास्थ्य समस्याप्रति चिन्ता

राक्सिराङ–माघ १९ गते । स्थानीय तहमा मानव अधिकार समूहको समस्या पहिचान तथा कार्ययोजना बैठक सम्पन्न भएको छ ।

कारले ठक्कर दिँदा मनहरीका स्वास्थ्यकर्मी अधिकारी घाइते

मनहरी बजारबाट कार्यालय मनहरी ३ स्थित हाँडीखोला स्वास्थ्य चौकीतर्फ जाँदै हुनुहुन्थ्यो ।

मनहरी–असोज २८ गते । शुक्रबार मनहरी बचत तथा ऋण सहकारीको बार्षिक भेला भएको छ । भेलाले विष्णु प्रसाद भट्टको अध्यक्षतामा नयाँ कार्यस समिति समेत निर्वाति गरेको छ ।

शुक्रबार भएको भेलाले भट्टलाई अध्यक्ष पदमा सर्वसम्मतरुपमा निर्विरोध निर्वाचित गरेको हो । त्यस्तै उपाध्यक्षमा हरिशरण अर्याल, सचिवमा बलराम बानियाँ, कोषाध्यक्षमा नरहरी सुवदीलाई सर्वसम्मत निर्वाचित गरेको हो ।

सदस्यहरुमा रेखा पुलामी मगर, इश्वरी सुनार, सुवास सुवदी, पशुपति बर्ताैला लगायतका रहनु भएको छ भने लेखा समितिको संयोजकमा शंकरप्रसाद कालाखेतीलाई सर्वसम्मत निर्वाति गरेको हो ।

भेलामा मनहरी गाउँपालिकाका अध्यक्ष रञ्जन कालाखेतीको प्रमुख आतिथ्यतामा भएको हो ।

त्यस्तै शुक्रबारै साना किसान सहकारी संस्थाले पनि आफ्नो बार्षिक भेलाको दोस्रो बैठक गरेको छ । मनहरी गाउँपालिका वडा नम्बर ७ मा रहेको मनकामना मन्दिर परिसरमा संस्थाले बार्षिक भेला गरेको हो ।

भेलामा संस्थाको आर्थिक वर्ष २०७८/०८० को आर्थिक विवरण समेत पेश गरिएको थियो । शनिबार मनहरी ८ मा तेस्रो बैठक हुने संस्थाका अध्यक्ष बिमला कार्कीले बताउनुभयो ।

शुक्रबार भएको बार्षिक भेलामा मनहरी गाउँपालिकाका अध्यक्ष रञ्जन कालाखेतीको प्रमुख आतिथ्यता रहेको थियो ।

संस्थामा आवद्ध समुह तथा शेयर सदस्यहरुको उपस्थिति रहेको भेलामा मनहरी गाउँपालिका वडा नम्बर ७ का वडा सदस्य नमराज सुवेदी, संस्थाका प्रबन्ध निर्देशक ज्योति सुवेदी लगायतकाको उपस्थिति रहेको थियो । भेलामा संस्थाका अध्यक्ष बिमला कार्कीको सभाध्यक्षतामा सम्पन्न भएको हो ।

लोकप्रिय

प्रदेश १ सरकारमाथि खनिए पूर्वमुख्यमन्त्री राई

काठमाडौं-पूर्वमुख्यमन्त्री तथा एमाले नेता शेरधन राईले प्रदेश १ सरकारमाथि जनहितमा काम गर्न नसकेको आरोप लगाएका छन् । सामाजिक सञ्जाल...

चेपाङ समुदायकै पहिलो गायक रबिन कुमारलाई विजय बानियाँ स्मृति लोक संगीत पुरस्कार

हेटौडाँ–पुष ६ गते । चेपाङ समुदायकै पहिलो गायक रबिन कुमार चेपाङ पुरस्कृत हुनुहुने भएको छ । विजय बानियाँ...

मनहरीमा अध्यक्षको एक्सनपछि चितवन निकासी हुने टिपरको संख्या बढ्यो

मंसीर २२ गते साँझ अध्यक्ष कालाखेतीको एक्सनबाट ३ वटा टिपरमाथि कारबाही भएको थियो । उक्त घटना लगत्तै राजश्व तिरेर मनहरीबाट नदिजन्य बस्तु ढुवानी गर्ने सवारी साधनको संख्यामा बृद्धि भएको पाइएको छ ।

Related Articles