Saturday, April 20, 2024

नेकपा एमालेले मेरो सोझोपनको फाइदा उठायोः खतिवडा

ताजा / भरखरै प्राप्त

मनहरी– कात्तिक ०५ गते । मनहरी गाउँपालिका स्तरीय बाम–लोकतान्त्रिक गठबन्धनको वृहद कार्यकर्ता भेला शनिबार भएको छ ।

मनहरी गाउँपालिका वडा नम्बर ९ स्थित रजैया खेल मैदान (अग्नीहोत्र आश्रम) मा भएको भेलालाई सम्बोधन गर्दै प्रतिनिधि सभा २ का उम्मेदवार विरोध खतिवडाले नेकपा एमालेले आफ्नो सोझोपनको फाइदा उठाएको बताउनुभएकोछ ।

आफुले गरेको काम आफँैले चर्चा गर्दै हिड्न लाज लाग्ने गरेको तर नेकपा एमालेले विरोध खतिवडाले के काम गर्यो भन्दै आफ्नो सोझोपनको फाइदा उठाएको बताउनुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै खतिवडाले नेकपा एमालेले दुई–चार लाखका विकासका कामका विषयमा धेरै ठुलो काम गरेको जस्तो प्रचार प्रसार गर्ने गरेको भन्दै डोरमणी पौडेल मूख्यमन्त्री हुँदा १५ करोड भन्दा माथिका योजना कहाँ ल्याए भन्दै प्रश्न समेत गर्नुभयो ।

साना–साना विकासका कामलाई प्रोपागान्डा गरेकाले आफुले पनि कामको विषयमा बोल्न पर्ने बाध्यता भएको बताउनुभयो । करोडौको योजनाहरु ल्याएर थाहा नगरपालिका चित्लाङमा चार सय करोडको लगानीमा मदन भण्डारी प्राविधि विश्व विद्यालय दुई सय विघामा काम भइरहेको बताउनुभयो ।

मनहरी हुँदै परेवाभिर जाने बाटोमा ३० करोडको योजना भई कार्य सुरु भएको समेत स्मरण गर्नुभयो । परेवाभिरमा बाटो बनाउनका लागि गठबन्धनका नेताहरुको नै पहलले नै बाटोको काम सुरु भएको बताउनुभयो ।

निवर्तमान मूख्यमन्त्री डोरमणि पौडेललाई यस बाटोमा बर्षेनी १–२ जना भिरमा मरेर लड्ने गरेको भन्दै जानकारी गराउँदा पनि १–२ जना चेपाङ मरेर केही नहुने भन्दै बाटो नबनाउने भनेको भन्दै अव बाटो बनेपछि उद्घाटन गर्न भने पौडेललाई नै चासो पर्ने भन्दै कटाक्ष समेत गर्नुभयो ।

साथै आगामी संसदबाट कुनै पनि हालतमा गाँजा विधेयक पास गर्ने र गाँजालाई बैधानिक बनाउने बताउनुभयो । हालसम्म गाँजा कारोबार तथा खेती गरी जेलमा परेकाहरुलाई छुटाउनु प्रमुख उदेश्य रहेको समेत उहाँले बताउनुभयो ।

लोकप्रिय

Related Articles