Wednesday, May 31, 2023

मनहरीमा अध्यक्षको एक्सनपछि चितवन निकासी हुने टिपरको संख्या बढ्यो

ताजा / भरखरै प्राप्त

सिद्धार्थ हरियाली सामुदायिक वनका उपभोक्ताहरुलाई अभिमुखिकरण

राक्सिराङ–जेठ १६ गते । राक्सिराङ गाउँपालिका वडा नं. ३ मा रहेको सिद्धार्थ हरियाली सामुदायिक वन उपभोक्ता समुहका उपभोक्ताहरुलाई अभिमुखिकरण कार्यक्रम सम्पन्न...

रोटरी माविमा पोषण प्रदर्शनीको आयोजना

मनहरी–जेठ १२ गते । मनहरी गाउँपालिका ७ स्थित राष्ट्रिय रोटरी माध्यमिक विद्यालयले पोषण प्रदर्शनी गरेको छ । पछिल्लो समय...

राक्सिराङमा मानव बेचविखन तथा ओसारपसार नियन्त्रणसम्बन्धि अन्तरक्रिया

राक्सिराङ–जेठ ११ गते । राक्सिराङ गाउँपालिकामा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण सम्बन्धि छलफल तथा अन्तरक्रिया गरिएको छ ।

चिउरीः बहुआयामिक ‘कल्पबृक्ष’

परापूर्व कालदेखि नै चल्दै उपयोगमा ल्याइएका मौलिक बनष्पति र जीवजन्तुको संरक्षण र त्यसको बहुआयामिक उपयोगबारे अब ध्यान दिनुपर्ने बेला आएको छ

प्रदेश खेलकुदमा सालकको मस्कटः संरक्षणकर्मी थप उत्साहित

बागमती प्रदेशको १३ वटै जिल्लामा पाइने एकमात्र वन्यजन्तुको रुपमा सालक रहेको छ ।

मनहरी–पुस २ गते । मनहरी गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीको एक्सनपछि राजश्व छली गर्दै ‘सेटिङ’ मा पल्केका टिपर तथा ट्रयाक्टर चालकहरुले राजश्व रसिद काट्ने रफ्तारलाई बढाएका छन् ।

मंसीर २२ गते साँझ अध्यक्ष कालाखेतीको एक्सनबाट ३ वटा टिपरमाथि कारबाही भएको थियो ।
उक्त घटना लगत्तै राजश्व तिरेर मनहरीबाट नदिजन्य बस्तु ढुवानी गर्ने सवारी साधनको संख्यामा बृद्धि भएको पाइएको छ । मंसीर २३ गतेका दिन २०० वटा ढुवानी साधनबाट ८ लाख १५ हजार २ सय रुपियाँ संकलन भएको छ ।

त्यसैगरी मंसीर २४ गते यो ढुवानी साधनको संख्या बढेर २१९ वटा पुग्दा ८ लाख ६० हजार, मंसीर २५ गते २१२ वटा ढुवानी साधनले राजश्व तिर्दा ८ लाख ६२ हजार ६ सय, मंसीर २६ गते २२१ वटा ढुवानी साधनले राजश्व तिरेर चितवन निकासी गर्दा ८ लाख ६२ हजार ३ सय रुपियाँ राजश्व संकलन भएको पाइएको छ ।
त्यसैगरी मंसीर २७ गते पुनः ढुवानी साधनको संख्या घटेर १९१ मा पुग्दा ८ लाख ६२ हजार ६ सय रुपियाँ संकलन भएको थियो ।

मंसीर २८ गते २०८ वटा ढुवानी साधनले नदीजन्य बस्तु निकासी गर्दा लाख ६२ हजार २ सय र मंसीर २९ गते १९४ वटा ढुवानी साधनबाट नदीजन्य बस्तु चितवन निकासी हुँदा ८ लाख ६२ हजार ६ सय रुपियाँ राजश्व संकलन भएको मनहरी गाउँपालिकाले जनाएको छ ।

अध्यक्षको एक्सनपछि कर्मचारीहरुलाई निलम्बन गर्ने, टिपर चालकलाई जरिबाना तिराउने लगायत दण्ड गरिएको छ । त्यससँगै प्रहरी चौकी लोथरका इन्चार्जको समेत सरुवा भएको पाइएको छ ।

‘राजश्व छली रोक्न विभिन्न ढंगले प्रयत्न गरिरहेका छौँ’, अध्यक्ष कालाखेतीले भन्नुभयो–‘नागरिक समाजले पनि हाम्रो अभियानलाई साथ देओस् भन्ने चाहना हामीले गरेका छौँ ।’ राजश्व छलीमा संलग्न जोकोहीलाई कारबाहीका दायरामा ल्याउने उहाँले बताउनुभयो ।

लोकप्रिय

प्रदेश १ सरकारमाथि खनिए पूर्वमुख्यमन्त्री राई

काठमाडौं-पूर्वमुख्यमन्त्री तथा एमाले नेता शेरधन राईले प्रदेश १ सरकारमाथि जनहितमा काम गर्न नसकेको आरोप लगाएका छन् । सामाजिक सञ्जाल...

साहित्य संगम मकवानपुरले ८ जना साहित्यकारलाई सम्मान गर्ने

हेटौंडा-मकवानपुरको अग्रणी साहित्यिक संस्था साहित्य संगम मकवानपुरले यस वर्ष ८ जना साहित्यकारलाई सम्मान तथा पुरस्कार प्रदान गर्ने भएको छ । संगमको मंगलबार...

चेपाङ समुदायकै पहिलो गायक रबिन कुमारलाई विजय बानियाँ स्मृति लोक संगीत पुरस्कार

हेटौडाँ–पुष ६ गते । चेपाङ समुदायकै पहिलो गायक रबिन कुमार चेपाङ पुरस्कृत हुनुहुने भएको छ । विजय बानियाँ...

Related Articles

सिद्धार्थ हरियाली सामुदायिक वनका उपभोक्ताहरुलाई अभिमुखिकरण

राक्सिराङ–जेठ १६ गते । राक्सिराङ गाउँपालिका वडा नं. ३ मा रहेको सिद्धार्थ हरियाली सामुदायिक वन उपभोक्ता समुहका उपभोक्ताहरुलाई अभिमुखिकरण कार्यक्रम सम्पन्न...

रोटरी माविमा पोषण प्रदर्शनीको आयोजना

मनहरी–जेठ १२ गते । मनहरी गाउँपालिका ७ स्थित राष्ट्रिय रोटरी माध्यमिक विद्यालयले पोषण प्रदर्शनी गरेको छ । पछिल्लो समय...

राक्सिराङमा मानव बेचविखन तथा ओसारपसार नियन्त्रणसम्बन्धि अन्तरक्रिया

राक्सिराङ–जेठ ११ गते । राक्सिराङ गाउँपालिकामा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण सम्बन्धि छलफल तथा अन्तरक्रिया गरिएको छ ।