Wednesday, September 27, 2023

युनिभर्सलमा विद्यार्थीलाई टपरी बनाउने तालिम

ताजा / भरखरै प्राप्त

मनहरीको उद्योग बाणिज्य संघ १४ औँ बर्ष पूरा, कार्यालयमा दिप प्रज्वलन

बजार अनुगमनको कुरालाई ध्यान दिएको बताउँदै बजारमा अखाद्य बस्तु, म्याद गुज्रेको बस्तुहरु र ठगीका घटनाहरु सुन्न नपरोस् भन्दै शुभकामना दिनु भएको छ ।

मनहरीमा समाजवादीको बैठक, गाउँपालिकाको बेथितिबारे बोल्नुपर्ने राय

मनहरी गाउँपालिकाको पाडी खरिद काण्ड, १६ करोड राजश्व मिनाहा काण्ड, पत्रकारलाई अनावश्यक हस्तक्षेप गरेको काण्ड लगायतका बिषयहरुमा पार्टीले धारणा सार्बजनिक गर्नुपर्नेलगायतका बिषय नेतृत्वको ध्यानाकर्षण गराएको छ ।

सिमपानीका पाख्रीनलाई ट्रयाक्टरले किच्यो, सेनाले ज्यादति गरेको भन्दै राजमार्ग जाम

घटनास्थलमा प्रहरी पुगेको छ भने घाइते पाख्रीनलाई भरतपुरतर्फ उपचारार्थ पठाइएको छ।

युनिभर्सलले जनप्रतिनिधि र राजनितिकर्मीको उपस्थितिमा मनायो संविधान दिवस (फोटो फिचर)

राक्सिराङ गाउँपालिकाका उपाध्यक्ष थिङले संविधान विरोधी तत्वहरु सक्रिय भएको बताउनुभयो । ८ वर्ष अघि नेपालको गणतान्त्रिक संविधान जारी भई कार्यान्वयनमा आएतापनि अहिले संविधान विरोधी गतिविधिरु भइरहेको बताउनुभयो ।

पोखरा पुगेर प्रहरीले समात्यो अफिमवाला सुवासलाई, शिक्षक प्रल्हाद दर्जी छुट्लान् ?

सुवासलाई पक्राउ गर्न प्रहरी निरीक्षक दिपक थापा नेतृत्वको टोलीले २ दिन पोखरा बिताएको बताइएको छ ।

मनहरी– पुष २ गते । मनहरी–७ मा अवस्थित निजि विद्यालय युनिभर्सल लर्निङ एकेडेमीले विद्यालयमा अध्ययनरत छात्राहरुलाई टपरी बनाउने तालिम प्रदान गरेको छ ।

नेपालीहरुको संस्कृति तथा रितिरिवाज लोप हुँदै गइरहेको अवस्थामा एकेडेमीले विद्यालयमा अध्ययनरत कक्षा ७, ८ र ९ का छात्राहरुलाई टपरी बनाउने तालिम दिएको हो ।

शनिबार विदाको समयमा विद्यालयमा अध्यपनरत पुर्व प्राथमिक तहका शिक्षिकाहरु रबिता भण्डारी, रमा अधिकारी, पम्फा पुडासैनी र सरस्वती पौडेलले विद्यार्थीहरुलाई टपरी कसरी बनाइन्छ भन्ने बारे तालिम प्रदान गरेको हो ।

उक्त तालिममा सहभागी भएका विद्यार्थीहरुले आफ्ना गुरुसंगै टपरी बुनेका थिए । तालिममा सहभागी पश्चात यस्ता खाले कृयाकलापले नयाँ काम गर्न हौसला तथा जोश बढेको छात्रा रोबिया राईले बताउनुभयो । “प्रत्येश शनिबार केही न केही नयाँ कार्यक्रममा सहभागी बन्न पाएका छौँ । शनिबार कहिले आउला जस्तो हुन्छ ।” उहाँले भन्नुभयो ।

सैदान्तिक ज्ञानसंगै प्रयोगात्मक ज्ञान र मौलिक परम्परालाई अवलम्बन गर्ने निति अनुरुप उक्त तालिम प्रदान गरिएको उक्त विद्यालयका लेखापाल रेनु पुडासैनीले बताउनुभयो ।

“अहिलेका पिढी आधुनिक युगमा पुगे, प्रविधिको दुनिया छ तर आफ्नो मौलिक परम्परालाई भुल्दै गएको छ ।” सोही कुरालाई मध्यनजर गर्दै मौलिक परम्पराको जगेर्ना स्वरुप सानो प्रयास गरिएको उहाँले
बताउनुभयो ।

युनिभर्सल लर्निङ एकेडेमी हाल कक्षा नर्सरी देखि कक्षा १० सम्म अध्यापन गराउदै आइरहेको छ । विद्यालयमा पढाइसंगै अतिरिक्त क्रियाकलापलाई जोड दिदै आएको छ ।

लोकप्रिय

प्रदेश १ सरकारमाथि खनिए पूर्वमुख्यमन्त्री राई

काठमाडौं-पूर्वमुख्यमन्त्री तथा एमाले नेता शेरधन राईले प्रदेश १ सरकारमाथि जनहितमा काम गर्न नसकेको आरोप लगाएका छन् । सामाजिक सञ्जाल...

प्रदेश खेलकुदमा सालकको मस्कटः संरक्षणकर्मी थप उत्साहित

बागमती प्रदेशको १३ वटै जिल्लामा पाइने एकमात्र वन्यजन्तुको रुपमा सालक रहेको छ ।

मनहरीका १८ जना प्रधानाध्यापकद्वारा राजीनामा

मनहरी–असार २९ गते । मनहरी गाउँपालिकाभित्र रहेका १८ वटा प्राथमिक विद्यालयका शिक्षकहरु सामूहिक राजीनामा दिनु भएको छ ।

Related Articles