Thursday, September 21, 2023

चेपाङ समुदायकै पहिलो गायक रबिन कुमारलाई विजय बानियाँ स्मृति लोक संगीत पुरस्कार

ताजा / भरखरै प्राप्त

मनहरीमा समाजवादीको बैठक, गाउँपालिकाको बेथितिबारे बोल्नुपर्ने राय

मनहरी गाउँपालिकाको पाडी खरिद काण्ड, १६ करोड राजश्व मिनाहा काण्ड, पत्रकारलाई अनावश्यक हस्तक्षेप गरेको काण्ड लगायतका बिषयहरुमा पार्टीले धारणा सार्बजनिक गर्नुपर्नेलगायतका बिषय नेतृत्वको ध्यानाकर्षण गराएको छ ।

सिमपानीका पाख्रीनलाई ट्रयाक्टरले किच्यो, सेनाले ज्यादति गरेको भन्दै राजमार्ग जाम

घटनास्थलमा प्रहरी पुगेको छ भने घाइते पाख्रीनलाई भरतपुरतर्फ उपचारार्थ पठाइएको छ।

युनिभर्सलले जनप्रतिनिधि र राजनितिकर्मीको उपस्थितिमा मनायो संविधान दिवस (फोटो फिचर)

राक्सिराङ गाउँपालिकाका उपाध्यक्ष थिङले संविधान विरोधी तत्वहरु सक्रिय भएको बताउनुभयो । ८ वर्ष अघि नेपालको गणतान्त्रिक संविधान जारी भई कार्यान्वयनमा आएतापनि अहिले संविधान विरोधी गतिविधिरु भइरहेको बताउनुभयो ।

पोखरा पुगेर प्रहरीले समात्यो अफिमवाला सुवासलाई, शिक्षक प्रल्हाद दर्जी छुट्लान् ?

सुवासलाई पक्राउ गर्न प्रहरी निरीक्षक दिपक थापा नेतृत्वको टोलीले २ दिन पोखरा बिताएको बताइएको छ ।

राक्सिराङलाई सीता अशोकको ‘सिड सेन्टर’ बनाउने अभियान

सीता अशोकको बिरुवा नहुने भूगोलहरुमा भने छतिवन, दार, चिउरी लगायतका बिरुवा रोप्न प्रेरित गरिएको डिभिजन वन कार्यालय राप्ती मनहरीका प्रमुख बिष्णुप्रसाद आचार्यले बताउनुभयो ।

हेटौडाँ–पुष ६ गते । चेपाङ समुदायकै पहिलो गायक रबिन कुमार चेपाङ पुरस्कृत हुनुहुने भएको छ ।

विजय बानियाँ स्मृति लोक संगीत पुरस्कारबाट गायक रविन्द्रकुमार चेपाङलाई पुरस्कृत गरिने भएको हो । चेपाङलाई २० हजार रुपैयाँ राशीसहित पुरस्कृत गरिने भएको हो ।

भीम विराग संगीत, साहित्य, कला प्रतिष्ठानले विभिन्न क्षेत्रका ६ जना व्यक्तित्वलाई पुरस्कृत गर्ने कार्यक्रम स्वरुप गायक चेपाङलाई विजय बानियाँ स्मृति लोक संगीत पुरस्कारबाट पुरस्कृत गर्न लागिएको हो ।

बुधबार हेटौंडामा पत्रकार सम्मेलन गरेर पुरस्कृत हुने व्यक्तिको सार्वजनिक सूचिमा चेपाङ पनि पर्नुभएको हो । आगामी शनिबार एक समारोहकाबीच पुरस्कृत गरिने प्रतिष्ठानका महासचिव केशवलाल श्रेष्ठले जानकारी दिनुभयो ।

त्यस्तै प्रतिष्ठानले तुलसीमाया शिवकुमारी सिर्जनशील नारी पुरस्कारबाट साहित्यकार भावना सापकोटालाई पुरस्कृत गर्ने भएको छ । आँचल साहित्य कला पुञ्जकी अध्यक्ष समेत रहनुभएकी सापकोटालाई १० हजार रुपैयाँ राशिसहित पुरस्कृत गरिने बताइएको छ ।

भीम–मथुरा बाल प्रतिभा पुरस्कारबाट हेटौंडा–२ स्थित बालजागृति इंग्लिस सेकेण्डरी स्कूलकी छात्रा सुविज्ञा सुवेदीलाई पुरस्कृत गरिने भएको छ ।

बालसाहित्यमा सक्रिय सुवेदीलाई ७ हजार ५ सय रुपैयाँ राशीसहित पुरस्कृत गरिन लागेको हो । यस्तै चिनुकुमारी लामा स्मृति साहित्य पुरस्कारबाट काठमाडौंका साहित्यकार बासुदेव गुरागाईँलाई पुरस्कृत गरिने भएको छ ।

गुरागाईँलाई १५ हजार रुपैयाँ राशीसहित पुरस्कृत गरिने बताइएको छ । यसैगरी मंगलादेवी स्मृति स्वास्थ्य सेवा पुरस्कारबाट स्वास्थ्यकर्मी बेला वैद्यलाई पुरस्कृत गरिने बताउनुभयो ।

उहाँलाई १० हजार रुपैयाँ राशीसहित पुरस्कृत गरिन लागेको प्रतिष्ठानका महासचिव श्रेष्ठले बताउनुभयो ।

लोकप्रिय

प्रदेश १ सरकारमाथि खनिए पूर्वमुख्यमन्त्री राई

काठमाडौं-पूर्वमुख्यमन्त्री तथा एमाले नेता शेरधन राईले प्रदेश १ सरकारमाथि जनहितमा काम गर्न नसकेको आरोप लगाएका छन् । सामाजिक सञ्जाल...

प्रदेश खेलकुदमा सालकको मस्कटः संरक्षणकर्मी थप उत्साहित

बागमती प्रदेशको १३ वटै जिल्लामा पाइने एकमात्र वन्यजन्तुको रुपमा सालक रहेको छ ।

मनहरीका १८ जना प्रधानाध्यापकद्वारा राजीनामा

मनहरी–असार २९ गते । मनहरी गाउँपालिकाभित्र रहेका १८ वटा प्राथमिक विद्यालयका शिक्षकहरु सामूहिक राजीनामा दिनु भएको छ ।

Related Articles