Wednesday, September 27, 2023

ल्होछारको अवसरमा बुद्ध शान्ति हरितपार्कमा १ दिवसीय मेला हुने

ताजा / भरखरै प्राप्त

मनहरीको उद्योग बाणिज्य संघ १४ औँ बर्ष पूरा, कार्यालयमा दिप प्रज्वलन

बजार अनुगमनको कुरालाई ध्यान दिएको बताउँदै बजारमा अखाद्य बस्तु, म्याद गुज्रेको बस्तुहरु र ठगीका घटनाहरु सुन्न नपरोस् भन्दै शुभकामना दिनु भएको छ ।

मनहरीमा समाजवादीको बैठक, गाउँपालिकाको बेथितिबारे बोल्नुपर्ने राय

मनहरी गाउँपालिकाको पाडी खरिद काण्ड, १६ करोड राजश्व मिनाहा काण्ड, पत्रकारलाई अनावश्यक हस्तक्षेप गरेको काण्ड लगायतका बिषयहरुमा पार्टीले धारणा सार्बजनिक गर्नुपर्नेलगायतका बिषय नेतृत्वको ध्यानाकर्षण गराएको छ ।

सिमपानीका पाख्रीनलाई ट्रयाक्टरले किच्यो, सेनाले ज्यादति गरेको भन्दै राजमार्ग जाम

घटनास्थलमा प्रहरी पुगेको छ भने घाइते पाख्रीनलाई भरतपुरतर्फ उपचारार्थ पठाइएको छ।

युनिभर्सलले जनप्रतिनिधि र राजनितिकर्मीको उपस्थितिमा मनायो संविधान दिवस (फोटो फिचर)

राक्सिराङ गाउँपालिकाका उपाध्यक्ष थिङले संविधान विरोधी तत्वहरु सक्रिय भएको बताउनुभयो । ८ वर्ष अघि नेपालको गणतान्त्रिक संविधान जारी भई कार्यान्वयनमा आएतापनि अहिले संविधान विरोधी गतिविधिरु भइरहेको बताउनुभयो ।

पोखरा पुगेर प्रहरीले समात्यो अफिमवाला सुवासलाई, शिक्षक प्रल्हाद दर्जी छुट्लान् ?

सुवासलाई पक्राउ गर्न प्रहरी निरीक्षक दिपक थापा नेतृत्वको टोलीले २ दिन पोखरा बिताएको बताइएको छ ।

मनहरी–पुस १६ गते । २८५९ औ ह्योई ल्हो (बिरालो वर्ग) सोनामा ल्होछारको अवसरमा मनहरी ७ स्थित सांग छ्योइफेल गुम्बा परिसरमा रहेको बुद्ध शान्ति हरित पार्कमा सांस्कृतिक कार्यक्रम तथा एक दिवसीय मेला आयोजना हुने भएको छ ।

गुम्बाको व्यवस्थापन समितिको बैठकले साँकृतिक कार्यक्रम तथा एक दिवसीय मेला सञ्चालन समिति समेत निर्माण गरेको छ ।

मेला सञ्चालनका लागि सुरेश मुक्तानको संयोजकत्वमा २५ सदस्यीय मेला सञ्चालन समिति निर्माण गरेको हो । शनिबार सांग छ्योइफेल गुम्बा व्यवस्थापन समितिका अध्यक्ष गौतम लामाको अध्यक्षतामा बसेको हो ।

ल्होछार मेला आयोजना समितले यहि माघ ८ गते सांस्कृतिक तथा एक दिवसीय मेला आयोजना गर्ने निर्णय गरेको हो ।

साथै माघ ७ गते गुम्बा परिसरमा पुजापाठ गर्ने समेत निर्णय गरेको छ । मेलामा खाना–खाजा स्टल, विभिन्न व्यपारिक स्टल, बालमैत्री खेलकुद स्टल समेत रहने मेला सञ्चालन समितिका सदस्य गोविन्द गलानले बताउनुभयो ।

कुनै पनि व्यापारिक केन्द्र तथा व्यक्तिले निशुल्क स्टल राख्न पाउने पनि उहाँले बताउनुभयो । ल्होछार, पुजापाठ तथा मेला सौहार्दपुर्वकरुपमा सञ्चालन गर्न समितिले प्रमुख भुमिका खेल्ने निर्णय गरेको छ ।

लोकप्रिय

प्रदेश १ सरकारमाथि खनिए पूर्वमुख्यमन्त्री राई

काठमाडौं-पूर्वमुख्यमन्त्री तथा एमाले नेता शेरधन राईले प्रदेश १ सरकारमाथि जनहितमा काम गर्न नसकेको आरोप लगाएका छन् । सामाजिक सञ्जाल...

प्रदेश खेलकुदमा सालकको मस्कटः संरक्षणकर्मी थप उत्साहित

बागमती प्रदेशको १३ वटै जिल्लामा पाइने एकमात्र वन्यजन्तुको रुपमा सालक रहेको छ ।

मनहरीका १८ जना प्रधानाध्यापकद्वारा राजीनामा

मनहरी–असार २९ गते । मनहरी गाउँपालिकाभित्र रहेका १८ वटा प्राथमिक विद्यालयका शिक्षकहरु सामूहिक राजीनामा दिनु भएको छ ।

Related Articles