Sunday, May 28, 2023

बालमैत्री सहजकर्ता पुनः नियुक्त गर्दै मनहरी गाउँपालिका

ताजा / भरखरै प्राप्त

रोटरी माविमा पोषण प्रदर्शनीको आयोजना

मनहरी–जेठ १२ गते । मनहरी गाउँपालिका ७ स्थित राष्ट्रिय रोटरी माध्यमिक विद्यालयले पोषण प्रदर्शनी गरेको छ । पछिल्लो समय...

राक्सिराङमा मानव बेचविखन तथा ओसारपसार नियन्त्रणसम्बन्धि अन्तरक्रिया

राक्सिराङ–जेठ ११ गते । राक्सिराङ गाउँपालिकामा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण सम्बन्धि छलफल तथा अन्तरक्रिया गरिएको छ ।

चिउरीः बहुआयामिक ‘कल्पबृक्ष’

परापूर्व कालदेखि नै चल्दै उपयोगमा ल्याइएका मौलिक बनष्पति र जीवजन्तुको संरक्षण र त्यसको बहुआयामिक उपयोगबारे अब ध्यान दिनुपर्ने बेला आएको छ

प्रदेश खेलकुदमा सालकको मस्कटः संरक्षणकर्मी थप उत्साहित

बागमती प्रदेशको १३ वटै जिल्लामा पाइने एकमात्र वन्यजन्तुको रुपमा सालक रहेको छ ।

मनहरी रेडक्रसको पहिलो बैठक, क्षेत्रीय समन्वय केन्द्र बनाउन पहल

नेपाल रेडक्रस सोसाइटी मनहरी उपशाखालाई क्षेत्रीय सेवा सुविधासहितको समन्वय केन्द्र बनाउन पहल ।

मनहरी–पुस १८ गते । बालमैत्री स्थानीय शासन अवलम्बन भएको नेपालकै पहिलो गाउँपालिका घोषित मनहरीमा एक बर्षपछि बालमैत्री सहजकर्ताको व्यवस्थापन गर्न लागिएको छ ।

एक बर्षअघि मनहरी गाउँपालिकामा कार्यरत बालमैत्री सहजकर्ताहरु हटाइएको थियो ।
तत्कालीन अध्यक्ष एकराज उप्रेतीको नेतृत्वमा बसेको कार्यपालिका बैठकले ज्यालादारी काममा लागिरहेका ९ वटै वडाका बालमैत्री सहजकर्ताहरु हटाएर रिक्त बनाएको थियो ।

त्यसयता पालिकाभित्र बालबालिकाको गतिविधिहरु राम्ररी सञ्चालन हुन नसकिरहँदा पुनः २ जना सहजकर्तालाई भर्ना लागिएको हो । मनहरी गाउँपालिकाले कार्यपालिका बैठकबाट बालमैत्री सहजकर्ता भर्नाका लागि निर्णय गरेको हो । तर, यसपटक बालमैत्री सहजकर्ता वडापिच्छे नराखी साबिक हाँडीखोला र मनहरी गाविस हेर्नेगरी राख्न लागिएको हो ।

पुस १२ गते बसेको कार्यपालिका बैठकले ज्यालादारीमा काम गर्नेगरी बालमैत्री सहजकर्ता भर्ना गर्ने प्रक्रिया अघि बढाउनका लागि निर्णय गरेको मनहरी गाउँपालिकाले जनाएको छ ।

यसअघि तत्कालीन नेतृत्वले आर्थिक अबस्था कमजोर रहेको भन्दै ज्यालादारीमा काम गरिरहेका १० जना बालमैत्री सहजकर्ता एकसाथ हटाएको थियो । हटाइएकाहरुमध्ये ४ जना सहजकर्ता गर्भवती र सुत्केरी अबस्थाका थिए ।

गर्भवती र सुत्केरी अबस्थामा रहेका सहजकर्ताहरुलाई समेत हटाउने निर्णय गरेपछि मनहरी बाल सञ्जाल आन्दोलित भएको थियो । बालबालिकाको आन्दोलनका क्रममा राजनीतिक दलका नेताहरुलाई भेटेर निर्णय सच्याउन र बर्खास्त गरिएका सहजकर्ताहरुको पुनर्वहाली गर्न भनिएपनि दलका पालिकास्तरीय नेताहरुले बालबालिकाको आँखामा छारो हालेर उम्केका थिए ।

यद्यपि त्यतिखेर आर्थिक अभावका कारण देखाउँदै सहजकर्ता हटाउने निर्णय गरेको कार्यपालिकाको सोही बैठकले १० लाख रुपियाँ खाजा÷खानामा खर्च गर्ने निर्णय गरेको थियो ।

लोकप्रिय

प्रदेश १ सरकारमाथि खनिए पूर्वमुख्यमन्त्री राई

काठमाडौं-पूर्वमुख्यमन्त्री तथा एमाले नेता शेरधन राईले प्रदेश १ सरकारमाथि जनहितमा काम गर्न नसकेको आरोप लगाएका छन् । सामाजिक सञ्जाल...

साहित्य संगम मकवानपुरले ८ जना साहित्यकारलाई सम्मान गर्ने

हेटौंडा-मकवानपुरको अग्रणी साहित्यिक संस्था साहित्य संगम मकवानपुरले यस वर्ष ८ जना साहित्यकारलाई सम्मान तथा पुरस्कार प्रदान गर्ने भएको छ । संगमको मंगलबार...

चेपाङ समुदायकै पहिलो गायक रबिन कुमारलाई विजय बानियाँ स्मृति लोक संगीत पुरस्कार

हेटौडाँ–पुष ६ गते । चेपाङ समुदायकै पहिलो गायक रबिन कुमार चेपाङ पुरस्कृत हुनुहुने भएको छ । विजय बानियाँ...

Related Articles

रोटरी माविमा पोषण प्रदर्शनीको आयोजना

मनहरी–जेठ १२ गते । मनहरी गाउँपालिका ७ स्थित राष्ट्रिय रोटरी माध्यमिक विद्यालयले पोषण प्रदर्शनी गरेको छ । पछिल्लो समय...

राक्सिराङमा मानव बेचविखन तथा ओसारपसार नियन्त्रणसम्बन्धि अन्तरक्रिया

राक्सिराङ–जेठ ११ गते । राक्सिराङ गाउँपालिकामा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण सम्बन्धि छलफल तथा अन्तरक्रिया गरिएको छ ।

चिउरीः बहुआयामिक ‘कल्पबृक्ष’

परापूर्व कालदेखि नै चल्दै उपयोगमा ल्याइएका मौलिक बनष्पति र जीवजन्तुको संरक्षण र त्यसको बहुआयामिक उपयोगबारे अब ध्यान दिनुपर्ने बेला आएको छ