Wednesday, September 27, 2023

बागमतीमा पुस २५ गतेभित्र सरकार गठन आह्वान

ताजा / भरखरै प्राप्त

मनहरीको उद्योग बाणिज्य संघ १४ औँ बर्ष पूरा, कार्यालयमा दिप प्रज्वलन

बजार अनुगमनको कुरालाई ध्यान दिएको बताउँदै बजारमा अखाद्य बस्तु, म्याद गुज्रेको बस्तुहरु र ठगीका घटनाहरु सुन्न नपरोस् भन्दै शुभकामना दिनु भएको छ ।

मनहरीमा समाजवादीको बैठक, गाउँपालिकाको बेथितिबारे बोल्नुपर्ने राय

मनहरी गाउँपालिकाको पाडी खरिद काण्ड, १६ करोड राजश्व मिनाहा काण्ड, पत्रकारलाई अनावश्यक हस्तक्षेप गरेको काण्ड लगायतका बिषयहरुमा पार्टीले धारणा सार्बजनिक गर्नुपर्नेलगायतका बिषय नेतृत्वको ध्यानाकर्षण गराएको छ ।

सिमपानीका पाख्रीनलाई ट्रयाक्टरले किच्यो, सेनाले ज्यादति गरेको भन्दै राजमार्ग जाम

घटनास्थलमा प्रहरी पुगेको छ भने घाइते पाख्रीनलाई भरतपुरतर्फ उपचारार्थ पठाइएको छ।

युनिभर्सलले जनप्रतिनिधि र राजनितिकर्मीको उपस्थितिमा मनायो संविधान दिवस (फोटो फिचर)

राक्सिराङ गाउँपालिकाका उपाध्यक्ष थिङले संविधान विरोधी तत्वहरु सक्रिय भएको बताउनुभयो । ८ वर्ष अघि नेपालको गणतान्त्रिक संविधान जारी भई कार्यान्वयनमा आएतापनि अहिले संविधान विरोधी गतिविधिरु भइरहेको बताउनुभयो ।

पोखरा पुगेर प्रहरीले समात्यो अफिमवाला सुवासलाई, शिक्षक प्रल्हाद दर्जी छुट्लान् ?

सुवासलाई पक्राउ गर्न प्रहरी निरीक्षक दिपक थापा नेतृत्वको टोलीले २ दिन पोखरा बिताएको बताइएको छ ।

हेटौडाँ–पुस २१ गते । बागमती प्रदेशका प्रदेश प्रमुख शर्माले नयाँ सरकार गठनका लागि आह्वान गर्नुभएको छ ।

मूख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले मूख्यमन्त्री पदबाट राजिनामा दिएर स्वीकृत भएर पनि उहाँकै नेतृत्वमा काम भइरहेको छ । प्रदेश प्रमुख शर्माले ५ दिनको समय दिएर सरकार गठनका लागि आह्वान गर्नुभएको हो ।

थोरै समय दिएर सरकार गठनका लागि आवहान गरिएको हो । यस प्रदेशमा नयाँ सरकार गठनका लागि दावी पेश गर्न प्रदेश प्रमुखले दलहरुलाई आव्हान गर्नुभएको प्रदेश प्रमुख कार्यालय हेटौंडाका प्रवक्ता प्रकाश चापागाईंले वताउनुभयो ।

बिहिबार प्रदेश प्रमुख शर्माले संविधानको धारा १६८ को उपधार २ अनुसार नयाँ सरकारको मुख्यमन्त्री नियुत्त गर्न ५ दिनको समय सीमा दिएर नयाँ सरकार गठनका लागि आह्वान भएको हो ।

प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई वाग्मती प्रदेशको मुख्यमन्क्री नियुत्त गर्न भनेको हो ।

पुस २५ गते सोमबार दिउँसो ४ बजेभित्र दाबी पेस गर्न प्रदेश प्रमुखबाट आह्वान भएको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चापागाईंद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

सातवटा दलको वाग्मतीमा प्रतिनिधित्व रहेको छ । ११० सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि ५६ जना सांसद आवश्यक हुन्छ  ।

लोकप्रिय

प्रदेश १ सरकारमाथि खनिए पूर्वमुख्यमन्त्री राई

काठमाडौं-पूर्वमुख्यमन्त्री तथा एमाले नेता शेरधन राईले प्रदेश १ सरकारमाथि जनहितमा काम गर्न नसकेको आरोप लगाएका छन् । सामाजिक सञ्जाल...

प्रदेश खेलकुदमा सालकको मस्कटः संरक्षणकर्मी थप उत्साहित

बागमती प्रदेशको १३ वटै जिल्लामा पाइने एकमात्र वन्यजन्तुको रुपमा सालक रहेको छ ।

मनहरीका १८ जना प्रधानाध्यापकद्वारा राजीनामा

मनहरी–असार २९ गते । मनहरी गाउँपालिकाभित्र रहेका १८ वटा प्राथमिक विद्यालयका शिक्षकहरु सामूहिक राजीनामा दिनु भएको छ ।

Related Articles