Wednesday, September 27, 2023

मनहरी गाउँपालिकाको १२ औँ अधिवेशनबाट ३ वटा ऐन संशोधन

ताजा / भरखरै प्राप्त

मनहरीको उद्योग बाणिज्य संघ १४ औँ बर्ष पूरा, कार्यालयमा दिप प्रज्वलन

बजार अनुगमनको कुरालाई ध्यान दिएको बताउँदै बजारमा अखाद्य बस्तु, म्याद गुज्रेको बस्तुहरु र ठगीका घटनाहरु सुन्न नपरोस् भन्दै शुभकामना दिनु भएको छ ।

मनहरीमा समाजवादीको बैठक, गाउँपालिकाको बेथितिबारे बोल्नुपर्ने राय

मनहरी गाउँपालिकाको पाडी खरिद काण्ड, १६ करोड राजश्व मिनाहा काण्ड, पत्रकारलाई अनावश्यक हस्तक्षेप गरेको काण्ड लगायतका बिषयहरुमा पार्टीले धारणा सार्बजनिक गर्नुपर्नेलगायतका बिषय नेतृत्वको ध्यानाकर्षण गराएको छ ।

सिमपानीका पाख्रीनलाई ट्रयाक्टरले किच्यो, सेनाले ज्यादति गरेको भन्दै राजमार्ग जाम

घटनास्थलमा प्रहरी पुगेको छ भने घाइते पाख्रीनलाई भरतपुरतर्फ उपचारार्थ पठाइएको छ।

युनिभर्सलले जनप्रतिनिधि र राजनितिकर्मीको उपस्थितिमा मनायो संविधान दिवस (फोटो फिचर)

राक्सिराङ गाउँपालिकाका उपाध्यक्ष थिङले संविधान विरोधी तत्वहरु सक्रिय भएको बताउनुभयो । ८ वर्ष अघि नेपालको गणतान्त्रिक संविधान जारी भई कार्यान्वयनमा आएतापनि अहिले संविधान विरोधी गतिविधिरु भइरहेको बताउनुभयो ।

पोखरा पुगेर प्रहरीले समात्यो अफिमवाला सुवासलाई, शिक्षक प्रल्हाद दर्जी छुट्लान् ?

सुवासलाई पक्राउ गर्न प्रहरी निरीक्षक दिपक थापा नेतृत्वको टोलीले २ दिन पोखरा बिताएको बताइएको छ ।

मनहरी–पुस २९ गते । मनहरी गाउँपालिकाको १२ औँ अधिवेशन शुक्रबार भएको छ ।

अधिबेशनबाट ३ वटा ऐन संशोधन गरेको छ । गाउँसभाबाट आर्थिक ऐन संशोधन भएको छ । शुक्रबार बिहान साढे ११ बजे सुरु भएको गाउँसभामा आर्थिक ऐन २०७९ संशोधन स्वीकृतिको लागि सभासमक्ष पेश गर्ने कार्यसूची रहेकोमा सभाले पास गरेको छ ।

यस्तै, विनियोजन ऐन, २०७९ संशोधन स्वीकृतिका लागि सभासमक्ष पेश भएको छ । आर्थिक ऐन र विनियोजन ऐन गाउँपालिकाकी उपाध्यक्ष सीता पुलामी मगरले सभामा पेश गर्नुभएको हो ।

त्यसैगरी, सामाजिक विकास समिति संयोजक अनन्त प्रकाश अर्यालले गाउँ शिक्षा ऐन २०७५ को दोस्रो संशोधन स्वीकृतिका लागि सभामा पेश गर्नुभएको हो ।

गाउँपालिका अध्यक्षको तर्फबाट सुशासन तथा संस्थागत विकास समितिका संयोजक ठाकुरराम तितुङले महालेखा परीक्षकको अन्तिम प्रतिवेदन छलफलका लागि सभामा पेश गर्नुभएको थियो ।

यस्तै, लेखा समितिका संयोजक गंगा सुनारले लेखा समितिको अन्तिम प्रतिवेदन पेश गर्नुभएको थियो जुन सभाले पाश समेत गरेको छ ।

अन्तिममा सभामा उठेका विषयहरु र छलफल गर्नुपर्ने विषयहरुमा प्रमुख प्रशासकीय अधिकृत मोहनकुमार श्रेष्ठले सम्बोधन गर्नुभएको थियो ।

लोकप्रिय

प्रदेश १ सरकारमाथि खनिए पूर्वमुख्यमन्त्री राई

काठमाडौं-पूर्वमुख्यमन्त्री तथा एमाले नेता शेरधन राईले प्रदेश १ सरकारमाथि जनहितमा काम गर्न नसकेको आरोप लगाएका छन् । सामाजिक सञ्जाल...

प्रदेश खेलकुदमा सालकको मस्कटः संरक्षणकर्मी थप उत्साहित

बागमती प्रदेशको १३ वटै जिल्लामा पाइने एकमात्र वन्यजन्तुको रुपमा सालक रहेको छ ।

मनहरीका १८ जना प्रधानाध्यापकद्वारा राजीनामा

मनहरी–असार २९ गते । मनहरी गाउँपालिकाभित्र रहेका १८ वटा प्राथमिक विद्यालयका शिक्षकहरु सामूहिक राजीनामा दिनु भएको छ ।

Related Articles