Wednesday, September 27, 2023

विमान दुर्घटनामा परेकाहरुको सम्झनामा मनहरीमा दीप प्रज्वलन

ताजा / भरखरै प्राप्त

मनहरीको उद्योग बाणिज्य संघ १४ औँ बर्ष पूरा, कार्यालयमा दिप प्रज्वलन

बजार अनुगमनको कुरालाई ध्यान दिएको बताउँदै बजारमा अखाद्य बस्तु, म्याद गुज्रेको बस्तुहरु र ठगीका घटनाहरु सुन्न नपरोस् भन्दै शुभकामना दिनु भएको छ ।

मनहरीमा समाजवादीको बैठक, गाउँपालिकाको बेथितिबारे बोल्नुपर्ने राय

मनहरी गाउँपालिकाको पाडी खरिद काण्ड, १६ करोड राजश्व मिनाहा काण्ड, पत्रकारलाई अनावश्यक हस्तक्षेप गरेको काण्ड लगायतका बिषयहरुमा पार्टीले धारणा सार्बजनिक गर्नुपर्नेलगायतका बिषय नेतृत्वको ध्यानाकर्षण गराएको छ ।

सिमपानीका पाख्रीनलाई ट्रयाक्टरले किच्यो, सेनाले ज्यादति गरेको भन्दै राजमार्ग जाम

घटनास्थलमा प्रहरी पुगेको छ भने घाइते पाख्रीनलाई भरतपुरतर्फ उपचारार्थ पठाइएको छ।

युनिभर्सलले जनप्रतिनिधि र राजनितिकर्मीको उपस्थितिमा मनायो संविधान दिवस (फोटो फिचर)

राक्सिराङ गाउँपालिकाका उपाध्यक्ष थिङले संविधान विरोधी तत्वहरु सक्रिय भएको बताउनुभयो । ८ वर्ष अघि नेपालको गणतान्त्रिक संविधान जारी भई कार्यान्वयनमा आएतापनि अहिले संविधान विरोधी गतिविधिरु भइरहेको बताउनुभयो ।

पोखरा पुगेर प्रहरीले समात्यो अफिमवाला सुवासलाई, शिक्षक प्रल्हाद दर्जी छुट्लान् ?

सुवासलाई पक्राउ गर्न प्रहरी निरीक्षक दिपक थापा नेतृत्वको टोलीले २ दिन पोखरा बिताएको बताइएको छ ।

मनहरी–माघ २ गते । आइतबार बिहान पोखरामा भएको विमान दुर्घटनमा परी मृत्यु भएकाहरुको सम्झनामा शोक सभा गरिएको छ ।

नेकपा माओवादी केन्द्र मनहरी गाउँपालिका ७ नम्बर वडा कमिटीले आयोजना गरेको हो । शोक सभामा दुर्घटनामा मृत भएकाहरुको आत्माको चीर शान्तिको कामना गर्दै दीप प्रज्वलन गरिएको हो ।

शोक सभामा बागतमती प्रदेश सभाका निवर्तमान सांसद ओम बहादुर ग्लानले यस दुखद घटनाले देशलाई ठुलो क्षति पुर्याएको बताउनुभयो ।

नेकपा माओवादी केन्द्र ७ नम्बर वडा कमिटीका अध्यक्ष गोबिन्द गलानको सभाध्यक्षतामा भएको शोक सभामा कैलाश गाउँपालिकाका निर्वतमा अध्यक्ष टंक मोक्तान, राक्सिराङ गाउँपालिकाका उपाध्यक्ष बनस्तम थिङ, मनहरी गाउँपालिकाका उपाध्यक्ष सिता पुलामी, मनहरी गाउँपालिका वडा नम्बर ७ का वडा अध्यक्ष ठाकुरराम तितुङ, नेकपा माओवादी केन्द्र बागमती प्रदेश सदस्य विर बहादुृर ग्लान (ज्वाला), नेकपा एमाले मनहरी गाउँ कमिटीका अध्यक्ष नविन सुवेदी, मकवानपुर उद्योग वाणिज्य संघ पश्चिम क्षेत्र समितिका अध्यक्ष नारायण सेवेदी लगायतकाको उपस्थिति रहेको थियो ।

नेपाल सरकारले शोक सभाका लागि सोमबार देशभर शोक विदा समेत दिइएको थियो । दुर्घटनामा परेका ६९ जनाको शव भेटिएको छ । ३ जना अझै बेपत्ता रहेका छन् । २६ जनाको मात्र सनाखतन भएको छ । काठमाडौंबाट पोखराको लागि उडेको उक्त जहाज आइतबार बिहान करिब ११ बजे पोखरास्थित सेती खोचमा दुर्घटना भएको थियो ।

लोकप्रिय

प्रदेश १ सरकारमाथि खनिए पूर्वमुख्यमन्त्री राई

काठमाडौं-पूर्वमुख्यमन्त्री तथा एमाले नेता शेरधन राईले प्रदेश १ सरकारमाथि जनहितमा काम गर्न नसकेको आरोप लगाएका छन् । सामाजिक सञ्जाल...

प्रदेश खेलकुदमा सालकको मस्कटः संरक्षणकर्मी थप उत्साहित

बागमती प्रदेशको १३ वटै जिल्लामा पाइने एकमात्र वन्यजन्तुको रुपमा सालक रहेको छ ।

मनहरीका १८ जना प्रधानाध्यापकद्वारा राजीनामा

मनहरी–असार २९ गते । मनहरी गाउँपालिकाभित्र रहेका १८ वटा प्राथमिक विद्यालयका शिक्षकहरु सामूहिक राजीनामा दिनु भएको छ ।

Related Articles