Sunday, February 5, 2023

‘सालक’लाई मकवानपुरको गौरबको जनावर घोषणा गरिदैँ

ताजा / भरखरै प्राप्त

राष्ट्रिय मावि सुनाचुरीमा माघ २६ गते आँखा शिविर हुने

रोटरी क्लब अफ हेटौडा, रोट्रयाक्ट क्लब अफ हेटौडा र हेटौडा सामुदायिक आँखा अस्पतालको आयोजनामा आँखा शिविर हुन लागेको रोटरी क्लब अफ हेटौडाका सदस्य एबम् आँखा शिविर संञ्चालन समितिका सदस्य विदुर रिजालले बताउनुभयो ।

युनिभर्सलकी दीपिका हेटौडा डान्सिङ स्टारको फाइनलमाः भोट गर्न सबैमा अपिल

मनहरी–माघ २१ गते । मकवानपुर उद्योग वाणिज्य संघको आयोजनामा हेटौंडामा जारी १० औं राष्ट्रिय औद्योगिक व्यापार महोत्सव अन्तरगत भइरहेको हेटौंडा डान्सिङ स्टारमा...

चेपाङ समुदायमा आयोडिनको महत्व बुझाउँदै राक्सिराङ गाउँपालिका

राक्सिराङ–माघ १९ गते । राक्सिराङ गाउँपालिकाले गाउँपालिकाभित्र बसोबास गर्ने चेपाङ समुदायलाई आयोडिनको महत्व बुझाउने उद्येश्यले यस वर्षको आयोडिन महिना सुरु गरेके छ...

राक्सिराङमा मानव अधिकारको चर्चा, शिक्षा र स्वास्थ्य समस्याप्रति चिन्ता

राक्सिराङ–माघ १९ गते । स्थानीय तहमा मानव अधिकार समूहको समस्या पहिचान तथा कार्ययोजना बैठक सम्पन्न भएको छ ।

कारले ठक्कर दिँदा मनहरीका स्वास्थ्यकर्मी अधिकारी घाइते

मनहरी बजारबाट कार्यालय मनहरी ३ स्थित हाँडीखोला स्वास्थ्य चौकीतर्फ जाँदै हुनुहुन्थ्यो ।

मनहरी–माघ ४ गते । अति लोपोन्मुख अवस्थामा रहेको शान्त स्वभावको स्तनधारी जनावर सालकलाई मकवानपुर जिल्लाको गौरबको जनवारकोरुपमा घोषणा गरिने भएको छ ।

डिभिजन वन कार्यालय राप्तीको अगुवाईमा सालकलाई यहि फागुन ६ गते जिल्लाको गौरबको जनावरकोरुपमा घोषणा गर्न लागिएको राप्ती डिभिजन वन कार्यालय राप्तीका प्रमुख विष्णु प्रसाद आचार्यले बताउनुभयो ।

फागुन ६ गते अन्तराष्ट्रीय सालक दिवस मनाइने गरिन्छ । सोही अवसरमा एक कार्यक्रमका विच सालकलाई मकवानपुर जिल्लाको गौरबको जनावरकोरुपमा घोषणा गर्न लागिएको हो ।

विश्वबाट नै लोपोन्मुख अवस्थामा रहेको यो जनावर मकवानपुर जिल्लामा भने यसको संख्या राम्रो रहेको आचार्यले बताउनुभयो । सालकको मासुले रोगव्याधी काट्ने पोषिलो हुने अन्धविस्वास, यसको खपटा दबाई हुन्छ, अन्तराष्ट्रिय बजारमा बिक्रि हुन्छ भन्ने भ्रमका कारण चोरी निकासी भई लोप हुँदै गएको उहाँले बताउनुभयो ।

साथै साँघुरिदै गएको बासस्थान, वन क्षेत्रको अतिक्रमण, यसको वासस्थानमा अत्यधिक मानवीय गतिविधि र वन क्षेत्रमा भौतिक पूर्वाधार निर्माण र प्राकृतिक आहारको कमी हुँदै जानुले यो लोपोन्मुख अवस्थामा पुगेको हो ।

यसको संरक्षणका लागि कार्यालयले विभिन्न योजनाहरु समेत सार्वजनिक गरी अगाडी बढाइएको आचार्यले बताउनुभयो ।

सालकको संरक्षणको अवस्था, वासस्थान, परिस्थिकीय प्रणालीको ज्ञानमा अभिवृद्धि गर्ने, सालकको अवैध चोरी, शिकारी तथा व्यापार नियन्त्रण गर्ने, बासस्थानको संरक्षणका लागि खोजी एबम् व्यवस्थापन गर्ने, स्थानीय जनताको उत्तरदायित्वको वृद्धि गर्ने जस्ता कार्यहरु भइरहेको उहाँले बताउनुभयो ।

लोकप्रिय

प्रदेश १ सरकारमाथि खनिए पूर्वमुख्यमन्त्री राई

काठमाडौं-पूर्वमुख्यमन्त्री तथा एमाले नेता शेरधन राईले प्रदेश १ सरकारमाथि जनहितमा काम गर्न नसकेको आरोप लगाएका छन् । सामाजिक सञ्जाल...

चेपाङ समुदायकै पहिलो गायक रबिन कुमारलाई विजय बानियाँ स्मृति लोक संगीत पुरस्कार

हेटौडाँ–पुष ६ गते । चेपाङ समुदायकै पहिलो गायक रबिन कुमार चेपाङ पुरस्कृत हुनुहुने भएको छ । विजय बानियाँ...

मनहरीमा अध्यक्षको एक्सनपछि चितवन निकासी हुने टिपरको संख्या बढ्यो

मंसीर २२ गते साँझ अध्यक्ष कालाखेतीको एक्सनबाट ३ वटा टिपरमाथि कारबाही भएको थियो । उक्त घटना लगत्तै राजश्व तिरेर मनहरीबाट नदिजन्य बस्तु ढुवानी गर्ने सवारी साधनको संख्यामा बृद्धि भएको पाइएको छ ।

Related Articles