Wednesday, September 27, 2023

बेलुवामा बसपार्क र चार्जिङ स्टेशनः दलहरु भन्छन्–’यो काममा हाम्रो सहयोग रहनेछ’

ताजा / भरखरै प्राप्त

मनहरीको उद्योग बाणिज्य संघ १४ औँ बर्ष पूरा, कार्यालयमा दिप प्रज्वलन

बजार अनुगमनको कुरालाई ध्यान दिएको बताउँदै बजारमा अखाद्य बस्तु, म्याद गुज्रेको बस्तुहरु र ठगीका घटनाहरु सुन्न नपरोस् भन्दै शुभकामना दिनु भएको छ ।

मनहरीमा समाजवादीको बैठक, गाउँपालिकाको बेथितिबारे बोल्नुपर्ने राय

मनहरी गाउँपालिकाको पाडी खरिद काण्ड, १६ करोड राजश्व मिनाहा काण्ड, पत्रकारलाई अनावश्यक हस्तक्षेप गरेको काण्ड लगायतका बिषयहरुमा पार्टीले धारणा सार्बजनिक गर्नुपर्नेलगायतका बिषय नेतृत्वको ध्यानाकर्षण गराएको छ ।

सिमपानीका पाख्रीनलाई ट्रयाक्टरले किच्यो, सेनाले ज्यादति गरेको भन्दै राजमार्ग जाम

घटनास्थलमा प्रहरी पुगेको छ भने घाइते पाख्रीनलाई भरतपुरतर्फ उपचारार्थ पठाइएको छ।

युनिभर्सलले जनप्रतिनिधि र राजनितिकर्मीको उपस्थितिमा मनायो संविधान दिवस (फोटो फिचर)

राक्सिराङ गाउँपालिकाका उपाध्यक्ष थिङले संविधान विरोधी तत्वहरु सक्रिय भएको बताउनुभयो । ८ वर्ष अघि नेपालको गणतान्त्रिक संविधान जारी भई कार्यान्वयनमा आएतापनि अहिले संविधान विरोधी गतिविधिरु भइरहेको बताउनुभयो ।

पोखरा पुगेर प्रहरीले समात्यो अफिमवाला सुवासलाई, शिक्षक प्रल्हाद दर्जी छुट्लान् ?

सुवासलाई पक्राउ गर्न प्रहरी निरीक्षक दिपक थापा नेतृत्वको टोलीले २ दिन पोखरा बिताएको बताइएको छ ।

मनहरी–माघ ५ गते । मनहरी गाउँपालिका ८ बेलुवास्थित बगर क्षेत्रमा बसपार्क र चार्जिङ स्टेशनसहितको भौतिक संरचनाहरु निर्माण गरी दूरगामी प्रभाव पर्ने विकासका काम अघि बढाउने मनहरी गाउँपालिकाको तयारीलाई मनहरीका प्रमुख राजनीतिक दलका नेताहरुले स्वागत गर्नु भएको छ ।

मनहरी गाउँपालिकाले आयोजना गरेको सर्बपक्षीय छलफलमा गाउँपालिकाले सुरु गरेको अभियानलाई आफू आबद्ध दलहरुको पूर्ण रुपमा साथ र सहयोग हुने नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताहरुसहितका सरोकारवालाहरुले प्रतिबद्धता जनाउनु भएको हो ।

मनहरी गाउँपालिका अध्यक्ष रन्जन कलाखेतीको सभाध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष सीता पुलामी रेखा, प्रमु्ख प्रशासकीय अधिकृत मोहनकुमार श्रेष्ठ, २ नं वडाध्यक्ष राजकुमार पाख्रीन, ३ नं वडाध्यक्ष अनन्तप्रकाश अर्याल, ४ नं वडाध्यक्ष प्रकाश थापा, ६ नं वडाध्यक्ष युवराज थपलिया, ७ नं कार्यवाहक वडाध्यक्ष नवराज सुवेदी, ८ नं वडाध्यक्ष नारायण उप्रेती र ९ नं वडाध्यक्ष राजकुमार श्रेष्ठको सहभागिता थियो ।

कार्यक्रममा धारणा राख्दै नेपाली काँग्रेस मनहरीका सभापति प्रकाश बर्ताैला, नेकपा एमाले मनहरीका अध्यक्ष नवीन सुवेदी, नेकपा माओवादी केन्द्रका सचिव सञ्जीव पाठक, राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला उपाध्यक्ष निराजन बर्ताैला र राष्ट्रिय प्रजातन्त्र पार्टीका क्षेत्रीय सभापति नरहरि सुवेदीले गाउँपालिकाले सार्बजनिक जग्गा संरक्षण गरी गर्न लागेको विकास कार्यलाई आफ्नो पार्टीको साथ रहेको बताउनु भएको हो ।

त्यसैगरी जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रशासकीय अधिकृत गुणप्रसाद न्यौपाने, मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष सीताराम अर्याल, पर्सा राष्ट्रिय निकुन्जका रेन्जर मनराज लामा, इलाका प्रहरी कार्यालय मनहरीका प्रमुख कृष्णराज ढकाल, सञ्चारकर्मी शिवकुमार काशीसहित जनप्रतिनिधिहरुले संविधानले दिएको सम्पत्तिको हकको समेत सम्मान र बचाउ गर्दै सार्बजनिक जग्गामाथि भइरहेको अतिक्रमण रोक्नुपर्नेमा ध्यान दिनुपर्नेमा जोड दिनु भएको छ ।

–प्रकाश बर्ताैला, नेपाली काँग्रेस सभापति

कुन पार्टीका नेताले के भने ?
–प्रकाश बर्ताैला, नेपाली काँग्रेस सभापति
समग्रमा गाउँपालिकाले बनाएको डिपिआर राम्रो छ । बस पार्क र चार्जिङ स्टेशन निर्माण गर्ने कुराबाट हामी खुसी छौँ । बेलुवा क्षेत्रमा सुकुम्बासी बस्ती बढेको र बस्ती अव्यवस्थित भएको कारण सुन्दरता हराएको कुरा सत्य हो । केही बाध्यतामा त्यहाँ बस्न गए होलान्, कोही नक्कलीहरु पनि होलान् । १४८ बिघा क्षेत्रलाई व्यवस्थित गर्ने गरी बनाइएको डिपिआरमा व्यक्तिगत सम्पत्ति संरक्षण गर्ने वा सो सम्बन्धमा कहीँकतै सम्बोधन भएको देखिएन । त्यहाँ व्यक्तिको २७ बिघा र महेन्द्रकिरण माविको १५ बिघा जग्गा पनि छ । त्योबारे डिपिआर बोलेको छैन । एकराज उप्रेती अध्यक्ष भएकै बेला ४० लाख लाख रुपियाँ फ्रिज हुने गरी काम गरियो । त्यतिखेरै समन्वय गर्न सकेको भए आज यो बहस गर्नु जरुरी हुँदैनथ्यो । मुख्य कुरो त, यहाँ सुकुम्बासीको मात्रै कुरा छ । क्रसर उद्योगहरुले हडपेको जग्गाबारे कसले बोल्ने ? क्रसर उद्योगले हडपेको जग्गा कहिले हटाउने हो ? त्यसैले व्यक्तिको जग्गा कहाँनेर हो ? मालपोत कार्यालयबाट लगत झिकाएर नापी गरेर छुट्याइनुपर्छ । र, हटाउने भनिएका बस्तीका मानिसहरुलाई पनि हामी समृद्ध मनहरी निर्माण यसरी गर्दैछौँ, यहाँको बस्तीलाई यसरी व्यवस्थित गर्दैछौँ भनेर सम्झाइ बुझाई गर्न सक्नुपर्छ । हामी विकास विरोधी होइनौँ ।

–नवीन सुवेदी, नेकपा एमाले

–नवीन सुवेदी, नेकपा एमाले
अहिले बनेको डिपिआर राम्रो छ । यहाँ बसपार्कसहितको संरचना बन्ने कुरा हामी सबैको लागि गर्वको कुरा हो । हाम्रो पार्टीले स्थानीय सरकारको नेतृत्व गर्ने बेलादेखिकै यो सुरुवात भएको हो । आजको बैठकमा पूर्वअध्यक्ष र पूर्व वडाध्यक्ष पनि भइदिएको भए अझ राम्रो हुन्थ्यो । अतिक्रमित जग्गा बचाउने दायित्व स्थानीय सरकारको हो । ९ वटै वडामा रहेका त्यस्ता जग्गाहरु अतिक्रमण हुन रोकिनुपर्छ । डिपिआर अनुसार नै काम अघि बढाइयोस् । विकास निर्माणको काम अघि बढिरहँदा स्थानीय व्यक्तिहरु जोसँग लालपुर्जा छ, उनीहरुको पनि के कसरी व्यवस्थापन हुने हो ? अथवा उनीहरुको लालपुर्जा अनुसारको जग्गा छुट्याइदिने काम गर्नुपर्दछ । सुकुम्बासीको नाउँमा बढिरहेको बस्तीलाई कसरी व्यवस्थित गर्ने ? उनीहरु साँच्चै सुकुम्बासी हुन् कि होइनन् ? यसबारे पनि ध्यान दिनुपर्छ । सुकुम्बासीका नाउँमा हुकुमबासीहरु छन् भने त्यसको छानबीन गर्नुपर्छ ।

सञ्जीव पाठक, नेकपा माओवादी केन्द्र

सञ्जीव पाठक, नेकपा माओवादी केन्द्र
डिपिआर अनुसार काम गर्दै जाने हो । यो ठीक छ । हाम्रो पार्टी यो काममा सदैव स्थानीय सरकारसँग हुनेछ । कुरा ८ नं को मात्र होइन ९ वटै वडामा रहेका सार्वजनिक जग्गाहरुको संरक्षण अभियानको पनि हो । त्यस्ता सार्वजनिक जग्गाहरु जहाँ जहाँ छ संरक्षण गरेर अघि बढौँ । ८ नं मा हाम्रा सांसद ओमबहादुर ग्लानले ४० लाख रुपियाँ बजेट बिनियोजन गरिदिनु भएको पनि हामीले काम गर्न सकेनौँ । यसो दुखद् कुरा हो । अहिले डिपिआर बनाएर अघि बढेको क्षेत्र बसपार्क बन्ने र यो बसपार्क र मनहरीलाई मध्य क्षेत्र मानेर रसुवागढी नाकासम्म जोड्ने बाटोको समेत परिकल्पना गरिएको छ । अहिले जहाँ तटबन्धन गरियो, त्यहाँ केही मिटर मिचेर बनाउने गरिएको छ । त्यहाँ निस्केको नदी उकास जग्गालाई नापजाप गरी जग्गा निकाल्ने कुरालाई पनि ध्यान दिऔँ । गाउँपालिकाले त्यस्ता तटबन्धन बनिरहेका योजनाहरुको अनुगमन गर्ने, जग्गा नापेर संरक्षण गरिदिने काम गर्नुपर्छ । अहिले सार्बजनिक जग्गा नहुँदा खेल मैदानहरु, पार्कहरु बन्न गाह्रो भइरहेको छ । अहिले ८ नं वडामा भइरहेको बस्ती र दाबी गरिएका निजी जग्गा नापौँ, त्यो जग्गा त्यहाँ नपर्न पनि सक्छ । त्यसैले राम्ररी छानबीन गरौँ । हामी यो काममा सदैव लाग्छौँ ।

निराजन बर्ताैला, राष्ट्रिय स्वतन्त्र पार्टी

निराजन बर्ताैला, राष्ट्रिय स्वतन्त्र पार्टी
डिपिआर राम्रो बनेको रहेछ । सिंगापुरकै पार्कहरुको मोडलमा यो अघि बढ्न लागेको देखिन्छ । अब यसलाई कार्यान्वयन गरौँ । तर, त्यसो भनिरहँदा सुकुम्बासी बस्तीको व्यवस्थापनमा पनि ध्यान दिऔँ । उनीहरुलाई आजको भोलि नै निस्किनु भनेर सूचना जारी गर्दा उनीहरुको हालत के कसो होला ? ८ नं वडाको यो कामसँगै अन्य वडाहरुमा लैजाऔँ । ८ नं वडाध्यक्षले यत्रो डिपिआर बनाएर योजना अघि बढाउनु भएको रहेछ । अरु वडाध्यक्षहरु निदाएर बसेका छन् कि के गर्दै हुनुहुन्छ ? अरु वडामा के कसो हुँदैछ ? सार्बजनिक जग्गाहरु अतिक्रमण भइरहेकै छ । मेरै ५ नं वडामा पनि फुटबल चौर हराउँदै गइरहेको छ । यस्तो काममा स्थानीय सरकारको ध्यान जाओस् । एमालेको सरकार हुँदा गर्न लागिएको काममा काँग्रेसले असहयोग गर्ने, काँग्रेसले गर्न लागेको काममा एमाले वा हामीहरुले असहयोग गर्ने भन्ने चलन छ, यसलाई हटाएर अघि बढ्नुपर्दछ । राम्रो काममा हाम्रो पार्टी सदैब साथमै रहनेछ । हामीलाई पनि पहिलोपटक कार्यक्रममा बोलाउनु भएकामा धन्यवाद ।

नरहरि सुवेदी, राष्ट्रिय प्रजातन्त्र पार्टी

नरहरि सुवेदी, राष्ट्रिय प्रजातन्त्र पार्टी
डिपिआर राम्रो बनेको रहेछ । गाउँपालिकालाई धन्यवाद । यो पहिलादेखिकै कुरा हो । यसलाई निष्कर्षमा पु¥याउनुपर्छ । यो मेरै घर छेवैको कुरा पनि हो । खास ठूलो समस्या पनि होइन । यस्तो बैठक अब फिल्डमै राखौँ । त्यहीँको मान्छेहरुलाई कन्भिन्स गराउँदै जाऔँ । राम्रो काममा सबैले साथ सहयोग गर्छन् । सीमित व्यक्तिहरु मात्रै जग्गा हडप्ने काममा होलान्, बसपार्क, चार्जिङ स्टेशन जस्ता विकासका पूर्वाधारहरु बनाउने कुरामा हामी सँधै साथमै छौँ ।

सीताराम अर्याल–मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति

सीताराम अर्याल–मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति
यो डिपिआर त बन्यो तर यो क्षेत्रको नक्सा खोई ? चितवनको साबिक पिप्ले गाविसबाट सायद यो नक्सा झिकाउनुपर्ने होला । अहिले बेलुवाको कुरा गर्दा त्यहाँ हाम्रा पूर्व अध्यक्ष मुक्तिनाथ अधिकारीको पालामा जम्मा ६ घरजति मात्रै सुकुम्बासीको बस्ती थियो । अहिले बढेर कति पुगेको छ ? हाम्रो आँखै अगाडि छ । यही बाटो भएर सिडिओ, वार्डेन, मन्त्रीहरु हिँडनुहुन्छ, तर ड्याममा जग बनाएर घर बनाएको कुरा चाहिँ हाम्रै समितिले मात्रै हेर्नुपर्ने भन्नेगरी कुरा हुन्छ, हाम्रो मात्र काम होइन । त्यो नियन्त्रण गर्ने सबैको दायित्व हो । जग्गा ‘सिमलको बोटमा घर हाइवे रोड’ मा देखिन्छ । त्यस्ताहरुको छानबीन गरौँ । र, व्यवस्थित गरौँ । अर्काे कुरा अबैधानिक रुपमा क्रसर उद्योग हटाइनुपर्छ । डिपिआर बनेको कुरा तल्लो तह, फिल्डमा पनि छलफल हुनुपर्छ । बेलुवामा २ सय बिघा जग्गा निस्कन्छ । स्कूल र व्यक्तिको जग्गा ४६ बिघा छ । कुन कुनले मुआब्जा पाउने हो आजको मूल्यांकन अनुसार दिइनुपर्छ । डिपिआरमा बनेको भन्दा राम्रो विकास गर्न सकिन्छ । मध्यवर्ती क्षेत्रमा सौराहजस्तै पर्यटकीय क्षेत्र बनाउन सकिन्छ । हामी सबै मिलेर यो काम गर्नुपर्छ । म सबैलाई यो अनुरोध गर्न चाहन्छु ।

लोकप्रिय

प्रदेश १ सरकारमाथि खनिए पूर्वमुख्यमन्त्री राई

काठमाडौं-पूर्वमुख्यमन्त्री तथा एमाले नेता शेरधन राईले प्रदेश १ सरकारमाथि जनहितमा काम गर्न नसकेको आरोप लगाएका छन् । सामाजिक सञ्जाल...

प्रदेश खेलकुदमा सालकको मस्कटः संरक्षणकर्मी थप उत्साहित

बागमती प्रदेशको १३ वटै जिल्लामा पाइने एकमात्र वन्यजन्तुको रुपमा सालक रहेको छ ।

मनहरीका १८ जना प्रधानाध्यापकद्वारा राजीनामा

मनहरी–असार २९ गते । मनहरी गाउँपालिकाभित्र रहेका १८ वटा प्राथमिक विद्यालयका शिक्षकहरु सामूहिक राजीनामा दिनु भएको छ ।

Related Articles

मनहरीको उद्योग बाणिज्य संघ १४ औँ बर्ष पूरा, कार्यालयमा दिप प्रज्वलन

बजार अनुगमनको कुरालाई ध्यान दिएको बताउँदै बजारमा अखाद्य बस्तु, म्याद गुज्रेको बस्तुहरु र ठगीका घटनाहरु सुन्न नपरोस् भन्दै शुभकामना दिनु भएको छ ।

मनहरीमा समाजवादीको बैठक, गाउँपालिकाको बेथितिबारे बोल्नुपर्ने राय

मनहरी गाउँपालिकाको पाडी खरिद काण्ड, १६ करोड राजश्व मिनाहा काण्ड, पत्रकारलाई अनावश्यक हस्तक्षेप गरेको काण्ड लगायतका बिषयहरुमा पार्टीले धारणा सार्बजनिक गर्नुपर्नेलगायतका बिषय नेतृत्वको ध्यानाकर्षण गराएको छ ।

सिमपानीका पाख्रीनलाई ट्रयाक्टरले किच्यो, सेनाले ज्यादति गरेको भन्दै राजमार्ग जाम

घटनास्थलमा प्रहरी पुगेको छ भने घाइते पाख्रीनलाई भरतपुरतर्फ उपचारार्थ पठाइएको छ।