Wednesday, March 22, 2023

विज्ञान शिक्षकलाई पाँच दिने क्षमता विकास तालिम

ताजा / भरखरै प्राप्त

मनहरी वहुमुखी क्याम्पस स्ववियु अध्यक्षमा अनेरास्ववियूका घिसिङ निर्वाचित

मनहरी–चैत ५ गते । पश्चिम मकवानपुरको एक मात्र क्याम्पस मनहरी बहुमुखी क्याम्पसमा आइतबार भएको स्ववियु निर्वाचनमा सभातिमा नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी...

मनहरीमा ७ सय ८६ परीक्षार्थीले आधारभूत तह परीक्षा दिदै

मनहरी–चैत ५ गते । मनहरी गाउँपालिकामा आधारभूत तह उतिर्ण उतिर्ण परीक्षा (कक्षा–८) को वार्षिक परीक्षा यहि चैत ७ गतेबाट हुने भएको छ...

नेपालका ठुला दलका नेताहरुको विकल्प ‘म’ मात्रै होः प्रसाई

साथै ठुला दलका नेताहरुकै कारण मुलुकमा अहिलेको आर्थिक संकट आइपरेको समेत आरोप लगाउनुभयो । नेताहरुले बिदेशमा लगेको पैसा नेपाल ल्याइदैन तब सम्म देशको आर्थिका संकट समेत नहट्ने दावी गनर्सभयो ।

नेपाल राहत शिक्षक समिति मनहरीको अध्यक्षमा पाठक

अध्यक्ष पाठक सहितको समितिको उपाध्यक्षमा नारायण गिरी चयन हुनुभएको छ भने महिला उपाध्यक्षमा राधिका पौडेल चयन हुनुभएको छ ।

राक्सिराङ गाउँपालिका वडा नम्बर ४ बाट एकीकृत शिविर सुचारु

शिविरलाई सम्बोधन गर्नुहुँदै गाउँपालिका अध्यक्ष मल्लले जनताको सेवाका लागि जनप्रतिनिधि घरघरमै पुग्न यो अभियान सञ्चालन गरेको बताउनुभयो ।

मनहरी–माघ १८ गते । मनहरी गाउँपालिकाले गाउँपालिका अन्र्तगतका मावि विद्यालयका विज्ञान शिक्षकहरुलाई पाँच दिने पेशागत क्षमता विकास तालिम शुरु भएको छ ।

माघ १८ गते बुधबारबाट सुरु भएको तालिम माघ २२ गते समाप्त हुने जनाएको छ ।

नेपाल सरकार शिक्षा मन्त्रालयले पछिल्लो समय पाठ्यक्रम परिवर्तन गरेसंगै नयाँ पाठ्याक्रम अनुसार कसरी शिक्षण गर्ने, प्रश्न पत्र कसरी निर्माण गर्ने भन्ने विषयमा तालिम प्रदान गरिने मनहरी गाउँपालिका शिक्षा शाखाका स्रोत व्यक्ति पूर्ण भद्र भुसालले बताउनुभयो ।

कतिपय शिक्षकहरुको हातमा पाठ्यक्रम पनि नहुने भएकाले पाठ्यक्रमले गरेको व्यवस्थाको बारेमा पहिलो र दोस्रो दिन तालिम प्रदान गरिने उहाँले बताउनुभयो ।

विज्ञान विषय प्रयोगात्मक विषय भएको तर कतिपय शिक्षकहरुले अझै पनि प्रयोगात्मक कक्षा सञ्चालन नगरेको भन्दै यसरी कसरी व्यवस्थापन गर्ने, प्रयोगात्मक कक्षाको महत्वको विषयमा प्रयोगशालामा लगेरै तालिम प्रदान गरिने छ ।

तालिम प्राप्त गरिसकेपछि पाठयक्रमको आधारमा शिक्षण गर्ने, प्रश्न पत्र निर्माण गर्ने, विज्ञान प्रयोगशालमा विद्यार्थीहरु समक्ष कसरी प्रस्तुत हुने र कसरी सिकाउने भन्ने विषयमा जानकार हुने लक्ष राखिएको उहाँले बताउनुभयो ।

मनहरी गाउँपालिका अन्तर्गत रहेका १८ वटा सामुदायिक विद्यालय र तीन वटा निजि विद्यालयका शिक्षकहरु उपस्थित रहेको उहाँले बताउनुभयो ।

लोकप्रिय

प्रदेश १ सरकारमाथि खनिए पूर्वमुख्यमन्त्री राई

काठमाडौं-पूर्वमुख्यमन्त्री तथा एमाले नेता शेरधन राईले प्रदेश १ सरकारमाथि जनहितमा काम गर्न नसकेको आरोप लगाएका छन् । सामाजिक सञ्जाल...

चेपाङ समुदायकै पहिलो गायक रबिन कुमारलाई विजय बानियाँ स्मृति लोक संगीत पुरस्कार

हेटौडाँ–पुष ६ गते । चेपाङ समुदायकै पहिलो गायक रबिन कुमार चेपाङ पुरस्कृत हुनुहुने भएको छ । विजय बानियाँ...

मनहरीमा अध्यक्षको एक्सनपछि चितवन निकासी हुने टिपरको संख्या बढ्यो

मंसीर २२ गते साँझ अध्यक्ष कालाखेतीको एक्सनबाट ३ वटा टिपरमाथि कारबाही भएको थियो । उक्त घटना लगत्तै राजश्व तिरेर मनहरीबाट नदिजन्य बस्तु ढुवानी गर्ने सवारी साधनको संख्यामा बृद्धि भएको पाइएको छ ।

Related Articles