Wednesday, March 22, 2023

मनहरीमा गणित र नेपाली बिषयमा विद्यार्थीहरु कमजोर

ताजा / भरखरै प्राप्त

मनहरी वहुमुखी क्याम्पस स्ववियु अध्यक्षमा अनेरास्ववियूका घिसिङ निर्वाचित

मनहरी–चैत ५ गते । पश्चिम मकवानपुरको एक मात्र क्याम्पस मनहरी बहुमुखी क्याम्पसमा आइतबार भएको स्ववियु निर्वाचनमा सभातिमा नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी...

मनहरीमा ७ सय ८६ परीक्षार्थीले आधारभूत तह परीक्षा दिदै

मनहरी–चैत ५ गते । मनहरी गाउँपालिकामा आधारभूत तह उतिर्ण उतिर्ण परीक्षा (कक्षा–८) को वार्षिक परीक्षा यहि चैत ७ गतेबाट हुने भएको छ...

नेपालका ठुला दलका नेताहरुको विकल्प ‘म’ मात्रै होः प्रसाई

साथै ठुला दलका नेताहरुकै कारण मुलुकमा अहिलेको आर्थिक संकट आइपरेको समेत आरोप लगाउनुभयो । नेताहरुले बिदेशमा लगेको पैसा नेपाल ल्याइदैन तब सम्म देशको आर्थिका संकट समेत नहट्ने दावी गनर्सभयो ।

नेपाल राहत शिक्षक समिति मनहरीको अध्यक्षमा पाठक

अध्यक्ष पाठक सहितको समितिको उपाध्यक्षमा नारायण गिरी चयन हुनुभएको छ भने महिला उपाध्यक्षमा राधिका पौडेल चयन हुनुभएको छ ।

राक्सिराङ गाउँपालिका वडा नम्बर ४ बाट एकीकृत शिविर सुचारु

शिविरलाई सम्बोधन गर्नुहुँदै गाउँपालिका अध्यक्ष मल्लले जनताको सेवाका लागि जनप्रतिनिधि घरघरमै पुग्न यो अभियान सञ्चालन गरेको बताउनुभयो ।

मनहरी–माघ १९ गते । मनहरी गाउँपालिकामा आधारभूत तहको शिक्षा सिकाईको अबस्था खस्कँदो पाइएको छ ।

मनहरी गाउँपालिकाभित्र गरिएको एक सर्बेक्षणले बालबालिकाको आधारभूत तहमा सिक्नुपर्ने कुराहरुको सिकाई अत्यन्तै कमजोर देखाएको हो ।

गणित र नेपाली बिषयको सर्वेक्षणमा विद्यार्थीहरुको अबस्था कमजोर मात्रै पाइएन कक्षा १० पढ्ने ८५ प्रतिशत विद्यार्थीलाई भाग गर्न पनि नआउने तथ्यांक सार्बजनिक गरिएको छ ।

शैक्षिक सुधारका लागि देशका विभिन्न स्थानहरुमा स्वयमवकको रुपमा काम गरिरहेको गल्ली गल्ली ललितपुर नामक गैरसरकारी संस्थाले मेरो गाउँ, सिकाइ केन्द्रित गाउँ परियोजना भएको सर्वेक्षणमा १० कक्षामा पढ्ने ८५ प्रतिशत विद्यार्थीलाई भाग गर्न नआएको तथ्याङ्क सार्बजनिक गरेको हो ।

६ बर्षदेखि १७ बर्ष उमेरभित्रका विभिन्न कक्षामा पढ्ने र नपढ्ने सबैका लागि यो सर्वेक्षण गरिएको थियो । उनीहरुका लागि सरकारले स्वीकृत गरेको कक्षा २ को गणित पाठ्यक्रममा आधारित रही गुणन, भाग, जोड, घटाउ गर्न लगाइएको थियो । मनहरी गाउँपालिकाभित्रका १५९३ जना विद्यार्थीमा गरिएको सर्बेक्षणमा आधारभूत शिक्षा सिकाई अबस्थालाई सुधार गर्नैपर्ने अबस्था देखिएको परियोजनाका बागमती प्रदेश संयोजक जीवन शर्माले बताउनुभयो ।

सर्वेक्षणमा ७९० जना छात्र र ८०३ जना छात्रा सहभागी थिए । गणित बिषयमा गरिएको सर्बेक्षणमा कक्षा १० मा पढ्ने शत प्रतिशत विद्यार्थीले एक अंक र दुई अंक तह चिनेका थिए । तीमध्ये ८१.८२ प्रतिशतलाई जोड गर्न आउने, ७२.७३ प्रतिशतलाई घटाउ गर्न आउने, ७२.७९ प्रतिशतलाई गुणन गर्न आउने र १५.१५ प्रतिशतलाई भाग गर्न आउने नतिजा प्राप्त भएको हो ।

कक्षा ११ मा पढ्नेमध्ये पनि ४१ दशमलब ३८ प्रतिशतलाई भाग गर्न नआउने निष्कर्ष सर्वेक्षणले निकालेको छ । ‘कक्षागत रुपमा सिकाइमा हुँदै गएको ह्रास बढ्दै जाँदा विद्यार्थीको अबस्था त्यस्तो हुन पुगेको हो’, संयोजक शर्माले भन्नुभयो–‘८ कक्षा पढ्ने विद्यार्थीहरुले नेपाली अनुच्छेद राम्ररी पढ्न नसक्ने अबस्था देखिएको छ ।’

उहाँका अनुसार गणित बिषयमा पनि जोड, गुणन, घटाउ मिलाएर पास हुँदै माथिल्लो कक्षा उक्लेकाहरु भागमा सँधै कमजोर भइरहे र हरेक कक्षाको भागको पाठमा उनीहरुको ध्यान जान सकेन ।

नेपाली बिषयमा कक्षा १० मा पढ्ने ८७ दशमलब ८८ प्रतिशत विद्यार्थीलाई मात्रै लामो अनुच्छेद राम्ररी पढ्न आउँछ । समस्याग्रस्त विषय र विद्यार्थीहरुलाई छुटेका कुराहरु सिकाउनका लागि विभिन्न टोलहरुमा स्वयम्सेवकहरु परिचालन गरी अढाई महिना पढाउने तयारी पनि परियोजनाले गरेको छ ।

यस्तो छ सर्बेक्षणको नतिजा

लोकप्रिय

प्रदेश १ सरकारमाथि खनिए पूर्वमुख्यमन्त्री राई

काठमाडौं-पूर्वमुख्यमन्त्री तथा एमाले नेता शेरधन राईले प्रदेश १ सरकारमाथि जनहितमा काम गर्न नसकेको आरोप लगाएका छन् । सामाजिक सञ्जाल...

चेपाङ समुदायकै पहिलो गायक रबिन कुमारलाई विजय बानियाँ स्मृति लोक संगीत पुरस्कार

हेटौडाँ–पुष ६ गते । चेपाङ समुदायकै पहिलो गायक रबिन कुमार चेपाङ पुरस्कृत हुनुहुने भएको छ । विजय बानियाँ...

मनहरीमा अध्यक्षको एक्सनपछि चितवन निकासी हुने टिपरको संख्या बढ्यो

मंसीर २२ गते साँझ अध्यक्ष कालाखेतीको एक्सनबाट ३ वटा टिपरमाथि कारबाही भएको थियो । उक्त घटना लगत्तै राजश्व तिरेर मनहरीबाट नदिजन्य बस्तु ढुवानी गर्ने सवारी साधनको संख्यामा बृद्धि भएको पाइएको छ ।

Related Articles

मनहरी वहुमुखी क्याम्पस स्ववियु अध्यक्षमा अनेरास्ववियूका घिसिङ निर्वाचित

मनहरी–चैत ५ गते । पश्चिम मकवानपुरको एक मात्र क्याम्पस मनहरी बहुमुखी क्याम्पसमा आइतबार भएको स्ववियु निर्वाचनमा सभातिमा नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी...

मनहरीमा ७ सय ८६ परीक्षार्थीले आधारभूत तह परीक्षा दिदै

मनहरी–चैत ५ गते । मनहरी गाउँपालिकामा आधारभूत तह उतिर्ण उतिर्ण परीक्षा (कक्षा–८) को वार्षिक परीक्षा यहि चैत ७ गतेबाट हुने भएको छ...

नेपालका ठुला दलका नेताहरुको विकल्प ‘म’ मात्रै होः प्रसाई

साथै ठुला दलका नेताहरुकै कारण मुलुकमा अहिलेको आर्थिक संकट आइपरेको समेत आरोप लगाउनुभयो । नेताहरुले बिदेशमा लगेको पैसा नेपाल ल्याइदैन तब सम्म देशको आर्थिका संकट समेत नहट्ने दावी गनर्सभयो ।