मनहरी–माघ १९ गते । कारको ठक्करबाट मनहरी गाउँपालिकाका स्वास्थ्यकर्मी टिकाराम अधिकारी घाइते हुनु भएको छ ।
उहाँ मनहरी बजारबाट कार्यालय मनहरी ३ स्थित हाँडीखोला स्वास्थ्य चौकीतर्फ जाँदै हुनुहुन्थ्यो । हेटौँडाबाट चितवन जाने क्रममा रहेको बा ९ च ३६३६ को कारले बा. प्र. ०३ –००१ प ३०३५ को मोटरसाइकललाई मनहरी ९ रजैया नजिकै सडक किनारमा ठक्कर दिँदा अधिकारी गम्भीर घाइते हुनु भएको हो ।
अधिकारीको खुट्टाका विभिन्न स्थानका हड्डी भाँचिएको र चितवनको भरतपुरस्थित मनकामना हस्पिटलमा उपचार भइरहेको उहाँकी पत्नी मुना ढकालले जानकारी दिनुभयो । कारको ठक्करबाट लड्नु भएका अधिकारीसँगै यात्रा गरिरहेकी विद्यार्थी रेनुका विक सामान्य उपचारपछि घर फर्किनु भएको इलाका प्रहरी कार्यालय मनहरीले जनाएको छ ।
मनहरी गाउँपालिकाका पूर्व स्वास्थ्य संयोजक समेत रहनु भएका घाइते अधिकारीको हिँजै सफल अपरेसनपछि वार्डमा सारिएको बताइएको छ ।