Wednesday, March 22, 2023

मनहरीमा ५ पछि वडा नं १ ले पनि कार्यालयबाटै बाँड्यो सामाजिक सुरक्षा भत्ता

ताजा / भरखरै प्राप्त

मनहरी वहुमुखी क्याम्पस स्ववियु अध्यक्षमा अनेरास्ववियूका घिसिङ निर्वाचित

मनहरी–चैत ५ गते । पश्चिम मकवानपुरको एक मात्र क्याम्पस मनहरी बहुमुखी क्याम्पसमा आइतबार भएको स्ववियु निर्वाचनमा सभातिमा नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी...

मनहरीमा ७ सय ८६ परीक्षार्थीले आधारभूत तह परीक्षा दिदै

मनहरी–चैत ५ गते । मनहरी गाउँपालिकामा आधारभूत तह उतिर्ण उतिर्ण परीक्षा (कक्षा–८) को वार्षिक परीक्षा यहि चैत ७ गतेबाट हुने भएको छ...

नेपालका ठुला दलका नेताहरुको विकल्प ‘म’ मात्रै होः प्रसाई

साथै ठुला दलका नेताहरुकै कारण मुलुकमा अहिलेको आर्थिक संकट आइपरेको समेत आरोप लगाउनुभयो । नेताहरुले बिदेशमा लगेको पैसा नेपाल ल्याइदैन तब सम्म देशको आर्थिका संकट समेत नहट्ने दावी गनर्सभयो ।

नेपाल राहत शिक्षक समिति मनहरीको अध्यक्षमा पाठक

अध्यक्ष पाठक सहितको समितिको उपाध्यक्षमा नारायण गिरी चयन हुनुभएको छ भने महिला उपाध्यक्षमा राधिका पौडेल चयन हुनुभएको छ ।

राक्सिराङ गाउँपालिका वडा नम्बर ४ बाट एकीकृत शिविर सुचारु

शिविरलाई सम्बोधन गर्नुहुँदै गाउँपालिका अध्यक्ष मल्लले जनताको सेवाका लागि जनप्रतिनिधि घरघरमै पुग्न यो अभियान सञ्चालन गरेको बताउनुभयो ।

मनहरी–माघ २९ गते । मनहरी गाउँपालिकाको वडा नं १ ले पनि कार्यालयबाटै सामाजिक सुरक्षा भत्ता बितरण गरेको छ ।

यसअघि वडा नं ५ ले आफ्नै कार्यालयमा बैँकलाई बोलाएर लाभग्राहीसामु भत्ता बितरणको व्यवस्था मिलाउँदै आएको छ ।

मनहरी ७ मा शाखा कार्यालय रहेको मुक्तिनाथ विकास बैँक परिबर्तन गरी हेटौँडास्थित कामना सेवा बैँकमार्फत सामाजिक सुरक्षा भत्ता बितरणको व्यवस्था मिलाइएको १ नं वडाध्यक्ष शिवप्रसाद खनालले बताउनुभयो । ‘यतै पायक पर्ने र बैँकले पनि वडा कार्यालयमै आएर भत्ता बाँडिदिन राजी भएपछि खाताहरु कामना सेवा विकास बैँकमै खोलेर कारोबार गरेका हौँ’, वडाध्यक्ष खनालले भन्नुभयो ।

उहाँका अनुसार बैँकले वडा कार्यालयमै आएर सामाजिक सुरक्षा भत्ता बितरण गरेपछि लाभग्राही बृद्धबृद्धा, अपांगता भएका व्यक्ति र विधुवाहरु खुसी भएका छन् । बैँकलाई कार्यालयसम्म ल्याएर रकम बाँड्नका लागि आवश्यक पर्ने सुरक्षा र अन्य व्यवस्थापकीय पक्षको जिम्मेवारी वडा कार्यालयले नै लिएको उहाँले बताउनुभयो ।

दोस्रो त्रैमासिक सामाजिक सुरक्षा भत्ता बितरणमा वडा नं ५ ले पनि कार्यालयबाट यथावत रुपमै बितरण गरेको छ ।

गाउँपालिकामै पहिलोपटक आफ्नै कार्यालयबाट सामाजिक सुरक्षा भत्ता बितरण सुरुवात गरेको ५ नं वडा कार्यालयले यसपटक कार्यालयमा उपस्थित हुन नसक्ने अपाङ्गता भएका र बढी उमेरका ज्येष्ठ नागरिकलाई घरमै पुगेर भत्ता बितरण गरिदिएको वडाध्यक्ष दीपेन्द्र अधिकारीले बताउनुभयो ।

५ नं वडामा सांग्रिला विकास बैँकले सामाजिक सुरक्षा भत्ताबापतको रकम लाभग्राहीलाई बितरण गर्ने जिम्मा पाएको छ ।
मनहरी गाउँपालिकामा ३ हजार ७ सय १२ जनाले दोस्रो त्रैमासिक अबधिको सामाजिक सुरक्षा भत्ता पाएका छन् ।

संघीय सरकारबाट ज्येष्ठ नागरिक, दलित ज्येष्ठ नागरिक, विधुवा ज्येष्ठ नागरिक, एकल महिला, दलित बालबालिका, अपांगता भएका ब्यक्ति र सीमान्तकृत बालबालिकालाई सामाजिक सुरक्षा भत्ताका लागि रकम पालिकामा आउने गर्दछ ।

त्रैमासिक अबधिका लागि ३ करोड ७० लाख ५४ हजार ८४५ रुपियाँ सामाजिक सुरक्षा भत्ता बाँड्नका लागि विभिन्न बैँकहरुमा रहेका लाभग्राहीका खातामा पठाइएको सामाजिक सुरक्षा शाखाका फोकल पर्सन दीपक अधिकारीले बताउनुभयो ।

उहाँका अनुसार १ नं वडाका लागि कामना सेवा विकास बैँक, २ नं का लागि प्रभू बैँक, ३ नंका लागि सांग्रिला विकास बैँक, ४ नंका लागि सिटिजन्स बैँक, ५ नंका लागि सांग्रिला विकास बैँक, ६ नंका लागि प्रभु बैँक, ७ नं का लागि मुक्तिनाथ विकास बैँक, ८ नं का लागि सिटिजन्स बैँक र ९ नं का लागि एनआइसी एसिया बैँकमा लाभग्राहीहरुका खाता सञ्चालित छ ।

लोकप्रिय

प्रदेश १ सरकारमाथि खनिए पूर्वमुख्यमन्त्री राई

काठमाडौं-पूर्वमुख्यमन्त्री तथा एमाले नेता शेरधन राईले प्रदेश १ सरकारमाथि जनहितमा काम गर्न नसकेको आरोप लगाएका छन् । सामाजिक सञ्जाल...

चेपाङ समुदायकै पहिलो गायक रबिन कुमारलाई विजय बानियाँ स्मृति लोक संगीत पुरस्कार

हेटौडाँ–पुष ६ गते । चेपाङ समुदायकै पहिलो गायक रबिन कुमार चेपाङ पुरस्कृत हुनुहुने भएको छ । विजय बानियाँ...

मनहरीमा अध्यक्षको एक्सनपछि चितवन निकासी हुने टिपरको संख्या बढ्यो

मंसीर २२ गते साँझ अध्यक्ष कालाखेतीको एक्सनबाट ३ वटा टिपरमाथि कारबाही भएको थियो । उक्त घटना लगत्तै राजश्व तिरेर मनहरीबाट नदिजन्य बस्तु ढुवानी गर्ने सवारी साधनको संख्यामा बृद्धि भएको पाइएको छ ।

Related Articles

मनहरी वहुमुखी क्याम्पस स्ववियु अध्यक्षमा अनेरास्ववियूका घिसिङ निर्वाचित

मनहरी–चैत ५ गते । पश्चिम मकवानपुरको एक मात्र क्याम्पस मनहरी बहुमुखी क्याम्पसमा आइतबार भएको स्ववियु निर्वाचनमा सभातिमा नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी...

मनहरीमा ७ सय ८६ परीक्षार्थीले आधारभूत तह परीक्षा दिदै

मनहरी–चैत ५ गते । मनहरी गाउँपालिकामा आधारभूत तह उतिर्ण उतिर्ण परीक्षा (कक्षा–८) को वार्षिक परीक्षा यहि चैत ७ गतेबाट हुने भएको छ...

नेपालका ठुला दलका नेताहरुको विकल्प ‘म’ मात्रै होः प्रसाई

साथै ठुला दलका नेताहरुकै कारण मुलुकमा अहिलेको आर्थिक संकट आइपरेको समेत आरोप लगाउनुभयो । नेताहरुले बिदेशमा लगेको पैसा नेपाल ल्याइदैन तब सम्म देशको आर्थिका संकट समेत नहट्ने दावी गनर्सभयो ।