Tuesday, March 21, 2023

“सालक संरक्षणमा समुदायको नेतृत्व” भन्ने नारा सहित सालक दिवस मनाइने

ताजा / भरखरै प्राप्त

मनहरी वहुमुखी क्याम्पस स्ववियु अध्यक्षमा अनेरास्ववियूका घिसिङ निर्वाचित

मनहरी–चैत ५ गते । पश्चिम मकवानपुरको एक मात्र क्याम्पस मनहरी बहुमुखी क्याम्पसमा आइतबार भएको स्ववियु निर्वाचनमा सभातिमा नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी...

मनहरीमा ७ सय ८६ परीक्षार्थीले आधारभूत तह परीक्षा दिदै

मनहरी–चैत ५ गते । मनहरी गाउँपालिकामा आधारभूत तह उतिर्ण उतिर्ण परीक्षा (कक्षा–८) को वार्षिक परीक्षा यहि चैत ७ गतेबाट हुने भएको छ...

नेपालका ठुला दलका नेताहरुको विकल्प ‘म’ मात्रै होः प्रसाई

साथै ठुला दलका नेताहरुकै कारण मुलुकमा अहिलेको आर्थिक संकट आइपरेको समेत आरोप लगाउनुभयो । नेताहरुले बिदेशमा लगेको पैसा नेपाल ल्याइदैन तब सम्म देशको आर्थिका संकट समेत नहट्ने दावी गनर्सभयो ।

नेपाल राहत शिक्षक समिति मनहरीको अध्यक्षमा पाठक

अध्यक्ष पाठक सहितको समितिको उपाध्यक्षमा नारायण गिरी चयन हुनुभएको छ भने महिला उपाध्यक्षमा राधिका पौडेल चयन हुनुभएको छ ।

राक्सिराङ गाउँपालिका वडा नम्बर ४ बाट एकीकृत शिविर सुचारु

शिविरलाई सम्बोधन गर्नुहुँदै गाउँपालिका अध्यक्ष मल्लले जनताको सेवाका लागि जनप्रतिनिधि घरघरमै पुग्न यो अभियान सञ्चालन गरेको बताउनुभयो ।

मनहरी–फागुन २ गते । “सालक संरक्षणमा समुदायको नेतृत्व” भन्ने नारा सहित फेब्रुअरीको तेश्रो शनिवार (फागुन ६) गते सालक दिवस मनाइने भएको छ ।

यो दिवसलाई मकवानपुरमा बिबिध कार्यक्रम सहित यहि फागुन ४, ५ र ६ गते त्रि–दिवसिय रुपमा मनाउने भएको छ । डिभिजन वन कार्यालय राप्ती, डिभिजन वन कार्यालय मकवानपुर, ग्रीनहुड नेपालको आयोजनमा बिबिध कार्यक्रम सहित मनाइने राप्ती डिभिजन वन कार्यालय मकवानपुरका प्रमुख विष्णु प्रसाद आचार्यले बताउनुभयो ।

यस दिवसलाई जिल्ला समन्वय समिति, मकवानपुर, यहाँ स्थित बिभिन्न पालिका, बिभिन्न सामुदायिक वनहारू, मध्यवर्ति सामुदायिक वन, फेकोफन, मध्यवर्ती सामुदायिक वन उपभोक्ता महासंग, NTNC, WWF, ZSL IUCN लगायत संरक्षणमा कार्यरत संघसंस्थाको संयुक्त आयोजनामा मनाउन लागिएको उहाँले बताउनुभयो ।

फागुन ४ गते जिल्ला समन्वय समितिको हलमा बिभिन्न सरोकारवालाहरुको सहकार्यमा प्यांगोलिन राउन्डटेबल डिस्कसन हुने जनाइएको छ । उक्त कार्यक्रमा सालक संरक्षणमा कार्यरत समुह, वनका कर्मचारी, बिज्ञ, संचारकर्मी लगायतकाको उपस्थिति रहने आचार्यले बताउनुभयो ।

प्यानल डिस्कसन सहितको छलफल कार्यक्रममा मकवानपुरमा सालक संरक्षणको बिगतको अनुभव आदान प्रादान गरिने र आगामी दिनमा मकवानपुरमा गरिने सालकको बिभिन्न कामको बिषयमा छलफल गरिनेछ उहाँले बताउनुभयो । फागुन ५ गते मूल कार्यक्रम डिभिजन वन कार्यालय राप्तीको प्रांगण मनहरीमा आयोजना हुनेछ ।

उक्त कार्यक्रममा प्रमुख अभिभावकको रुपमा बागमती प्रदेशका वन तथा वाताबरण मन्त्रि माननीय राजु बिष्ट, जिल्ला समन्वय समिति प्रमुख, मनहरी, राक्सिरांग गाउँपालिका प्रमुख, वन मन्त्रालय लगायत अन्य सरोकारवालाको उपस्थितिमा मनहरी वरिपरिका माध्यमिक तह र क्याम्पसका बिधार्थीहरु, सामुदायिक वनका उपभोक्ता लगायत अन्य समुदायको उपस्थिति रहने सो कार्यक्रममा सालक संरक्षण सम्बन्धि गीत जनस्तरमा लोकार्पण गरिने, साथै स्थानीय समुहद्वारा सालक संरक्षणको लागि तयार गरिएको खैजडी भजन सहितको नृत्य कार्यक्रम हुने जनाइएको छ ।

बीच बिचमा बिभिन्न गीत, कबिता आदि हुनेछ भने विधार्थीलाई लक्षित गरेर सालक सम्बन्धि फेस पेंटिंग, चेतनामुलक बृतचित्र प्रदर्शन, सालकको मुकुण्डो सहित प्रदर्शन हुने जनाइएको छ ।

संचालन त्यस्तै तेस्रो दिन फागुन ६ गते लामो समय देखि सालक संरक्षणमा भूमिका खेल्दै आएको रानी र चुच्चेखोला सामुदायिक वन हेटौडा ६ र १७ का उपभोक्तासंग छलफल कार्यकर्मको आयोजना गरिएको उहाँले बताउनुभयो ।

लोकप्रिय

प्रदेश १ सरकारमाथि खनिए पूर्वमुख्यमन्त्री राई

काठमाडौं-पूर्वमुख्यमन्त्री तथा एमाले नेता शेरधन राईले प्रदेश १ सरकारमाथि जनहितमा काम गर्न नसकेको आरोप लगाएका छन् । सामाजिक सञ्जाल...

चेपाङ समुदायकै पहिलो गायक रबिन कुमारलाई विजय बानियाँ स्मृति लोक संगीत पुरस्कार

हेटौडाँ–पुष ६ गते । चेपाङ समुदायकै पहिलो गायक रबिन कुमार चेपाङ पुरस्कृत हुनुहुने भएको छ । विजय बानियाँ...

मनहरीमा अध्यक्षको एक्सनपछि चितवन निकासी हुने टिपरको संख्या बढ्यो

मंसीर २२ गते साँझ अध्यक्ष कालाखेतीको एक्सनबाट ३ वटा टिपरमाथि कारबाही भएको थियो । उक्त घटना लगत्तै राजश्व तिरेर मनहरीबाट नदिजन्य बस्तु ढुवानी गर्ने सवारी साधनको संख्यामा बृद्धि भएको पाइएको छ ।

Related Articles

मनहरी वहुमुखी क्याम्पस स्ववियु अध्यक्षमा अनेरास्ववियूका घिसिङ निर्वाचित

मनहरी–चैत ५ गते । पश्चिम मकवानपुरको एक मात्र क्याम्पस मनहरी बहुमुखी क्याम्पसमा आइतबार भएको स्ववियु निर्वाचनमा सभातिमा नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी...

मनहरीमा ७ सय ८६ परीक्षार्थीले आधारभूत तह परीक्षा दिदै

मनहरी–चैत ५ गते । मनहरी गाउँपालिकामा आधारभूत तह उतिर्ण उतिर्ण परीक्षा (कक्षा–८) को वार्षिक परीक्षा यहि चैत ७ गतेबाट हुने भएको छ...

नेपालका ठुला दलका नेताहरुको विकल्प ‘म’ मात्रै होः प्रसाई

साथै ठुला दलका नेताहरुकै कारण मुलुकमा अहिलेको आर्थिक संकट आइपरेको समेत आरोप लगाउनुभयो । नेताहरुले बिदेशमा लगेको पैसा नेपाल ल्याइदैन तब सम्म देशको आर्थिका संकट समेत नहट्ने दावी गनर्सभयो ।