Tuesday, March 21, 2023

मनहरी गाउँपालिकाद्वारा १८०५ परिवारको निःशुल्क स्वास्थ्य बीमा गर्ने निर्णय (सूचिसहित)

ताजा / भरखरै प्राप्त

मनहरी वहुमुखी क्याम्पस स्ववियु अध्यक्षमा अनेरास्ववियूका घिसिङ निर्वाचित

मनहरी–चैत ५ गते । पश्चिम मकवानपुरको एक मात्र क्याम्पस मनहरी बहुमुखी क्याम्पसमा आइतबार भएको स्ववियु निर्वाचनमा सभातिमा नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी...

मनहरीमा ७ सय ८६ परीक्षार्थीले आधारभूत तह परीक्षा दिदै

मनहरी–चैत ५ गते । मनहरी गाउँपालिकामा आधारभूत तह उतिर्ण उतिर्ण परीक्षा (कक्षा–८) को वार्षिक परीक्षा यहि चैत ७ गतेबाट हुने भएको छ...

नेपालका ठुला दलका नेताहरुको विकल्प ‘म’ मात्रै होः प्रसाई

साथै ठुला दलका नेताहरुकै कारण मुलुकमा अहिलेको आर्थिक संकट आइपरेको समेत आरोप लगाउनुभयो । नेताहरुले बिदेशमा लगेको पैसा नेपाल ल्याइदैन तब सम्म देशको आर्थिका संकट समेत नहट्ने दावी गनर्सभयो ।

नेपाल राहत शिक्षक समिति मनहरीको अध्यक्षमा पाठक

अध्यक्ष पाठक सहितको समितिको उपाध्यक्षमा नारायण गिरी चयन हुनुभएको छ भने महिला उपाध्यक्षमा राधिका पौडेल चयन हुनुभएको छ ।

राक्सिराङ गाउँपालिका वडा नम्बर ४ बाट एकीकृत शिविर सुचारु

शिविरलाई सम्बोधन गर्नुहुँदै गाउँपालिका अध्यक्ष मल्लले जनताको सेवाका लागि जनप्रतिनिधि घरघरमै पुग्न यो अभियान सञ्चालन गरेको बताउनुभयो ।

मनहरी–फागुन ५ गते । मनहरी गाउँपालिकाले १ हजार ८ सय ५ परिवारलाई निःशुल्क स्वास्थ्य बीमा गरिदिएको छ ।

गाउँ कार्यपालिकाको २०७९ माघ २६ गते बसेको कार्यपालिका बैठकले हरेक वडाबाट सिफारिस भई पेस भएका परिवारको सूचिलाई अनुमोदन गर्ने निर्णय गरेको हो ।

बैठकले गरिवसँग विशेश्वर स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत बिनियोजित रकमबाट प्रतिपरिवार तीन हजार ५ सयका दरले स्वास्थ्य बीमाका लागि प्रिमियम तिरिदिने निर्णय गरेको हो ।

चालू आर्थिक बर्षमा बिपन्न परिवारलाई स्वास्थ्य सेवाको सहज पहुँच पु¥याउनका लागि २ हजार घर परिवार लाभान्वित हुने गरी निः शुल्क स्वास्थ्य बीमा कार्यक्रमको लागि बजेट बिनियोजित भएको थियो ।

बिनियोजित बजेटबाट अझै १९५ परिवारको स्वास्थ्य बीमा गर्न बाँकी रहेको र छनौट प्रक्रिया जारी रहेको मनहरी गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीले बताउनुभयो ।

‘हामीले चुनावमा ब्यक्त गरेका प्रतिवद्धतालाई गरिव जनतासामु देखिने र भेटिने गरी कार्यान्वयन गरिरहेका छौँ’, अध्यक्ष कालाखेतीले भन्नुभयो–‘शिक्षा र स्वास्थ्य क्षेत्रमा आमूल परिबर्तन ल्याउनका लागि अधिकतम प्रयासहरु भइरहेका छन् ।’

मनहरी गाउँपालिकाले दिएको जानकारी अनुसार वडा नं १ बाट १९९ परिवार, वडा नं २ बाट २३० परिवार, वडा नं ३ बाट २०४ परिवार, वडा नं ४ बाट १२६ परिवार, वडा नं ५ बाट २०९ परिवार, वडा नं ६ बाट २२० परिवार लाई निःशुल्क स्वास्थ्य बीमा गर्ने निर्णय गरिएको छ ।

त्यसैगरी वडा नं ७ बाट २१५ परिवार, वडा नं ८ बाट २०२ परिवार र वडा नं ९ बाट २०० परिवारको स्वास्थ्य बीमा मनहरी गाउँपालिकाले गरिदिने निर्णय भएको छ ।

गरिवसँग विशेश्वर स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत बिनियोजित रकमबाट निःशुल्क स्वास्थ्य बीमाबाट लाभ पाउने १०८ परिवारको सूचि यहाँ संलग्न छ ।

कृपया पिडिएफ फाइल क्लिक गर्नुहोस् ।

लोकप्रिय

प्रदेश १ सरकारमाथि खनिए पूर्वमुख्यमन्त्री राई

काठमाडौं-पूर्वमुख्यमन्त्री तथा एमाले नेता शेरधन राईले प्रदेश १ सरकारमाथि जनहितमा काम गर्न नसकेको आरोप लगाएका छन् । सामाजिक सञ्जाल...

चेपाङ समुदायकै पहिलो गायक रबिन कुमारलाई विजय बानियाँ स्मृति लोक संगीत पुरस्कार

हेटौडाँ–पुष ६ गते । चेपाङ समुदायकै पहिलो गायक रबिन कुमार चेपाङ पुरस्कृत हुनुहुने भएको छ । विजय बानियाँ...

मनहरीमा अध्यक्षको एक्सनपछि चितवन निकासी हुने टिपरको संख्या बढ्यो

मंसीर २२ गते साँझ अध्यक्ष कालाखेतीको एक्सनबाट ३ वटा टिपरमाथि कारबाही भएको थियो । उक्त घटना लगत्तै राजश्व तिरेर मनहरीबाट नदिजन्य बस्तु ढुवानी गर्ने सवारी साधनको संख्यामा बृद्धि भएको पाइएको छ ।

Related Articles