Tuesday, March 21, 2023

मनहरी गाउँपालिकाका ११ विद्यालयलाई ६० लाख

ताजा / भरखरै प्राप्त

मनहरी वहुमुखी क्याम्पस स्ववियु अध्यक्षमा अनेरास्ववियूका घिसिङ निर्वाचित

मनहरी–चैत ५ गते । पश्चिम मकवानपुरको एक मात्र क्याम्पस मनहरी बहुमुखी क्याम्पसमा आइतबार भएको स्ववियु निर्वाचनमा सभातिमा नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी...

मनहरीमा ७ सय ८६ परीक्षार्थीले आधारभूत तह परीक्षा दिदै

मनहरी–चैत ५ गते । मनहरी गाउँपालिकामा आधारभूत तह उतिर्ण उतिर्ण परीक्षा (कक्षा–८) को वार्षिक परीक्षा यहि चैत ७ गतेबाट हुने भएको छ...

नेपालका ठुला दलका नेताहरुको विकल्प ‘म’ मात्रै होः प्रसाई

साथै ठुला दलका नेताहरुकै कारण मुलुकमा अहिलेको आर्थिक संकट आइपरेको समेत आरोप लगाउनुभयो । नेताहरुले बिदेशमा लगेको पैसा नेपाल ल्याइदैन तब सम्म देशको आर्थिका संकट समेत नहट्ने दावी गनर्सभयो ।

नेपाल राहत शिक्षक समिति मनहरीको अध्यक्षमा पाठक

अध्यक्ष पाठक सहितको समितिको उपाध्यक्षमा नारायण गिरी चयन हुनुभएको छ भने महिला उपाध्यक्षमा राधिका पौडेल चयन हुनुभएको छ ।

राक्सिराङ गाउँपालिका वडा नम्बर ४ बाट एकीकृत शिविर सुचारु

शिविरलाई सम्बोधन गर्नुहुँदै गाउँपालिका अध्यक्ष मल्लले जनताको सेवाका लागि जनप्रतिनिधि घरघरमै पुग्न यो अभियान सञ्चालन गरेको बताउनुभयो ।

मनहरी–फागुन ६ गते । मनहरी गाउँपालिकाका ११ वटा विद्यालय सुधारका लागि ६० लाख रुपियाँ पाउने भएका छन् ।

चालू आर्थिक बर्ष २०७९/८०को स्वीकृत कार्यक्रम अनुसार भौतिक सुधार, खानेपानी, विद्यालय घेराबार लगायतका शीर्षकहरुमा ११ वटा विद्यालयका लागि ६० लाख रुपियाँ बितरण गर्न लागिएको हो ।

गाउँ कार्यपालिकाको गत माघ २६ गते बसेको बैठकले ११ वटा विद्यालयको छनौट गरेको गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीले बताउनुभयो ।

उहाँका अनुसार खानेपानी, भौतिक सुधार, बाल विकास केन्द्र मर्मत लगायत शीर्षकमा रकम प्राप्त गर्ने विद्यालयहरुमा युवा बर्ष गंगा आधारभूत विद्यालय मनहरी ९ ले ३ लाख, सगरमाथा आधारभूत विद्यालय मनहरी ६ ले ५ लाख, सृजना प्रावि मनहरी ४ ले ८ लाख, भोजसिद्ध मावि मनहरी ५ ले ३ लाख, महेन्द्रज्योति मावि मनहरी ३ ले १३ लाख र प्रगति राष्ट्रिय प्रावि मनहरी ६ ले ५ लाख प्राप्त गर्नेछन् ।

त्यसैगरी सहिद स्मृति बाल कल्याण प्रावि मनहरी ९ ले ५ लाख, सीता मावि मनहरी २ ले ६ लाख, जनज्योति आधारभूत विद्यालय मनहरी १ ले ४ लाख, राष्ट्रिय आधारभूत विद्यालय मनहरी ७ ले ६ लाख र महेन्द्रकिरण माध्यमिक विद्यालय मनहरी ८ ले २ लाख रुपियाँ प्राप्त गर्नेछन् ।

कार्यपालिका बैठकबाट ती विद्यालयहरुलाई बजेट बिनियोजन गरिएकामा प्रक्रिया पु¥याएर विद्यालयहरुमा कामको लगत इष्टमेट र कार्य सम्पादन मूल्यांकनका आधारमा भुक्तानी दिने गरी सम्झौता हुने गाउँपालिकाले जनाएको छ ।

लोकप्रिय

प्रदेश १ सरकारमाथि खनिए पूर्वमुख्यमन्त्री राई

काठमाडौं-पूर्वमुख्यमन्त्री तथा एमाले नेता शेरधन राईले प्रदेश १ सरकारमाथि जनहितमा काम गर्न नसकेको आरोप लगाएका छन् । सामाजिक सञ्जाल...

चेपाङ समुदायकै पहिलो गायक रबिन कुमारलाई विजय बानियाँ स्मृति लोक संगीत पुरस्कार

हेटौडाँ–पुष ६ गते । चेपाङ समुदायकै पहिलो गायक रबिन कुमार चेपाङ पुरस्कृत हुनुहुने भएको छ । विजय बानियाँ...

मनहरीमा अध्यक्षको एक्सनपछि चितवन निकासी हुने टिपरको संख्या बढ्यो

मंसीर २२ गते साँझ अध्यक्ष कालाखेतीको एक्सनबाट ३ वटा टिपरमाथि कारबाही भएको थियो । उक्त घटना लगत्तै राजश्व तिरेर मनहरीबाट नदिजन्य बस्तु ढुवानी गर्ने सवारी साधनको संख्यामा बृद्धि भएको पाइएको छ ।

Related Articles