Tuesday, March 21, 2023

रघुनाथ रुम्बा चौथोपटक पशुपति सामुदायिक वनको अध्यक्षमा चयन

ताजा / भरखरै प्राप्त

मनहरी वहुमुखी क्याम्पस स्ववियु अध्यक्षमा अनेरास्ववियूका घिसिङ निर्वाचित

मनहरी–चैत ५ गते । पश्चिम मकवानपुरको एक मात्र क्याम्पस मनहरी बहुमुखी क्याम्पसमा आइतबार भएको स्ववियु निर्वाचनमा सभातिमा नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी...

मनहरीमा ७ सय ८६ परीक्षार्थीले आधारभूत तह परीक्षा दिदै

मनहरी–चैत ५ गते । मनहरी गाउँपालिकामा आधारभूत तह उतिर्ण उतिर्ण परीक्षा (कक्षा–८) को वार्षिक परीक्षा यहि चैत ७ गतेबाट हुने भएको छ...

नेपालका ठुला दलका नेताहरुको विकल्प ‘म’ मात्रै होः प्रसाई

साथै ठुला दलका नेताहरुकै कारण मुलुकमा अहिलेको आर्थिक संकट आइपरेको समेत आरोप लगाउनुभयो । नेताहरुले बिदेशमा लगेको पैसा नेपाल ल्याइदैन तब सम्म देशको आर्थिका संकट समेत नहट्ने दावी गनर्सभयो ।

नेपाल राहत शिक्षक समिति मनहरीको अध्यक्षमा पाठक

अध्यक्ष पाठक सहितको समितिको उपाध्यक्षमा नारायण गिरी चयन हुनुभएको छ भने महिला उपाध्यक्षमा राधिका पौडेल चयन हुनुभएको छ ।

राक्सिराङ गाउँपालिका वडा नम्बर ४ बाट एकीकृत शिविर सुचारु

शिविरलाई सम्बोधन गर्नुहुँदै गाउँपालिका अध्यक्ष मल्लले जनताको सेवाका लागि जनप्रतिनिधि घरघरमै पुग्न यो अभियान सञ्चालन गरेको बताउनुभयो ।

मनहरी–फागुन ११ गते । मनहरी ७ मा रहेको पशुपति सामुदायिक वन उपभोक्ता समूहको अध्यक्षमा चौथोपटक रघुनाथ रुम्बा चयन हुनु भएको छ । स्थापना कालदेखि नै उहाँ अध्यक्षको रुपमा कार्यरत हुनुहुन्छ ।

बिहिबार भएको १७ औँ बार्षिक साधारण सभाले पुनः रुम्बालाई नै अध्यक्ष पदमा निर्विरोध चयन गरेको हो । समितिको उपाध्यक्ष चयन हुन बाँकी छ । सचिवमा ठाकुरराम तितुङ, कोषाध्यक्षमा शान्तामाया राई र सहसचिवमा आमोश प्रजा चयन हुनु भएको
छ ।
त्यसैगरी सदस्यहरुमा गीता स्याङ्तान, ठूलीमाया थिङ, कमला स्याङ्तान, सन्तमाया परियार, मैतसिंह तामाङ र रिसिमाया बल चयन हुनु भएको छ । नव गठित समितिको शुक्रबार बस्ने बैठकले उपाध्यक्षसहित लेखा समिति र सल्लाहकार समितिको चयन हुने समूहले जनाएको छ ।
आफ्नै नेतृत्वमा स्थापना भएको संस्थामा आम उपभोक्ताले नेतृत्व छोड्न नदिएको र अझै वन विकासका कामहरु परिवर्तित सन्दर्भमा थप गर्नुपर्ने आवश्यकता रहेकाले पुनः अध्यक्षमा आफू चयन भएको रुम्बाले बताउनुभयो । ‘मैले लामो समय नेतृत्व गरेँ, अब छाड्छु भनेर भेलामा भनेको हुँ’, रुम्बाले भन्नुभयो–‘साथीभाई र आम उपभोक्ताहरुले नेतृत्व छाड्न दिनु भएन ।’ साधारण सभामा आर्थिक तथा प्रतिवेदन पारित गरिएको छ ।

भेलामा डिभिजन वन कार्यालय राप्ती मनहरीका सहायक वन अधिकृत शम्भु तामाङ, मनहरी सेक्टर कार्यालयका प्रमुख राकेश चन्द्रबंशी, ७ नं वडाका कार्यबाहक वडाध्यक्ष नवराज सुवेदी, तामाङ एकता समाजका अध्यक्ष इन्द्रकुमार भोलन, रमन्टार डिपाड बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष उमेश मुक्तान, मनकामना सामुदायिक वन उपभोक्ता समूहका इन्द्रकुमारी मुक्तान, राष्ट्रिय माध्यमिक विद्यालयका प्रधानाध्यापक चन्द्रकान्त रिमाल, सामुदायिक वन उपभोक्ता महासंघ मनहरीका अध्यक्ष हेमलाल उप्रेती लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नु भएको थियो ।

लोकप्रिय

प्रदेश १ सरकारमाथि खनिए पूर्वमुख्यमन्त्री राई

काठमाडौं-पूर्वमुख्यमन्त्री तथा एमाले नेता शेरधन राईले प्रदेश १ सरकारमाथि जनहितमा काम गर्न नसकेको आरोप लगाएका छन् । सामाजिक सञ्जाल...

चेपाङ समुदायकै पहिलो गायक रबिन कुमारलाई विजय बानियाँ स्मृति लोक संगीत पुरस्कार

हेटौडाँ–पुष ६ गते । चेपाङ समुदायकै पहिलो गायक रबिन कुमार चेपाङ पुरस्कृत हुनुहुने भएको छ । विजय बानियाँ...

मनहरीमा अध्यक्षको एक्सनपछि चितवन निकासी हुने टिपरको संख्या बढ्यो

मंसीर २२ गते साँझ अध्यक्ष कालाखेतीको एक्सनबाट ३ वटा टिपरमाथि कारबाही भएको थियो । उक्त घटना लगत्तै राजश्व तिरेर मनहरीबाट नदिजन्य बस्तु ढुवानी गर्ने सवारी साधनको संख्यामा बृद्धि भएको पाइएको छ ।

Related Articles