Tuesday, March 21, 2023

स्ववियु चुनावबारे छलफल गर्न आएकाहरुले समाजवादीका नेताबारे हल्ला फिँजाएः अध्यक्ष दाहाल

ताजा / भरखरै प्राप्त

मनहरी वहुमुखी क्याम्पस स्ववियु अध्यक्षमा अनेरास्ववियूका घिसिङ निर्वाचित

मनहरी–चैत ५ गते । पश्चिम मकवानपुरको एक मात्र क्याम्पस मनहरी बहुमुखी क्याम्पसमा आइतबार भएको स्ववियु निर्वाचनमा सभातिमा नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी...

मनहरीमा ७ सय ८६ परीक्षार्थीले आधारभूत तह परीक्षा दिदै

मनहरी–चैत ५ गते । मनहरी गाउँपालिकामा आधारभूत तह उतिर्ण उतिर्ण परीक्षा (कक्षा–८) को वार्षिक परीक्षा यहि चैत ७ गतेबाट हुने भएको छ...

नेपालका ठुला दलका नेताहरुको विकल्प ‘म’ मात्रै होः प्रसाई

साथै ठुला दलका नेताहरुकै कारण मुलुकमा अहिलेको आर्थिक संकट आइपरेको समेत आरोप लगाउनुभयो । नेताहरुले बिदेशमा लगेको पैसा नेपाल ल्याइदैन तब सम्म देशको आर्थिका संकट समेत नहट्ने दावी गनर्सभयो ।

नेपाल राहत शिक्षक समिति मनहरीको अध्यक्षमा पाठक

अध्यक्ष पाठक सहितको समितिको उपाध्यक्षमा नारायण गिरी चयन हुनुभएको छ भने महिला उपाध्यक्षमा राधिका पौडेल चयन हुनुभएको छ ।

राक्सिराङ गाउँपालिका वडा नम्बर ४ बाट एकीकृत शिविर सुचारु

शिविरलाई सम्बोधन गर्नुहुँदै गाउँपालिका अध्यक्ष मल्लले जनताको सेवाका लागि जनप्रतिनिधि घरघरमै पुग्न यो अभियान सञ्चालन गरेको बताउनुभयो ।

हेटौँडा–फागुन २० गते । नेकपा एकीकृत समाजवादी मकवानपुरका अध्यक्ष बिष्णुप्रसाद दाहालले आफ्नो पार्टीका नेताहरुका बारेमा मकवानपुरमा नराम्रो हल्ला भइरहेको आरोप लगाउनु भएको छ ।

उहाँले मनहरी लाइभ डटकमसँग कुराकानी गर्दै भन्नुभयो–‘हाम्रो पार्टीका उपाध्यक्ष केदार न्यौपाने र स्थायी कमिटी सदस्य ललित बस्नेत पनि एमालेमा समाहित हुने भनेर हल्ला फिँजाइएको छ, यो नितान्त भ्रामक कुरा हुन् ।’

दुई दिनअघि एमालेका जिल्ला सचिव नविन सिग्देल र सह सचिव हिदम लामा हेटौँडा ४ स्थित स्थायी कमिटी सदस्य बस्नेतको घरमा स्ववियु निर्वाचन लगायतका बिषयमा छलफल गर्न पुग्नु भएको कुरामा सत्यता रहेको अध्यक्ष दाहालको भनाई छ ।

‘हामी गठबन्धनका ८ दलका विद्यार्थी संगठनहरु एकातिर छौं, एमाले अर्काेतिर छ’, अध्यक्ष दाहालको भनाई छ–‘८ दलका ८ संगठनलाई फुटाएर समाजवादी र एमाले मिलाउन पाए पनि ठूलै उपलब्धी हुने थियो भन्दै उहाँहरु हाम्रा नेताका घर धाउनु भएको हो ।’ तर, सामाजिक सञ्जालतिर न्यौपाने र बस्नेत पनि एमालेतिर जाँदैछन् भन्ने हल्ला चलाइएको र एमाले आत्मरतिमा रमाइरहेको टिप्पणी दाहालले गर्नुभयो ।

दाहालले मकवानपुरका ८ वटै क्याम्पसमा नेकपा एकीकृत समाजवादीको विद्यार्थी संगठन अनेरास्ववियूले समूह दर्ता गरेको र ८ दलनिकट विद्यार्थी संगठनको मर्म र भावना बमोजिम नै चुनावी प्रक्रिया अघि बढ्ने बताउनुभयो ।

‘केन्द्रमा केपी ओलीले जे जसरी माधव नेपालसँग भेटेर हौवा फिजाइरहेका छन्, जिल्लामा पनि त्यस्तै भएको मात्रै हो’, उहाँले भन्नुभयो । एमालेका नेताहरुसँगको भेटबारे नेता न्यौपाने र बस्नेतले समेत नियमित र सामान्य राजनीतिक भेटघाट भनी प्रतिक्रिया दिनु भएको छ ।

‘पार्टी प्रवेश, एकता वा समायोजन लगायतका बिषयहरु थिए भने एमालेका जिल्ला कमिटीका तेस्रो र चौथो बरियताका नेताहरुसँग कुरा गर्नुपर्ने अबस्था छैन, केन्द्रमै वा बालकोटमै पहुँच राख्ने नेताहरुमा न्यौपाने र बस्नेत पर्नुहुन्छ’, समाजवादीका एक जिल्ला कमिटी सदस्यले भन्नुभयो–‘राजनीतिक भेटघाट, बाम एकता अभ्यास लगायतका छलफलका बिषयहरुमा छलफल भएको हो ।’

लोकप्रिय

प्रदेश १ सरकारमाथि खनिए पूर्वमुख्यमन्त्री राई

काठमाडौं-पूर्वमुख्यमन्त्री तथा एमाले नेता शेरधन राईले प्रदेश १ सरकारमाथि जनहितमा काम गर्न नसकेको आरोप लगाएका छन् । सामाजिक सञ्जाल...

चेपाङ समुदायकै पहिलो गायक रबिन कुमारलाई विजय बानियाँ स्मृति लोक संगीत पुरस्कार

हेटौडाँ–पुष ६ गते । चेपाङ समुदायकै पहिलो गायक रबिन कुमार चेपाङ पुरस्कृत हुनुहुने भएको छ । विजय बानियाँ...

मनहरीमा अध्यक्षको एक्सनपछि चितवन निकासी हुने टिपरको संख्या बढ्यो

मंसीर २२ गते साँझ अध्यक्ष कालाखेतीको एक्सनबाट ३ वटा टिपरमाथि कारबाही भएको थियो । उक्त घटना लगत्तै राजश्व तिरेर मनहरीबाट नदिजन्य बस्तु ढुवानी गर्ने सवारी साधनको संख्यामा बृद्धि भएको पाइएको छ ।

Related Articles