Tuesday, March 21, 2023

मनहरीमा बाल अधिकार समिति बैठकः बालगृहको तथ्याङ्क संकलन हुने

ताजा / भरखरै प्राप्त

मनहरी वहुमुखी क्याम्पस स्ववियु अध्यक्षमा अनेरास्ववियूका घिसिङ निर्वाचित

मनहरी–चैत ५ गते । पश्चिम मकवानपुरको एक मात्र क्याम्पस मनहरी बहुमुखी क्याम्पसमा आइतबार भएको स्ववियु निर्वाचनमा सभातिमा नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी...

मनहरीमा ७ सय ८६ परीक्षार्थीले आधारभूत तह परीक्षा दिदै

मनहरी–चैत ५ गते । मनहरी गाउँपालिकामा आधारभूत तह उतिर्ण उतिर्ण परीक्षा (कक्षा–८) को वार्षिक परीक्षा यहि चैत ७ गतेबाट हुने भएको छ...

नेपालका ठुला दलका नेताहरुको विकल्प ‘म’ मात्रै होः प्रसाई

साथै ठुला दलका नेताहरुकै कारण मुलुकमा अहिलेको आर्थिक संकट आइपरेको समेत आरोप लगाउनुभयो । नेताहरुले बिदेशमा लगेको पैसा नेपाल ल्याइदैन तब सम्म देशको आर्थिका संकट समेत नहट्ने दावी गनर्सभयो ।

नेपाल राहत शिक्षक समिति मनहरीको अध्यक्षमा पाठक

अध्यक्ष पाठक सहितको समितिको उपाध्यक्षमा नारायण गिरी चयन हुनुभएको छ भने महिला उपाध्यक्षमा राधिका पौडेल चयन हुनुभएको छ ।

राक्सिराङ गाउँपालिका वडा नम्बर ४ बाट एकीकृत शिविर सुचारु

शिविरलाई सम्बोधन गर्नुहुँदै गाउँपालिका अध्यक्ष मल्लले जनताको सेवाका लागि जनप्रतिनिधि घरघरमै पुग्न यो अभियान सञ्चालन गरेको बताउनुभयो ।

मनहरी–फागुन २१ गते । असहाय तथा अनाथ बालबालिकालाई संरक्षणको नाउँमा विभिन्न व्यक्ति वा संस्थाहरुले घरेलु रुपमा सञ्चालन गर्दै आइरहेको बालगृह वा छात्राबासहरुका बारेमा मनहरी गाउँपालिकाले चासो ब्यक्त गरेको छ ।

गाउँपालिकास्तरीय बाल अधिकार समितिको बैठकले ९ वटै वडामा सञ्चालित त्यस्ता बाल गृह वा छात्रबासहरुको बैधानिकताबारे तथ्याङ्क संकलन गर्न लागेको हो ।

समितिका संयोजक समेत रहनु भएकी मनहरी गाउँपालिका उपाध्यक्ष सीता पुलामी मगर (रेखा) ले त्यसरी सञ्चालनमा रहेका बालगृह वा छात्रबासहरुले अनुमति लिएका छन् कि छैनन् ? बालमैत्री वातावरण छ कि छैन ? नियमानुसार सञ्चालन भएको छ कि छैन ? भनेर पालिकाको तर्फबाट अनुगमन हुने बताउनुभयो ।

त्यस्ता बालगृहहरु के कति मात्रामा सञ्चालित छन् भनेर हरेक वडा कार्यालयमार्फत बिवरण संकलन गर्ने र सोको अनुगमन गरी बैधानिक ढंगले सञ्चालनका लागि पहल गर्ने उहाँले बताउनुभयो ।
‘हामीले बालबालिका क्षेत्रको कामलाई अब अझ धेरै प्राथमिकता दिएर गर्नुपर्नेछ’, उपाध्यक्ष मगरले भन्नुभयो–‘बालमैत्री गाउँपालिका भएकाले यसअघि भएका र गरिएका कामहरुलाई पुरानै रफ्तारमा लैजानुपर्नेछ ।’

उपाध्यक्ष मगरले अब छिट्टै बालमैत्री सहजकर्ताहरुको नियुक्ति हुने र त्यसपछि अझ कामले रफ्तार लिने समेत बताउनुभयो ।

बैठकमा सिविन बाल हेल्पलाइनका कार्यक्रम संयोजक झविन्द्र ज्ञवालीले मनहरी गाउँपालिकामा यसअघि बनेका बाल संरक्षण नीति, बालश्रम निबारण सम्बन्धी कार्ययोजना, बाल संरक्षण, अनुगमन, उद्धार, आपतकालीन सहयोग तथा पुनस्र्थापना कार्यविधि लगायतका बारेमा स्पष्ट पार्नु भएको थियो ।

बैठकमा बाल अधिकार समितिमा प्रतिनिधित्व गर्ने नागरिक समाज, प्रहरी, पत्रकार, गैरसरकारी संस्थाहरुको उपस्थिति रहेको थियो ।

लोकप्रिय

प्रदेश १ सरकारमाथि खनिए पूर्वमुख्यमन्त्री राई

काठमाडौं-पूर्वमुख्यमन्त्री तथा एमाले नेता शेरधन राईले प्रदेश १ सरकारमाथि जनहितमा काम गर्न नसकेको आरोप लगाएका छन् । सामाजिक सञ्जाल...

चेपाङ समुदायकै पहिलो गायक रबिन कुमारलाई विजय बानियाँ स्मृति लोक संगीत पुरस्कार

हेटौडाँ–पुष ६ गते । चेपाङ समुदायकै पहिलो गायक रबिन कुमार चेपाङ पुरस्कृत हुनुहुने भएको छ । विजय बानियाँ...

मनहरीमा अध्यक्षको एक्सनपछि चितवन निकासी हुने टिपरको संख्या बढ्यो

मंसीर २२ गते साँझ अध्यक्ष कालाखेतीको एक्सनबाट ३ वटा टिपरमाथि कारबाही भएको थियो । उक्त घटना लगत्तै राजश्व तिरेर मनहरीबाट नदिजन्य बस्तु ढुवानी गर्ने सवारी साधनको संख्यामा बृद्धि भएको पाइएको छ ।

Related Articles