Wednesday, March 22, 2023

सामुदायिक वनमा डढेलो लगाउनेलाई ९० हजार जरिबाना

ताजा / भरखरै प्राप्त

मनहरी वहुमुखी क्याम्पस स्ववियु अध्यक्षमा अनेरास्ववियूका घिसिङ निर्वाचित

मनहरी–चैत ५ गते । पश्चिम मकवानपुरको एक मात्र क्याम्पस मनहरी बहुमुखी क्याम्पसमा आइतबार भएको स्ववियु निर्वाचनमा सभातिमा नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी...

मनहरीमा ७ सय ८६ परीक्षार्थीले आधारभूत तह परीक्षा दिदै

मनहरी–चैत ५ गते । मनहरी गाउँपालिकामा आधारभूत तह उतिर्ण उतिर्ण परीक्षा (कक्षा–८) को वार्षिक परीक्षा यहि चैत ७ गतेबाट हुने भएको छ...

नेपालका ठुला दलका नेताहरुको विकल्प ‘म’ मात्रै होः प्रसाई

साथै ठुला दलका नेताहरुकै कारण मुलुकमा अहिलेको आर्थिक संकट आइपरेको समेत आरोप लगाउनुभयो । नेताहरुले बिदेशमा लगेको पैसा नेपाल ल्याइदैन तब सम्म देशको आर्थिका संकट समेत नहट्ने दावी गनर्सभयो ।

नेपाल राहत शिक्षक समिति मनहरीको अध्यक्षमा पाठक

अध्यक्ष पाठक सहितको समितिको उपाध्यक्षमा नारायण गिरी चयन हुनुभएको छ भने महिला उपाध्यक्षमा राधिका पौडेल चयन हुनुभएको छ ।

राक्सिराङ गाउँपालिका वडा नम्बर ४ बाट एकीकृत शिविर सुचारु

शिविरलाई सम्बोधन गर्नुहुँदै गाउँपालिका अध्यक्ष मल्लले जनताको सेवाका लागि जनप्रतिनिधि घरघरमै पुग्न यो अभियान सञ्चालन गरेको बताउनुभयो ।

हेटौँडा–फागुन २४ गते । सामुदायिक वन उपभोक्ता समूहको वन पैदावारको क्षति हुनेगरी डढेलो लगाएर भागेका तीन जनालाई नियन्त्रणमा लिई जरिबाना तिराइएको छ ।

हेटौँडा १९ नेवारपानीस्थित कालिका हरियाली सामुदायिक वन उपभोक्ता समूहको क्षेत्रमा डढेलो लगाउने तीन जनालाई नियन्त्रणमा लिई जरिबाना तिराइएको वन समूहले जनाएको छ ।

वन समूहका अध्यक्ष गान्धी लामाका अनुसार मनहरी गाउँपालिका वडा नं ४ बाट आएका युवाहरु गौरव गौतम, हस्तबहादुर अर्याल र रोनिश कार्कीले वन क्षेत्रमा डढेलो लगाएरका भागेको पाइएपछि डिभिजन वन कार्यालय राप्ती मनहरी र इलाका प्रहरी कार्यालय नेवारपानीको समन्वयमा उनीहरुलाई वन समूहको कार्यालयमा झिकाई ९० हजार जरिबाना तिराइएको हो ।

वनमा पुगेको क्षतिको मूल्यांकन गरी जरिबाना तिराएर मनहरी गाउँपालिका ४ नं वडाध्यक्ष प्रकाश थापाको जमानीमा उनीहरुलाई छाडिएको वन समूहले जनाएको छ ।

ती युवाहरुले मंगलबार नेवारपानीस्थित बृक्षरोपण भएको क्षेत्रमा डढेलो लगाएर भागेको र स्थानीय उपभोक्ताहरुले उनीहरुको हुलिया पहिचान गरेकाले झिकाउन सजिलो भएको हो । उनीहरुले लगाएको डढेलो बढ्दै जाँदा हेटौँडा उपमहानगरपालिकाको दमकल प्रयोग गरी नियन्त्रणमा लिनुपरेको थियो ।

वनमा आगजनी गर्ने र डढेलो लगाउनेहरुलाई यसपटक सख्त कारबाही गर्ने र डढेलो नियन्त्रणमा जनसहभागिताको विकास गर्ने नीति डिभिजन वन कार्यालय राप्ती मनहरीले अख्तियार गरेको जनाएको छ ।

लोकप्रिय

प्रदेश १ सरकारमाथि खनिए पूर्वमुख्यमन्त्री राई

काठमाडौं-पूर्वमुख्यमन्त्री तथा एमाले नेता शेरधन राईले प्रदेश १ सरकारमाथि जनहितमा काम गर्न नसकेको आरोप लगाएका छन् । सामाजिक सञ्जाल...

चेपाङ समुदायकै पहिलो गायक रबिन कुमारलाई विजय बानियाँ स्मृति लोक संगीत पुरस्कार

हेटौडाँ–पुष ६ गते । चेपाङ समुदायकै पहिलो गायक रबिन कुमार चेपाङ पुरस्कृत हुनुहुने भएको छ । विजय बानियाँ...

मनहरीमा अध्यक्षको एक्सनपछि चितवन निकासी हुने टिपरको संख्या बढ्यो

मंसीर २२ गते साँझ अध्यक्ष कालाखेतीको एक्सनबाट ३ वटा टिपरमाथि कारबाही भएको थियो । उक्त घटना लगत्तै राजश्व तिरेर मनहरीबाट नदिजन्य बस्तु ढुवानी गर्ने सवारी साधनको संख्यामा बृद्धि भएको पाइएको छ ।

Related Articles