Tuesday, March 21, 2023

भोलि आमाघर आश्रम आउनुस्, भान्सालाई औषधालय बनाउन सिक्नुस्

ताजा / भरखरै प्राप्त

मनहरी वहुमुखी क्याम्पस स्ववियु अध्यक्षमा अनेरास्ववियूका घिसिङ निर्वाचित

मनहरी–चैत ५ गते । पश्चिम मकवानपुरको एक मात्र क्याम्पस मनहरी बहुमुखी क्याम्पसमा आइतबार भएको स्ववियु निर्वाचनमा सभातिमा नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी...

मनहरीमा ७ सय ८६ परीक्षार्थीले आधारभूत तह परीक्षा दिदै

मनहरी–चैत ५ गते । मनहरी गाउँपालिकामा आधारभूत तह उतिर्ण उतिर्ण परीक्षा (कक्षा–८) को वार्षिक परीक्षा यहि चैत ७ गतेबाट हुने भएको छ...

नेपालका ठुला दलका नेताहरुको विकल्प ‘म’ मात्रै होः प्रसाई

साथै ठुला दलका नेताहरुकै कारण मुलुकमा अहिलेको आर्थिक संकट आइपरेको समेत आरोप लगाउनुभयो । नेताहरुले बिदेशमा लगेको पैसा नेपाल ल्याइदैन तब सम्म देशको आर्थिका संकट समेत नहट्ने दावी गनर्सभयो ।

नेपाल राहत शिक्षक समिति मनहरीको अध्यक्षमा पाठक

अध्यक्ष पाठक सहितको समितिको उपाध्यक्षमा नारायण गिरी चयन हुनुभएको छ भने महिला उपाध्यक्षमा राधिका पौडेल चयन हुनुभएको छ ।

राक्सिराङ गाउँपालिका वडा नम्बर ४ बाट एकीकृत शिविर सुचारु

शिविरलाई सम्बोधन गर्नुहुँदै गाउँपालिका अध्यक्ष मल्लले जनताको सेवाका लागि जनप्रतिनिधि घरघरमै पुग्न यो अभियान सञ्चालन गरेको बताउनुभयो ।

मनहरी–फागुन २४ गते । अधिकाँश रोगब्याधीका कारण मानिसले दैनिक सेवन गर्ने खानेकुराबाट हुने गर्दछ ।

जब खानपानमा ध्यान पुग्दैन, तब शरीरमा विभिन्न किसिमका संक्रमणहरु सुरु हुने गर्दछन् र शरीरमा रोग बढ्दै जान्छ ।

नेपालका परम्परागत खानेकुरा, खानेकुरा पकाउने भाँडाकुडाहरु के कति वैज्ञानिक थिए भन्ने कुरा नबुझीकन नेपालीहरुले भान्साको स्वरुप, पाक्ने चीजबस्तुहरु, भाँडाकुँडाहरु र खाना खाँदाको आसनलाई समेत आधुनिकीकरणको नाउँमा फेरिररहेका छन् ।

जसका कारण भान्साघरबाटै रोगको उत्पादन भइरहेको विद्यमान अबस्था छ ।

यसै कुरालाई मध्यनजर गरी मनहरी गाउँपालिका ८ स्थित आमाघर सेवा आश्रममा भान्सा सुधार सम्बन्धी कार्यशाला भोलि फागुन २५ गते बिहीवार हुँदैछ । भान्छा सुधार अभियान नेपालसँगको सहकार्यमा अनुभवी चिकित्सकहरुको समेत सहभागितामा कार्यशाला हुन लागेको हो ।

कार्यशालामा कुन भाँडामा कस्तो खानेकुरा पकाउन मिल्ने ? कुन कुन खानेकुरा कसरी पकाउने ? कसरी पकाउँदा स्वस्थ हुने र कसरी पकाउँदा रोग निम्तिने ? जस्ता बिषयहरुबारे विज्ञहरुले स्पष्ट पार्ने कार्यक्रम रहेको आश्रमका अध्यक्ष रामचन्द्र उप्रेतीले बताउनुभयो ।

‘हामीले यो कार्यक्रम निःशुल्क आयोजना गरेका हौँ, बिहान ११ बजे भान्सामा खटिनुहुने जोकोही गृहिणीहरु कार्यक्रममा सहभागी हुन पाउनेछन्’, अध्यक्ष उप्रेतीको भनाई छ–‘मनहरी र आसपासका क्षेत्रका भान्सामा ब्यस्त हुने महिला दिदीवहिनीहरुलाई हामी भान्सा ब्यवस्थापनका बारेमा जानकार बनाउँछौँ ।’

सम्पूर्ण आमा, दिदी बहिनीहरुलाई भान्साबाट उत्पन्न रोगबारे अग्रिम जानकारी गराई ती रोगको निदानका लागि भान्साघरलाई औषधालयकै रुपमा उपयोग गर्न सक्ने सीप विकास गराउनका लागि कार्यक्रम आयोजना गरिएको आमाघर आश्रमका संरक्षण बिजयराज सिग्देलले बताउनुभयो ।

लोकप्रिय

प्रदेश १ सरकारमाथि खनिए पूर्वमुख्यमन्त्री राई

काठमाडौं-पूर्वमुख्यमन्त्री तथा एमाले नेता शेरधन राईले प्रदेश १ सरकारमाथि जनहितमा काम गर्न नसकेको आरोप लगाएका छन् । सामाजिक सञ्जाल...

चेपाङ समुदायकै पहिलो गायक रबिन कुमारलाई विजय बानियाँ स्मृति लोक संगीत पुरस्कार

हेटौडाँ–पुष ६ गते । चेपाङ समुदायकै पहिलो गायक रबिन कुमार चेपाङ पुरस्कृत हुनुहुने भएको छ । विजय बानियाँ...

मनहरीमा अध्यक्षको एक्सनपछि चितवन निकासी हुने टिपरको संख्या बढ्यो

मंसीर २२ गते साँझ अध्यक्ष कालाखेतीको एक्सनबाट ३ वटा टिपरमाथि कारबाही भएको थियो । उक्त घटना लगत्तै राजश्व तिरेर मनहरीबाट नदिजन्य बस्तु ढुवानी गर्ने सवारी साधनको संख्यामा बृद्धि भएको पाइएको छ ।

Related Articles