Tuesday, March 21, 2023

मनहरी क्याम्पसमा समाजवादी र काँग्रेसनिकट विद्यार्थी संगठनको प्यानल भिड्दै

ताजा / भरखरै प्राप्त

मनहरी वहुमुखी क्याम्पस स्ववियु अध्यक्षमा अनेरास्ववियूका घिसिङ निर्वाचित

मनहरी–चैत ५ गते । पश्चिम मकवानपुरको एक मात्र क्याम्पस मनहरी बहुमुखी क्याम्पसमा आइतबार भएको स्ववियु निर्वाचनमा सभातिमा नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी...

मनहरीमा ७ सय ८६ परीक्षार्थीले आधारभूत तह परीक्षा दिदै

मनहरी–चैत ५ गते । मनहरी गाउँपालिकामा आधारभूत तह उतिर्ण उतिर्ण परीक्षा (कक्षा–८) को वार्षिक परीक्षा यहि चैत ७ गतेबाट हुने भएको छ...

नेपालका ठुला दलका नेताहरुको विकल्प ‘म’ मात्रै होः प्रसाई

साथै ठुला दलका नेताहरुकै कारण मुलुकमा अहिलेको आर्थिक संकट आइपरेको समेत आरोप लगाउनुभयो । नेताहरुले बिदेशमा लगेको पैसा नेपाल ल्याइदैन तब सम्म देशको आर्थिका संकट समेत नहट्ने दावी गनर्सभयो ।

नेपाल राहत शिक्षक समिति मनहरीको अध्यक्षमा पाठक

अध्यक्ष पाठक सहितको समितिको उपाध्यक्षमा नारायण गिरी चयन हुनुभएको छ भने महिला उपाध्यक्षमा राधिका पौडेल चयन हुनुभएको छ ।

राक्सिराङ गाउँपालिका वडा नम्बर ४ बाट एकीकृत शिविर सुचारु

शिविरलाई सम्बोधन गर्नुहुँदै गाउँपालिका अध्यक्ष मल्लले जनताको सेवाका लागि जनप्रतिनिधि घरघरमै पुग्न यो अभियान सञ्चालन गरेको बताउनुभयो ।

मनहरी–फागुन २७ गते । पश्चिम मकवानपुरको एकमात्र मनहरी बहुमुखी क्याम्पसमा अस्तित्वमा रहेको स्वतन्त्र विद्यार्थी युनियनको नेतृत्वका निम्ति नेकपा एकीकृत समाजवादी नेतृत्वको अनेरास्ववियू र नेपाली काँग्रेस नेतृत्वको नेपाल विद्यार्थी संघबीच प्रतिस्पर्धा हुने भएको छ ।

उम्मेदवारहरुको सूचि । स्रोतः जयराम अर्याल, निर्वाचन संयोजक मनहरी बहुमुखी क्याम्पस ।

आज शनिबार भएको उम्मेदवारी मनोनयनका क्रममा दुई वटा संगठनले मात्रै निर्वाचनमा प्यानलसहित उम्मेदवारी दर्ता गराएको क्याम्पस सञ्चालक समितिका सदस्य एबम् निर्वाचन समितिका संयोजक जयराम अर्यालले बताउनुभयो ।

उहाँका अनुसार समाजवादीनिकट अनेरास्ववियूका कुमार घिसिङको नेतृत्वमा ६ जना प्रत्यक्ष र ५ जना समानुपातिकतर्फ उम्मेदवार बन्नु भएको छ ।

घिसिङको प्यानलमा सचिव रेजिना ढकाल, कोषाध्यक्ष प्रविण रुम्बा, सदस्यहरु अनुजा गुरुङ, सीता सापकोटा र प्रशान्त सुवेदी रहनु भएको छ । त्यसैगरी समानुपातिक मत बमोजिम चयन हुने सदस्यहरुमा अभिसेक सुवेदी, जनिता सुवेदी, राम रिजाल, सरोजनी गौतम र बिशाल गिरी रहनु भएको छ ।

स्रोतका अनुसार नेतृत्वमा समाजवादीनिकट अनेरास्ववियू रहे पनि नेकपा एमाले निकट अनेरास्ववियुको समेत मिलेमतोमा प्यानल निर्माण गरी घिसिङ नेतृत्वको टोली चुनावमा होमिएको हो । त्यसैगरी काँग्रेस निकट नेपाल विद्यार्थी संघमा किशोर लम्सालको नृत्वमा ६ जना प्रत्यक्ष र ५ जना समानुपातिक उम्मेदवार निर्वाचनमा होमिने भएका छन् ।

सचिवमा गेमराज थिङ, कोषाध्यक्षमा अरुणा सापकोटना र सदस्यहरुमा शान्तिमाया थिङ, अनुशा घिमिरे र माधवप्रसाद अधिकारी प्रत्यक्ष निर्वाचनमा होमिनु भएको छ । समानुपातिकतर्फ साहि परियार, लिलामाया भुजेल, निर्मला मोक्तान, सरोज सुनार र निशा अधिकारी सदस्यका उम्मेदवार बन्नु भएको छ ।

स्रोतका अनुसार केन्द्रीय गठबन्धन बमोजिम काँग्रेस र माओवादी केन्द्रनिकट विद्यार्थी संगठनको संयुक्त प्यानल बनेको हो । संघीय सरकारमा ८ दलीय गठबन्धन भनिएपनि मनहरी बहुमुखी क्याम्पसमा भने समाजवादी पार्टी निकट विद्यार्थी संगठन गठबन्धनभन्दा बाहिर गएको हो ।

नेतृत्व पाउने भएपछि समाजवादी र एमालेनिकट विद्यार्थी संगठन मिलेर अघि बढेको बताइन्छ । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन आगामी चैत ५ गते देशभर हुँदैछ ।

लोकप्रिय

प्रदेश १ सरकारमाथि खनिए पूर्वमुख्यमन्त्री राई

काठमाडौं-पूर्वमुख्यमन्त्री तथा एमाले नेता शेरधन राईले प्रदेश १ सरकारमाथि जनहितमा काम गर्न नसकेको आरोप लगाएका छन् । सामाजिक सञ्जाल...

चेपाङ समुदायकै पहिलो गायक रबिन कुमारलाई विजय बानियाँ स्मृति लोक संगीत पुरस्कार

हेटौडाँ–पुष ६ गते । चेपाङ समुदायकै पहिलो गायक रबिन कुमार चेपाङ पुरस्कृत हुनुहुने भएको छ । विजय बानियाँ...

मनहरीमा अध्यक्षको एक्सनपछि चितवन निकासी हुने टिपरको संख्या बढ्यो

मंसीर २२ गते साँझ अध्यक्ष कालाखेतीको एक्सनबाट ३ वटा टिपरमाथि कारबाही भएको थियो । उक्त घटना लगत्तै राजश्व तिरेर मनहरीबाट नदिजन्य बस्तु ढुवानी गर्ने सवारी साधनको संख्यामा बृद्धि भएको पाइएको छ ।

Related Articles

मनहरी वहुमुखी क्याम्पस स्ववियु अध्यक्षमा अनेरास्ववियूका घिसिङ निर्वाचित

मनहरी–चैत ५ गते । पश्चिम मकवानपुरको एक मात्र क्याम्पस मनहरी बहुमुखी क्याम्पसमा आइतबार भएको स्ववियु निर्वाचनमा सभातिमा नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी...

मनहरीमा ७ सय ८६ परीक्षार्थीले आधारभूत तह परीक्षा दिदै

मनहरी–चैत ५ गते । मनहरी गाउँपालिकामा आधारभूत तह उतिर्ण उतिर्ण परीक्षा (कक्षा–८) को वार्षिक परीक्षा यहि चैत ७ गतेबाट हुने भएको छ...

नेपालका ठुला दलका नेताहरुको विकल्प ‘म’ मात्रै होः प्रसाई

साथै ठुला दलका नेताहरुकै कारण मुलुकमा अहिलेको आर्थिक संकट आइपरेको समेत आरोप लगाउनुभयो । नेताहरुले बिदेशमा लगेको पैसा नेपाल ल्याइदैन तब सम्म देशको आर्थिका संकट समेत नहट्ने दावी गनर्सभयो ।