Wednesday, March 22, 2023

मनकामना सामुदायिक वनमा डढेलोः तीनदिनदेखि खटिँदा पनि आगो नियन्त्रणबाहिरै

ताजा / भरखरै प्राप्त

मनहरी वहुमुखी क्याम्पस स्ववियु अध्यक्षमा अनेरास्ववियूका घिसिङ निर्वाचित

मनहरी–चैत ५ गते । पश्चिम मकवानपुरको एक मात्र क्याम्पस मनहरी बहुमुखी क्याम्पसमा आइतबार भएको स्ववियु निर्वाचनमा सभातिमा नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी...

मनहरीमा ७ सय ८६ परीक्षार्थीले आधारभूत तह परीक्षा दिदै

मनहरी–चैत ५ गते । मनहरी गाउँपालिकामा आधारभूत तह उतिर्ण उतिर्ण परीक्षा (कक्षा–८) को वार्षिक परीक्षा यहि चैत ७ गतेबाट हुने भएको छ...

नेपालका ठुला दलका नेताहरुको विकल्प ‘म’ मात्रै होः प्रसाई

साथै ठुला दलका नेताहरुकै कारण मुलुकमा अहिलेको आर्थिक संकट आइपरेको समेत आरोप लगाउनुभयो । नेताहरुले बिदेशमा लगेको पैसा नेपाल ल्याइदैन तब सम्म देशको आर्थिका संकट समेत नहट्ने दावी गनर्सभयो ।

नेपाल राहत शिक्षक समिति मनहरीको अध्यक्षमा पाठक

अध्यक्ष पाठक सहितको समितिको उपाध्यक्षमा नारायण गिरी चयन हुनुभएको छ भने महिला उपाध्यक्षमा राधिका पौडेल चयन हुनुभएको छ ।

राक्सिराङ गाउँपालिका वडा नम्बर ४ बाट एकीकृत शिविर सुचारु

शिविरलाई सम्बोधन गर्नुहुँदै गाउँपालिका अध्यक्ष मल्लले जनताको सेवाका लागि जनप्रतिनिधि घरघरमै पुग्न यो अभियान सञ्चालन गरेको बताउनुभयो ।

मनहरी–फागुन २७ गते । मनहरी ७ स्थित मनकामना सामुदायिक वन उपभोक्ता समूहको क्षेत्रमा केही दिनयता निरन्तर डढेलो लागिरहेको छ ।

छिमेकमै रहेको नमूना सामुदायिक वन उपभोक्ता समूह र दक्षिणकाली सामुदायिक वन उपभोक्ता समूहबाट फैलँदै आएको डढेलो नियन्त्रणका लागि मनकामना सामुदायिकल वन उपभोक्ता समूहले अधिकतम प्रयत्न गरिरहेको छ ।

तर, आगजनी नियन्त्रणमा आउन नसकेको समूहका अध्यक्ष सुरेश मुक्तानले बताउनुभयो ।

‘हामी अस्तिदेखि नियमित रुपमै जंगलमै खटिरहेका छौँ’, अध्यक्ष मुक्तानले भन्नुभयो–‘सम्भव भएसम्मका क्षेत्रहरुमा फायरलाइन निर्माण गर्ने र आगोको मुस्लोहरुलाई उपलब्ध स्रोत साधन प्रयोग गरी निभाउने प्रयत्न गरिरहेकै छौँ ।’

फागुन २५ गते ११ जना, फागुन २६ गते १७ जना र फागुन २७ गते शनिबार १९ जनाले निरन्तर जंगलमा लागेको आगो निभाउने प्रयास गरेको उहाँले बताउनुभयो । शनिबार सव डिभिजन कार्यालय मनहरीबाट खटिएको ४ जना अग्नि नियन्त्रकहरुले पनि सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारीहरुलाई सघाउ पु¥याएको थियो ।

‘आगको सृंखला निकै लामो छ’, अध्यक्ष मुक्तानले भन्नुभयो–‘एकातिर निभायो, अर्काेतिर बढ्दै जान्छ, हामी बेहाल भैसक्यौँ ।’

उहाँले आगो नियन्त्रणमा उत्रिनका लागि आम उपभोक्तालाई समेत आग्रह गर्नु भएको छ ।

लोकप्रिय

प्रदेश १ सरकारमाथि खनिए पूर्वमुख्यमन्त्री राई

काठमाडौं-पूर्वमुख्यमन्त्री तथा एमाले नेता शेरधन राईले प्रदेश १ सरकारमाथि जनहितमा काम गर्न नसकेको आरोप लगाएका छन् । सामाजिक सञ्जाल...

चेपाङ समुदायकै पहिलो गायक रबिन कुमारलाई विजय बानियाँ स्मृति लोक संगीत पुरस्कार

हेटौडाँ–पुष ६ गते । चेपाङ समुदायकै पहिलो गायक रबिन कुमार चेपाङ पुरस्कृत हुनुहुने भएको छ । विजय बानियाँ...

मनहरीमा अध्यक्षको एक्सनपछि चितवन निकासी हुने टिपरको संख्या बढ्यो

मंसीर २२ गते साँझ अध्यक्ष कालाखेतीको एक्सनबाट ३ वटा टिपरमाथि कारबाही भएको थियो । उक्त घटना लगत्तै राजश्व तिरेर मनहरीबाट नदिजन्य बस्तु ढुवानी गर्ने सवारी साधनको संख्यामा बृद्धि भएको पाइएको छ ।

Related Articles