Tuesday, March 21, 2023

राक्सिराङ गाउँपालिका वडा नम्बर ४ बाट एकीकृत शिविर सुचारु

ताजा / भरखरै प्राप्त

मनहरी वहुमुखी क्याम्पस स्ववियु अध्यक्षमा अनेरास्ववियूका घिसिङ निर्वाचित

मनहरी–चैत ५ गते । पश्चिम मकवानपुरको एक मात्र क्याम्पस मनहरी बहुमुखी क्याम्पसमा आइतबार भएको स्ववियु निर्वाचनमा सभातिमा नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी...

मनहरीमा ७ सय ८६ परीक्षार्थीले आधारभूत तह परीक्षा दिदै

मनहरी–चैत ५ गते । मनहरी गाउँपालिकामा आधारभूत तह उतिर्ण उतिर्ण परीक्षा (कक्षा–८) को वार्षिक परीक्षा यहि चैत ७ गतेबाट हुने भएको छ...

नेपालका ठुला दलका नेताहरुको विकल्प ‘म’ मात्रै होः प्रसाई

साथै ठुला दलका नेताहरुकै कारण मुलुकमा अहिलेको आर्थिक संकट आइपरेको समेत आरोप लगाउनुभयो । नेताहरुले बिदेशमा लगेको पैसा नेपाल ल्याइदैन तब सम्म देशको आर्थिका संकट समेत नहट्ने दावी गनर्सभयो ।

नेपाल राहत शिक्षक समिति मनहरीको अध्यक्षमा पाठक

अध्यक्ष पाठक सहितको समितिको उपाध्यक्षमा नारायण गिरी चयन हुनुभएको छ भने महिला उपाध्यक्षमा राधिका पौडेल चयन हुनुभएको छ ।

राक्सिराङ गाउँपालिका वडा नम्बर ४ बाट एकीकृत शिविर सुचारु

शिविरलाई सम्बोधन गर्नुहुँदै गाउँपालिका अध्यक्ष मल्लले जनताको सेवाका लागि जनप्रतिनिधि घरघरमै पुग्न यो अभियान सञ्चालन गरेको बताउनुभयो ।

रािक्सराङ–फागुन २९ गते । राक्सिराङ गाउँपालिकाले सोमबारबाट एकीकृत सेवा शिविर सुचारु गरेको छ ।

गाउँपालिकाको पहुँचमा नपुगेका र नरहेका र सँधै पीडित भइरहेकाहरुको आँगनसम्मै पुग्ने गरी गरेको योजना तर्जुमा अनुसार अगाउँपालिकाले वडा नम्बर ४ बाट सो सेवा सुरु गरेको हो ।

शिविरलाई सम्बोधन गर्नुहुँदै गाउँपालिका अध्यक्ष मल्लले जनताको सेवाका लागि जनप्रतिनिधि घरघरमै पुग्न यो अभियान सञ्चालन गरेको बताउनुभयो । त्यस्तै गाउँपालिका उपाध्यक्ष बनस्तम थिङले जनतासंग जनप्रतिनिधिको प्रत्यक्ष आभाष दिलाउन यो अभियान सञ्चालन गरेको बताउदैँ घर टोलमा आएको अवसर सदुपयोग गर्न आग्रह समेत गर्नुभयो ।

उत्पीडितहरुको घर आँगनमै पुगी सेवा दिनेगरी ‘सेवा पाउने सबैको अधिकार, घरघरमा स्थानीय सरकार’ भन्ने नारासहित यो अभियान सञ्चालन गरिएको ४ नम्बर वडा अध्यक्ष सञ्जय कोराईरालाले बताउनुभयो । एकीकृत शिविर अभियानले खरको छानामुक्त बनाउने योजना अनुसार तत्काललाई ५ घर परिवारलाई जस्तापाता वितरण गरेको छ ।

विशेषज्ञ डाक्टरबाट घरमै पुगी स्वास्थ्य सेवा प्रबाह, अपाङ्गता परिचय पत्र तथा सहायक सामग्रीहरु बितरण, बीउबिजन बितरण, पशु स्वास्थ्य जाँच र औषधी बितरण, व्यवसाय दर्ता र नवीकरण लगायतका क्रियाकलापहरु भएको अध्यक्ष कोइरालाले बताउनुभयो ।

त्यसैगरी गरिव परिचय पत्र बितरण, ज्येष्ठ नागरिक सम्मान तथा अपाङ्गता परिचय पत्र बितरण गरिएको छ । वडा नं ४ को कार्यालयमा भएको सेवा शिविरमा गाउँपालिकाका अध्यक्ष मल्ल, उपाध्यक्ष थिङ, ४ नम्बर वडा अध्यक्ष कोइराला, प्रमुख प्रशासकीय अधिकृत देबचन्द्र गड्तौला लगायत अन्य शाखाका शाखा प्रमुखहरुकोको उपस्थिति रहेको थियो ।

त्यस्तै अभियानको अर्काे शृङ्खला चैत ६ गते वडा नं ९ को कार्यालय, चैत १४ गते वडा नं ६, ७ र ८ लाई लक्षित गरी जुरेथुमस्थित आधारभूत विद्यालय र चैत २२ गते वडा नं १ र २ लाई लक्षित गरी कालिका माध्यमिक विद्यालय दुंगुमा एकीकृत शिविर सञ्चालनको मिति तोकिएको छ ।

लोकप्रिय

प्रदेश १ सरकारमाथि खनिए पूर्वमुख्यमन्त्री राई

काठमाडौं-पूर्वमुख्यमन्त्री तथा एमाले नेता शेरधन राईले प्रदेश १ सरकारमाथि जनहितमा काम गर्न नसकेको आरोप लगाएका छन् । सामाजिक सञ्जाल...

चेपाङ समुदायकै पहिलो गायक रबिन कुमारलाई विजय बानियाँ स्मृति लोक संगीत पुरस्कार

हेटौडाँ–पुष ६ गते । चेपाङ समुदायकै पहिलो गायक रबिन कुमार चेपाङ पुरस्कृत हुनुहुने भएको छ । विजय बानियाँ...

मनहरीमा अध्यक्षको एक्सनपछि चितवन निकासी हुने टिपरको संख्या बढ्यो

मंसीर २२ गते साँझ अध्यक्ष कालाखेतीको एक्सनबाट ३ वटा टिपरमाथि कारबाही भएको थियो । उक्त घटना लगत्तै राजश्व तिरेर मनहरीबाट नदिजन्य बस्तु ढुवानी गर्ने सवारी साधनको संख्यामा बृद्धि भएको पाइएको छ ।

Related Articles