Wednesday, September 27, 2023

विद्यालयमा शिक्षकहरु लुडो खेलेर बसेको पनि भेटियो !

ताजा / भरखरै प्राप्त

मनहरीको उद्योग बाणिज्य संघ १४ औँ बर्ष पूरा, कार्यालयमा दिप प्रज्वलन

बजार अनुगमनको कुरालाई ध्यान दिएको बताउँदै बजारमा अखाद्य बस्तु, म्याद गुज्रेको बस्तुहरु र ठगीका घटनाहरु सुन्न नपरोस् भन्दै शुभकामना दिनु भएको छ ।

मनहरीमा समाजवादीको बैठक, गाउँपालिकाको बेथितिबारे बोल्नुपर्ने राय

मनहरी गाउँपालिकाको पाडी खरिद काण्ड, १६ करोड राजश्व मिनाहा काण्ड, पत्रकारलाई अनावश्यक हस्तक्षेप गरेको काण्ड लगायतका बिषयहरुमा पार्टीले धारणा सार्बजनिक गर्नुपर्नेलगायतका बिषय नेतृत्वको ध्यानाकर्षण गराएको छ ।

सिमपानीका पाख्रीनलाई ट्रयाक्टरले किच्यो, सेनाले ज्यादति गरेको भन्दै राजमार्ग जाम

घटनास्थलमा प्रहरी पुगेको छ भने घाइते पाख्रीनलाई भरतपुरतर्फ उपचारार्थ पठाइएको छ।

युनिभर्सलले जनप्रतिनिधि र राजनितिकर्मीको उपस्थितिमा मनायो संविधान दिवस (फोटो फिचर)

राक्सिराङ गाउँपालिकाका उपाध्यक्ष थिङले संविधान विरोधी तत्वहरु सक्रिय भएको बताउनुभयो । ८ वर्ष अघि नेपालको गणतान्त्रिक संविधान जारी भई कार्यान्वयनमा आएतापनि अहिले संविधान विरोधी गतिविधिरु भइरहेको बताउनुभयो ।

पोखरा पुगेर प्रहरीले समात्यो अफिमवाला सुवासलाई, शिक्षक प्रल्हाद दर्जी छुट्लान् ?

सुवासलाई पक्राउ गर्न प्रहरी निरीक्षक दिपक थापा नेतृत्वको टोलीले २ दिन पोखरा बिताएको बताइएको छ ।

हेटौँडा–चैत २१ गते । हेटौँडा १९ नेवारपानीस्थित अरनिको माध्यमिक विद्यालय सुधारका लागि स्थानीय महिलाहरुले आक्रामक रुपमा प्रश्न उठाएका छन् ।

डब्लुपीडी नेपाल र इन्सेकले सञ्चालन गरेको अधिकार तथा आर्थिक विकास मार्फत महिला शस्िरक्तकरण कार्यक्रम अन्तर्गत हेटौँडा १९ बस्तीपुरमा आयोजित अन्तरक्रियामा बोल्दै महिलाहरुले विद्यालयको शैक्षिक अबस्था सुधार नआएकामा चिन्ता ब्यक्त गरेका हुन् ।

अन्तरक्रिया कार्यक्रममा बोल्दै स्थानीय अभिभावक सीता अधिकारीले विद्यालयका शिक्षकहरु कक्षा कोठामा अध्यापन कार्यमा सहभागी नभई विभिन्न काम भन्दै विद्यालय बाहिर बढी रमाउने गरेको आरोप लगाउनु भयो ।

खानेपानी र शौचालय समेत अब्यवस्थित रहेको भन्दै उहाँले पछिल्ला केही बर्षदेखि विद्यालयको अबस्थामा सुधार आउन नसकेको बताउनुभयो ।

त्यसैगरी सिर्जना बिडारीले आफू एक दिन विद्यालय पुग्दा चौरभरि विद्यार्थीहरु दौडिरहेका र शिक्षकहरु अफिसमा लुडो खेलिरहेको समेत भेटेको बताउनुभयो । ‘मैले फोटो खिचौँ भनेर पनि थर्काएँ तर खिचिन’, उहाँले भन्नुभयो–‘हामी ड्युटी गरेर रेष्टमा बसेका छौँ, हाम्रो ड्युटी सकियो’ भनेर जबाफ फर्काए ।

कार्यक्रमभर धेरैजसो अरनिको माध्यमिक विद्यालयकै चर्चा भयो । कतिपयले त शौचालयमा प्रयोग गरेका प्याड समेत विद्यार्थीले नै सफाई गर्नुपरेको गुनासो समेत सुनाउन भ्याए ।

उठेका सबै बिषयहरुको जबाफ दिँदै विद्यालयका प्रधानाध्यापक बिष्णु परियारले बिस्तारै बिस्तारै शैक्षिक सुधार हुँदै गएको बताउनुभयो । उठेका सबै बिषयहरु जायज रहेको भन्दै उहाँले सबै मिलेर सुधार गर्दै जानुपर्ने र पछिल्ला केही बर्षहरुमा तुलनात्मक सुधार आइरहेको बताउनुयभो ।

त्यसैगरी नेवारपानीस्थित सहरी स्वास्थ्य इकाईमा शौचालयको समस्या रहेको, हल व्यवस्थापन हुन नसकेको लगायतका समस्याहरु उठान भएका थिए । इकाइकी स्वास्थ्य निरीक्ष सुसन शर्माले स्वास्थ्य केन्द्र सुधारका लागि वडाले बजेट नछुट्याएकोमा दुखेसो गर्नुभयो ।

कार्यक्रम निर्मल माध्यमिक विद्यालयका प्रधानाध्यापक प्रवोध बिडारी, वडा सदस्य राजकुमार बजु, वडा कार्यालयका दीपकप्रसाद रिजाल लगायतले उठेका सबालहरुको जबाफ दिनु भएको थियो ।

इन्सेक नेपालका कार्यक्रम संयोजक कृष्ण प्रसाद नेपाल, डब्लुपीडीका फिल्ड सुपरभाइजर तिलकुमारी हुमागाई लगायतको सहभागिता थियो ।

लोकप्रिय

प्रदेश १ सरकारमाथि खनिए पूर्वमुख्यमन्त्री राई

काठमाडौं-पूर्वमुख्यमन्त्री तथा एमाले नेता शेरधन राईले प्रदेश १ सरकारमाथि जनहितमा काम गर्न नसकेको आरोप लगाएका छन् । सामाजिक सञ्जाल...

प्रदेश खेलकुदमा सालकको मस्कटः संरक्षणकर्मी थप उत्साहित

बागमती प्रदेशको १३ वटै जिल्लामा पाइने एकमात्र वन्यजन्तुको रुपमा सालक रहेको छ ।

मनहरीका १८ जना प्रधानाध्यापकद्वारा राजीनामा

मनहरी–असार २९ गते । मनहरी गाउँपालिकाभित्र रहेका १८ वटा प्राथमिक विद्यालयका शिक्षकहरु सामूहिक राजीनामा दिनु भएको छ ।

Related Articles

मनहरीको उद्योग बाणिज्य संघ १४ औँ बर्ष पूरा, कार्यालयमा दिप प्रज्वलन

बजार अनुगमनको कुरालाई ध्यान दिएको बताउँदै बजारमा अखाद्य बस्तु, म्याद गुज्रेको बस्तुहरु र ठगीका घटनाहरु सुन्न नपरोस् भन्दै शुभकामना दिनु भएको छ ।

मनहरीमा समाजवादीको बैठक, गाउँपालिकाको बेथितिबारे बोल्नुपर्ने राय

मनहरी गाउँपालिकाको पाडी खरिद काण्ड, १६ करोड राजश्व मिनाहा काण्ड, पत्रकारलाई अनावश्यक हस्तक्षेप गरेको काण्ड लगायतका बिषयहरुमा पार्टीले धारणा सार्बजनिक गर्नुपर्नेलगायतका बिषय नेतृत्वको ध्यानाकर्षण गराएको छ ।

सिमपानीका पाख्रीनलाई ट्रयाक्टरले किच्यो, सेनाले ज्यादति गरेको भन्दै राजमार्ग जाम

घटनास्थलमा प्रहरी पुगेको छ भने घाइते पाख्रीनलाई भरतपुरतर्फ उपचारार्थ पठाइएको छ।