Wednesday, September 27, 2023

१२ बर्षपछि मनहरी रेडक्रसमा कार्कीको आगमनः पहिले मतदानबाट, अहिले निर्विरोध

ताजा / भरखरै प्राप्त

मनहरीको उद्योग बाणिज्य संघ १४ औँ बर्ष पूरा, कार्यालयमा दिप प्रज्वलन

बजार अनुगमनको कुरालाई ध्यान दिएको बताउँदै बजारमा अखाद्य बस्तु, म्याद गुज्रेको बस्तुहरु र ठगीका घटनाहरु सुन्न नपरोस् भन्दै शुभकामना दिनु भएको छ ।

मनहरीमा समाजवादीको बैठक, गाउँपालिकाको बेथितिबारे बोल्नुपर्ने राय

मनहरी गाउँपालिकाको पाडी खरिद काण्ड, १६ करोड राजश्व मिनाहा काण्ड, पत्रकारलाई अनावश्यक हस्तक्षेप गरेको काण्ड लगायतका बिषयहरुमा पार्टीले धारणा सार्बजनिक गर्नुपर्नेलगायतका बिषय नेतृत्वको ध्यानाकर्षण गराएको छ ।

सिमपानीका पाख्रीनलाई ट्रयाक्टरले किच्यो, सेनाले ज्यादति गरेको भन्दै राजमार्ग जाम

घटनास्थलमा प्रहरी पुगेको छ भने घाइते पाख्रीनलाई भरतपुरतर्फ उपचारार्थ पठाइएको छ।

युनिभर्सलले जनप्रतिनिधि र राजनितिकर्मीको उपस्थितिमा मनायो संविधान दिवस (फोटो फिचर)

राक्सिराङ गाउँपालिकाका उपाध्यक्ष थिङले संविधान विरोधी तत्वहरु सक्रिय भएको बताउनुभयो । ८ वर्ष अघि नेपालको गणतान्त्रिक संविधान जारी भई कार्यान्वयनमा आएतापनि अहिले संविधान विरोधी गतिविधिरु भइरहेको बताउनुभयो ।

पोखरा पुगेर प्रहरीले समात्यो अफिमवाला सुवासलाई, शिक्षक प्रल्हाद दर्जी छुट्लान् ?

सुवासलाई पक्राउ गर्न प्रहरी निरीक्षक दिपक थापा नेतृत्वको टोलीले २ दिन पोखरा बिताएको बताइएको छ ।

मनहरी–बैशाख २८ गते । नेपाल रेडक्रस सोसाइटी मनहरीको सभापतिमा मोहन कार्की निर्विरोध चयन हुनु भएको छ ।

उहाँसँगै उपसभापतिमा अन्जु कार्की(खुसी), सचिवमा पुष्कर सुवेदी, कोषाध्यक्षमा शिवकुमार रिजाल (काशी), उपसचिवमा धर्मबहादुर थापा (इश्वर), सह कोषाध्यक्षमा सिताराम अधिकारी निर्विरोध चयन हुनु भएको हो ।

महिला सदस्यमा गंगा पाठक र खुला सदस्यहरुमा राजन मैनाली, तारा उप्रेती, हरिप्रसाद कालाखेती र कमला मैनाली चयन हुनु भएको छ । निर्विरोध निर्वाचित कार्य समितिलाई रेडक्रस मकवानपुरका सभापति लालबहादुर थापाले सपथग्रहण गराउनु भएको छ ।

अहिले निर्विरोध सभापति बन्नु भएका कार्की यसअघि नै मनहरी उपशाखाको सभापति बनिसक्नु भएका व्यक्ति हुनुहुन्छ ।

नम्र, इमान्दार र भद्र स्वभावका कार्कीले तत्कालीन जटिल परिस्थितिमा संस्थापक सभापति दिवंगत गोविन्दप्रसाद रिजालसँग २०६८ साल बैशाख २४ गते चुनावी प्रतिस्पर्धा गरी बिजय हासिल गर्नु भएको थियो ।

त्यतिखेर नेपाली काँग्रेस र एमालेसमेत समर्थकहरु समेत मिलेर निर्वाचनमा होमिँदा कार्कीलाई बिजयी गराइएको थियो । त्यसपछिका कार्यकालमा भने कार्की जिल्ला शाखामा आबद्ध रही पदाधिकारीका रुपमा कार्यरत रहनु भएको थियो ।

त्यतिखेर नेपाली काँग्रेस र एमालेसमेत समर्थकहरु समेत मिलेर निर्वाचनमा होमिँदा कार्कीलाई बिजयी गराइएको थियो । उहाँ निर्वाचित भएर सकिएको कार्यकालपछि भने जिल्ला शाखामा सदस्यको रुपमा सहभागी हुनुहुन्थ्यो ।

जिल्ला रेडक्रसको यात्राबाट पछाडि हटेर पुनः मनहरी उपशाखामै फर्कनु भएका कार्कीले आफूले त्यतिखेर सभापति हुँदा संघीयताको कार्यान्वयन नभएको र सर्बदलीय भागबन्डा रहेको बेलाको स्मरण गर्नुभयो ।

अहिले संघीयता कार्यान्वयन भएसँगै स्थानीय सरकारलाई प्रत्यक्ष रुपमा भेट्न, बुझ्न र अनुभव गर्न पाइने अबस्था भएकाले काम गर्न अझै सजिलो हुने देखेर मनहरी उपशाखामा पुनः फर्किएको बताउनुभयो । ‘आफ्नै गाउँको उपशाखालाई जिल्लामै फेरि उत्कृष्ट उपशाखाको रुपमा उतार्ने जोश जाँगरसहित टिम बनाएर आएको छु’, उहाँले भन्नुभयो ।

निर्वाचन कार्यक्रमपछि आयोजित सपथग्रहण समारोहलाई सम्बोधन गर्दै मनहरी गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीले स्थानीय सरकार बिपद्जन्य काममा रेडक्रससँग सहकार्य गर्न उत्साहित भएको बताउनुभयो ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी मकवानपुरका उपसभापति खेमराज सापकोटा, मन्त्री सुमित्रा काफ्ले, कोषाध्यक्ष एबम् निर्वाचन अधिकारी किशोर बर्ताैला, कार्यालय प्रमुख लक्ष्मण भट्टराई, मनहरीका सभापति नुरोजकुमार पौडेल, मकवानपुर उद्योग बाणिज्य संघ पश्चिम क्षेत्र समितिका बरिष्ठ उपसभापति गणेशमान मानन्धर, महासचिव पदमबहादुर तितुङ, नेपाली काँग्रेस मनहरी सभापति प्रकाश बर्ताैला, नेकपा एमालेका गौतम लामा, माओवादी केन्द्रका उपाध्यक्ष दिलबहादुर स्याङ्बो, राप्रपाका सभापति चन्द्रबहादुर पौडेल लगायतको सभापति थियो ।

लोकप्रिय

प्रदेश १ सरकारमाथि खनिए पूर्वमुख्यमन्त्री राई

काठमाडौं-पूर्वमुख्यमन्त्री तथा एमाले नेता शेरधन राईले प्रदेश १ सरकारमाथि जनहितमा काम गर्न नसकेको आरोप लगाएका छन् । सामाजिक सञ्जाल...

प्रदेश खेलकुदमा सालकको मस्कटः संरक्षणकर्मी थप उत्साहित

बागमती प्रदेशको १३ वटै जिल्लामा पाइने एकमात्र वन्यजन्तुको रुपमा सालक रहेको छ ।

मनहरीका १८ जना प्रधानाध्यापकद्वारा राजीनामा

मनहरी–असार २९ गते । मनहरी गाउँपालिकाभित्र रहेका १८ वटा प्राथमिक विद्यालयका शिक्षकहरु सामूहिक राजीनामा दिनु भएको छ ।

Related Articles

मनहरीको उद्योग बाणिज्य संघ १४ औँ बर्ष पूरा, कार्यालयमा दिप प्रज्वलन

बजार अनुगमनको कुरालाई ध्यान दिएको बताउँदै बजारमा अखाद्य बस्तु, म्याद गुज्रेको बस्तुहरु र ठगीका घटनाहरु सुन्न नपरोस् भन्दै शुभकामना दिनु भएको छ ।

मनहरीमा समाजवादीको बैठक, गाउँपालिकाको बेथितिबारे बोल्नुपर्ने राय

मनहरी गाउँपालिकाको पाडी खरिद काण्ड, १६ करोड राजश्व मिनाहा काण्ड, पत्रकारलाई अनावश्यक हस्तक्षेप गरेको काण्ड लगायतका बिषयहरुमा पार्टीले धारणा सार्बजनिक गर्नुपर्नेलगायतका बिषय नेतृत्वको ध्यानाकर्षण गराएको छ ।

सिमपानीका पाख्रीनलाई ट्रयाक्टरले किच्यो, सेनाले ज्यादति गरेको भन्दै राजमार्ग जाम

घटनास्थलमा प्रहरी पुगेको छ भने घाइते पाख्रीनलाई भरतपुरतर्फ उपचारार्थ पठाइएको छ।