Thursday, September 21, 2023

सामाजिक व्यक्तित्व मिश्रको परिवारलाई मनहरी गाउँपालिकाका कार्यपालिका सदस्यहरुद्वारा आर्थिक सहयोग

ताजा / भरखरै प्राप्त

मनहरीमा समाजवादीको बैठक, गाउँपालिकाको बेथितिबारे बोल्नुपर्ने राय

मनहरी गाउँपालिकाको पाडी खरिद काण्ड, १६ करोड राजश्व मिनाहा काण्ड, पत्रकारलाई अनावश्यक हस्तक्षेप गरेको काण्ड लगायतका बिषयहरुमा पार्टीले धारणा सार्बजनिक गर्नुपर्नेलगायतका बिषय नेतृत्वको ध्यानाकर्षण गराएको छ ।

सिमपानीका पाख्रीनलाई ट्रयाक्टरले किच्यो, सेनाले ज्यादति गरेको भन्दै राजमार्ग जाम

घटनास्थलमा प्रहरी पुगेको छ भने घाइते पाख्रीनलाई भरतपुरतर्फ उपचारार्थ पठाइएको छ।

युनिभर्सलले जनप्रतिनिधि र राजनितिकर्मीको उपस्थितिमा मनायो संविधान दिवस (फोटो फिचर)

राक्सिराङ गाउँपालिकाका उपाध्यक्ष थिङले संविधान विरोधी तत्वहरु सक्रिय भएको बताउनुभयो । ८ वर्ष अघि नेपालको गणतान्त्रिक संविधान जारी भई कार्यान्वयनमा आएतापनि अहिले संविधान विरोधी गतिविधिरु भइरहेको बताउनुभयो ।

पोखरा पुगेर प्रहरीले समात्यो अफिमवाला सुवासलाई, शिक्षक प्रल्हाद दर्जी छुट्लान् ?

सुवासलाई पक्राउ गर्न प्रहरी निरीक्षक दिपक थापा नेतृत्वको टोलीले २ दिन पोखरा बिताएको बताइएको छ ।

राक्सिराङलाई सीता अशोकको ‘सिड सेन्टर’ बनाउने अभियान

सीता अशोकको बिरुवा नहुने भूगोलहरुमा भने छतिवन, दार, चिउरी लगायतका बिरुवा रोप्न प्रेरित गरिएको डिभिजन वन कार्यालय राप्ती मनहरीका प्रमुख बिष्णुप्रसाद आचार्यले बताउनुभयो ।

मनहरी–भदौ ०७ गते । मनहरी गाउँपालिका वडा नं ६ निवासी सामाजिक व्यक्तित्व मनोज मिश्रको परिवारलाई मनहरी गाउँपालिकाका कार्यपालिका सदस्यहरुले आर्थिक सहयोगसहित श्रद्धान्जली ब्यक्त गरेका छन् ।

गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीको नेतृत्वमा उपाध्यक्ष सीता पुलामीसहितको कार्यपालिका सदस्य टोली मिश्रको घरमा पुगी श्रद्धान्जली ब्यक्त गरिएको हो ।

मृगौला खराबी भएपछि ८ दिनअघि मिश्रको काठमाडौँमा निधन भएको थियो । मिश्रको परिवारलाई आर्थिक सहायता स्वरुप कार्यपालिका सदस्यहरुबाट संकलित रकम ५० हजार रुपियाँ हस्तान्तरण गरिएको अध्यक्ष कालाखेतीले बताउनुभयो ।

उहाँले नेपाली काँग्रेस र माओवादी पार्टी गठबन्धन भई स्थानीय तहको निर्वाचनमा जाँदा तलब भत्ताको रकम सामुदायिक काममा खर्च गर्ने उम्मेदवारहरुको घोषणाको कार्यान्वयन गर्दै दिबंगत परिवारका लागि सहयोग गरिएको बताउनुभयो ।
नेपाली काँग्रेसका क्षेत्रीय प्रतिनिधि रहनु भएको ४६ बर्षीया मिश्र लोथर बजारका समाजसेवी हुनुहुन्थ्यो । उहाँ विभिन्न सामाजिक संघसंस्थाहरु, क्लव, नेपाल रेडक्रस सोसाइटी लगायत संघसंस्थाहरुमा आबद्ध रही सामाजिक क्रियाकलापहरुमा समेत संलग्न रहनु भएको थियो ।

लोकप्रिय

प्रदेश १ सरकारमाथि खनिए पूर्वमुख्यमन्त्री राई

काठमाडौं-पूर्वमुख्यमन्त्री तथा एमाले नेता शेरधन राईले प्रदेश १ सरकारमाथि जनहितमा काम गर्न नसकेको आरोप लगाएका छन् । सामाजिक सञ्जाल...

प्रदेश खेलकुदमा सालकको मस्कटः संरक्षणकर्मी थप उत्साहित

बागमती प्रदेशको १३ वटै जिल्लामा पाइने एकमात्र वन्यजन्तुको रुपमा सालक रहेको छ ।

मनहरीका १८ जना प्रधानाध्यापकद्वारा राजीनामा

मनहरी–असार २९ गते । मनहरी गाउँपालिकाभित्र रहेका १८ वटा प्राथमिक विद्यालयका शिक्षकहरु सामूहिक राजीनामा दिनु भएको छ ।

Related Articles