Thursday, September 21, 2023

पूर्व वडा अध्यक्ष खड्का तरकारी खेतीमा रमाउँदै

ताजा / भरखरै प्राप्त

मनहरीमा समाजवादीको बैठक, गाउँपालिकाको बेथितिबारे बोल्नुपर्ने राय

मनहरी गाउँपालिकाको पाडी खरिद काण्ड, १६ करोड राजश्व मिनाहा काण्ड, पत्रकारलाई अनावश्यक हस्तक्षेप गरेको काण्ड लगायतका बिषयहरुमा पार्टीले धारणा सार्बजनिक गर्नुपर्नेलगायतका बिषय नेतृत्वको ध्यानाकर्षण गराएको छ ।

सिमपानीका पाख्रीनलाई ट्रयाक्टरले किच्यो, सेनाले ज्यादति गरेको भन्दै राजमार्ग जाम

घटनास्थलमा प्रहरी पुगेको छ भने घाइते पाख्रीनलाई भरतपुरतर्फ उपचारार्थ पठाइएको छ।

युनिभर्सलले जनप्रतिनिधि र राजनितिकर्मीको उपस्थितिमा मनायो संविधान दिवस (फोटो फिचर)

राक्सिराङ गाउँपालिकाका उपाध्यक्ष थिङले संविधान विरोधी तत्वहरु सक्रिय भएको बताउनुभयो । ८ वर्ष अघि नेपालको गणतान्त्रिक संविधान जारी भई कार्यान्वयनमा आएतापनि अहिले संविधान विरोधी गतिविधिरु भइरहेको बताउनुभयो ।

पोखरा पुगेर प्रहरीले समात्यो अफिमवाला सुवासलाई, शिक्षक प्रल्हाद दर्जी छुट्लान् ?

सुवासलाई पक्राउ गर्न प्रहरी निरीक्षक दिपक थापा नेतृत्वको टोलीले २ दिन पोखरा बिताएको बताइएको छ ।

राक्सिराङलाई सीता अशोकको ‘सिड सेन्टर’ बनाउने अभियान

सीता अशोकको बिरुवा नहुने भूगोलहरुमा भने छतिवन, दार, चिउरी लगायतका बिरुवा रोप्न प्रेरित गरिएको डिभिजन वन कार्यालय राप्ती मनहरीका प्रमुख बिष्णुप्रसाद आचार्यले बताउनुभयो ।

मनहरी–भदौ १६ गते । स्थानीय तहको चुनाव २०७४ मा मनहरी गाँउपालिका वडा नम्बर ४ मा नेकपा माओबादी केन्द्रको तर्फबाट उमेद्धवार बनी बिजयी बन्नुभएका ध्रुब खड्का ५ बर्षको कार्यकाल सकेर यतिखेर कृषि कर्ममा रमाउदै हुनुहुन्छ ।

उहाँ बिहान बेलुकी प्राय बारीमै ब्यस्त हुँदै आइरहनुभएको छ । यति खेर उहाँको ३ गठ्ठाको क्षेत्रफलमा रहेको ३ वटा सुबिधा सम्पन्न टनेल भित्र टमाटर लटरम्म फलेका छन् ।

कृषि ज्ञान केन्द्रबाट ५० प्रतिशत अनुदान कार्यक्रमबाट ३ वटा टनेल निर्माण गरी लोभलाग्ने तरीकाले टमाटर हुर्काउदै हुनुहुन्छ । टनेल निर्माण गर्न चौध लाख आफ्नै र कृषि ज्ञान केन्द्रको चौध लाख गरी २८ लाखको लागतमा निर्माण भएको खड्का बताउनुहुन्छ ।

“ ५ बर्ष जनप्रतिनिधी हँुदा धेरैजसो समय जनताको समस्यासँग नजिक रहेर काम गर्दा घर अनी खेत बारीलाई समय दिन नपाएको तर अहिले समय खाली बस्नुपर्दा सकसक लाग्ने गरेकाले सोहि समयलाई अहिले खेतबारी, घरपरिवार र किराना पसलमा बसेर ब्यतित गर्दै आईरहेकोछु ” उहाँले भन्नुभयो ।

उहाँको टनेल भित्र सृजना जातका टमाटर अहिले फल्न सुरु गरेका छन् । यो सिजनमा राम्रो भाउ भेटियो भने एउटा टनेलबाट तीन लाख रुपैँयासम्म लिने योजना रहेको बताउनु हुन्छ पूर्ब वडा अध्यक्ष खड्का ।

सामान्यतया खुल्ला स्थानमा भन्दा टनेल भित्र उत्पादन धेरै र राम्रो हुने गरेकाले गाँउमा धेरै कृषकले टनेल निर्माण गरी तरकारी खेती गर्न अग्रसरता देखाएका छन् । भबिष्यमा कृषि कर्मसँगसँगै समाजसेवामा पनि निरन्तर लागीरहने पनि उहाँले बताउनुभयो ।

लोकप्रिय

प्रदेश १ सरकारमाथि खनिए पूर्वमुख्यमन्त्री राई

काठमाडौं-पूर्वमुख्यमन्त्री तथा एमाले नेता शेरधन राईले प्रदेश १ सरकारमाथि जनहितमा काम गर्न नसकेको आरोप लगाएका छन् । सामाजिक सञ्जाल...

प्रदेश खेलकुदमा सालकको मस्कटः संरक्षणकर्मी थप उत्साहित

बागमती प्रदेशको १३ वटै जिल्लामा पाइने एकमात्र वन्यजन्तुको रुपमा सालक रहेको छ ।

मनहरीका १८ जना प्रधानाध्यापकद्वारा राजीनामा

मनहरी–असार २९ गते । मनहरी गाउँपालिकाभित्र रहेका १८ वटा प्राथमिक विद्यालयका शिक्षकहरु सामूहिक राजीनामा दिनु भएको छ ।

Related Articles