Wednesday, May 31, 2023

मनहरीले खोल्यो नदीजन्य बस्तुको निकासी, सात दिनमा ५८ लाख राजश्व संकलन

ताजा / भरखरै प्राप्त

सिद्धार्थ हरियाली सामुदायिक वनका उपभोक्ताहरुलाई अभिमुखिकरण

राक्सिराङ–जेठ १६ गते । राक्सिराङ गाउँपालिका वडा नं. ३ मा रहेको सिद्धार्थ हरियाली सामुदायिक वन उपभोक्ता समुहका उपभोक्ताहरुलाई अभिमुखिकरण कार्यक्रम सम्पन्न...

रोटरी माविमा पोषण प्रदर्शनीको आयोजना

मनहरी–जेठ १२ गते । मनहरी गाउँपालिका ७ स्थित राष्ट्रिय रोटरी माध्यमिक विद्यालयले पोषण प्रदर्शनी गरेको छ । पछिल्लो समय...

राक्सिराङमा मानव बेचविखन तथा ओसारपसार नियन्त्रणसम्बन्धि अन्तरक्रिया

राक्सिराङ–जेठ ११ गते । राक्सिराङ गाउँपालिकामा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण सम्बन्धि छलफल तथा अन्तरक्रिया गरिएको छ ।

चिउरीः बहुआयामिक ‘कल्पबृक्ष’

परापूर्व कालदेखि नै चल्दै उपयोगमा ल्याइएका मौलिक बनष्पति र जीवजन्तुको संरक्षण र त्यसको बहुआयामिक उपयोगबारे अब ध्यान दिनुपर्ने बेला आएको छ

प्रदेश खेलकुदमा सालकको मस्कटः संरक्षणकर्मी थप उत्साहित

बागमती प्रदेशको १३ वटै जिल्लामा पाइने एकमात्र वन्यजन्तुको रुपमा सालक रहेको छ ।

मनहरी–भदौ २९ गते । जिल्ला समन्वय समिति मकवानपुरको अबरोधका बीच मनहरी गाउँपालिकाले नदीजन्य बस्तुको निकासी खोलेको छ । भदौ २२ गतेबाट मनहरी क्षेत्रबाट चितवनका विभिन्न टोलबस्तीहरुमा निर्माण सामग्री बोकेर टिफरहरु गइरहेका छन् ।

जिल्ला समन्वय समितिले स्टक नापजाँच गरेर अनुमति दिएपछि मात्रै यसअघि निकासी खुल्ने गरेको थियो । विश्वकर्मा पुजा सकिएपछि दशैभन्दा केही दिनअघि मात्रै गत बर्षहरुमा निकासी खुल्ने गथ्र्याे । तर, यसपटक गाउँपालिकाले जिल्ला समन्वय समितिले नमान्दा नमान्दै पनि निकासी खुलाएको हो । तर, जिल्ला समन्वय समितिले स्टकबाट घट्ने गरी निकासी खोल्न मौन समर्थन गरेको बताइएको छ ।

भदौ २२ गतेबाट निकासी खुलेपछि भदौ २७ गतेसम्मको अबधिमा ५८ लाख राजश्व संकलन भएको गाउँपालिकाले जनाएको छ । ‘निकासी नखुल्दा एकातिर व्यवसायीहरु मारमा परेका छन् भने राजश्व समेत गुमिरहेको छ’, प्रमुख प्रशासकीय अधिकृत मोहनकुमार श्रेष्ठले भन्नुभयो–‘गाउँपालिकाले दैनिक ७–८ लाख रुपियाँ राजश्व गुमाइरहन नसक्ने भएकाले निकासी खोल्न बढी नै जोडबल गरेका हौँ ।’

अन्य जिल्लाहरुमा मकवानपुरमा जस्तो जिल्ला समन्वय समितिमार्फत निकासी खोल्ने अभ्यास नभएको र प्राकृतिक स्रोतमाथिको अधिकार स्थानीय तह र प्रदेश सरकारसँग भएकाले पनि गाउँपालिकाले यसबर्ष चाँडै निकासी खोल्न जोडबल गरिएको बताइएको छ ।

स्मरणीय कुरा के छ भने गिटीबालुवा र नदिजन्य बस्तुको उत्खनन्, निकासी लगायतका काममा तत्कालीन जिल्ला विकास समिति हुँदा करोडौँको चलखेलमा कहिले अमानतमा त कहिले ठेक्का प्रणालीमार्फत हुँदै आएको थियो । तर, संघीयता कार्यान्वयनसँगै उक्त अधिकार स्थानीय सरकारहरुमा आएपछि पनि चलखेल र अनियमितता घटेको छैन ।

मनहरीमा पनि नक्कली बील देखाएर राजश्व छली हुने, परिमाणभन्दा बढी उत्खनन् हुने लगायतका समस्याहरु छन् । त्यसो त अमानतमा कर असुलीका लागि खटाइएका कर्मचारीहरुले टिफर चालकसँग ‘सेटिङ’ गरेर राजश्व छल्ने गरेको घटना सार्बजनिक हुँदा गत असारमा मात्रै दुई जना कर्मचारीलाई कामबाट हटाइएको छ ।

लोकप्रिय

प्रदेश १ सरकारमाथि खनिए पूर्वमुख्यमन्त्री राई

काठमाडौं-पूर्वमुख्यमन्त्री तथा एमाले नेता शेरधन राईले प्रदेश १ सरकारमाथि जनहितमा काम गर्न नसकेको आरोप लगाएका छन् । सामाजिक सञ्जाल...

साहित्य संगम मकवानपुरले ८ जना साहित्यकारलाई सम्मान गर्ने

हेटौंडा-मकवानपुरको अग्रणी साहित्यिक संस्था साहित्य संगम मकवानपुरले यस वर्ष ८ जना साहित्यकारलाई सम्मान तथा पुरस्कार प्रदान गर्ने भएको छ । संगमको मंगलबार...

चेपाङ समुदायकै पहिलो गायक रबिन कुमारलाई विजय बानियाँ स्मृति लोक संगीत पुरस्कार

हेटौडाँ–पुष ६ गते । चेपाङ समुदायकै पहिलो गायक रबिन कुमार चेपाङ पुरस्कृत हुनुहुने भएको छ । विजय बानियाँ...

Related Articles

सिद्धार्थ हरियाली सामुदायिक वनका उपभोक्ताहरुलाई अभिमुखिकरण

राक्सिराङ–जेठ १६ गते । राक्सिराङ गाउँपालिका वडा नं. ३ मा रहेको सिद्धार्थ हरियाली सामुदायिक वन उपभोक्ता समुहका उपभोक्ताहरुलाई अभिमुखिकरण कार्यक्रम सम्पन्न...

रोटरी माविमा पोषण प्रदर्शनीको आयोजना

मनहरी–जेठ १२ गते । मनहरी गाउँपालिका ७ स्थित राष्ट्रिय रोटरी माध्यमिक विद्यालयले पोषण प्रदर्शनी गरेको छ । पछिल्लो समय...

राक्सिराङमा मानव बेचविखन तथा ओसारपसार नियन्त्रणसम्बन्धि अन्तरक्रिया

राक्सिराङ–जेठ ११ गते । राक्सिराङ गाउँपालिकामा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण सम्बन्धि छलफल तथा अन्तरक्रिया गरिएको छ ।