Wednesday, September 27, 2023

राक्सिराङ–३ घट्टे खोलाका २९ चेपाङ घरधुरीको अवलोकनः कानुनको दायराभित्र रहेर काम गर्ने आश्वासन

ताजा / भरखरै प्राप्त

मनहरीको उद्योग बाणिज्य संघ १४ औँ बर्ष पूरा, कार्यालयमा दिप प्रज्वलन

बजार अनुगमनको कुरालाई ध्यान दिएको बताउँदै बजारमा अखाद्य बस्तु, म्याद गुज्रेको बस्तुहरु र ठगीका घटनाहरु सुन्न नपरोस् भन्दै शुभकामना दिनु भएको छ ।

मनहरीमा समाजवादीको बैठक, गाउँपालिकाको बेथितिबारे बोल्नुपर्ने राय

मनहरी गाउँपालिकाको पाडी खरिद काण्ड, १६ करोड राजश्व मिनाहा काण्ड, पत्रकारलाई अनावश्यक हस्तक्षेप गरेको काण्ड लगायतका बिषयहरुमा पार्टीले धारणा सार्बजनिक गर्नुपर्नेलगायतका बिषय नेतृत्वको ध्यानाकर्षण गराएको छ ।

सिमपानीका पाख्रीनलाई ट्रयाक्टरले किच्यो, सेनाले ज्यादति गरेको भन्दै राजमार्ग जाम

घटनास्थलमा प्रहरी पुगेको छ भने घाइते पाख्रीनलाई भरतपुरतर्फ उपचारार्थ पठाइएको छ।

युनिभर्सलले जनप्रतिनिधि र राजनितिकर्मीको उपस्थितिमा मनायो संविधान दिवस (फोटो फिचर)

राक्सिराङ गाउँपालिकाका उपाध्यक्ष थिङले संविधान विरोधी तत्वहरु सक्रिय भएको बताउनुभयो । ८ वर्ष अघि नेपालको गणतान्त्रिक संविधान जारी भई कार्यान्वयनमा आएतापनि अहिले संविधान विरोधी गतिविधिरु भइरहेको बताउनुभयो ।

पोखरा पुगेर प्रहरीले समात्यो अफिमवाला सुवासलाई, शिक्षक प्रल्हाद दर्जी छुट्लान् ?

सुवासलाई पक्राउ गर्न प्रहरी निरीक्षक दिपक थापा नेतृत्वको टोलीले २ दिन पोखरा बिताएको बताइएको छ ।

राक्सिराङ–पुष १ गते । राष्ट्रिय भूमि आयोग मकवानपुर जिल्ला अध्यक्ष विष्णु प्रसाद दाहालले चेपाङलगायत अन्य सिमान्तकृत जातजातिका मानिसहरु हालसम्म पनि भूमिहिन र अव्यवस्थित रुपमा बसोबास गर्दै आएको भएर नै सरकारले भूमि आयोगको गठन गरेको बताउनु भएको छ ।

शुक्रबार राक्सिराङ गाउँपालिका वडा नम्बर ३ को घट्टे खोलामा बसोबास गर्दै आएका २९ घरधुरी चेपाङ वस्तिको अवलोकनका क्रममा बोल्दै उहाँले यस्तो बताउनु भएको हो ।

साथै यो समस्या समाधान गर्नमा जिल्ला भूमि आयोग तत्पर रहेको समेत जनाउनु भएको थियो । यस्तै जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलानले कानूनको दायरा भित्र रहेर चेपाङहरुलाई गर्नु पर्ने सबै प्रकारको सहयोगमा कुनै कसुर बाँकी नराख्ने प्रतिबद्धता जनाउनु भएको छ ।

त्यस्तै अवलोकन कार्यक्रममा बोल्दै प्रजिअ राजेन्द देव पाण्डेले आफ्नो तर्फबाट हुने सम्पुर्ण सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो भने, राक्सिराङ गाउँपालिका उपाध्यक्ष बनस्तम थिङले जानतालाई सहयोग गर्नको लागि स्थानीय तह सँधै तयार रहेको र स्थानीय तहलाई सहयोग गर्न सम्बन्धीत सबै सरोकारवालालाई समेत आव्हान गर्नु भएको थियो ।

राक्सिराङ गाउँपालिका वडा नम्बर ३ घट्टेखोलामा तत्कालिन जिल्ला विकास समिति मकवानपुर र प्रजा विकास कार्यक्रमको पहलमा विसं २०४७ सालमा स्थान्तरण गरिएको २९ घरधुरी चेपाङ बस्तीमा जिल्लाका विशिष्ट पदाधिकारीहरुले अवलोकन गरेका हुन् ।

घट्टेखोलामा बसोबास गर्दै आएको २९ घरधुरी चेपाङहरुले जिल्ला समन्वय समिति जिसस मकवानपुरमा आफूले भोगचलन गर्दै आएको भूमीमा स्वामित्व पाउनुपर्ने माग दाबी गरेपश्चात जिल्ला समन्वय समितिलगायत जिल्लाका विभिन्न सरोकारवाला निकायका प्रमुख तथा पदाधिकारीहरुले उक्त बस्ती भ्रमण गरी चेपाङहरुको अवस्था अवलोकन गरेका हुन् ।
अवलोकन भ्रमणममा जिससका प्रमुख ललितबहादुर घलान, उप–प्रमुख सानुकाजी लुईटेल, सदस्य बिरेन्द्र लामा, प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डे, राष्ट्रिय भुमि आयोग जिल्ला समिति मकवानपुरका अध्यक्ष विष्णु प्रसाद दाहाल, सदस्य अर्जुन प्रसाद चौलागाई, राक्सिराङ गाउँपालिकाका उपप्रमुख बनस्तम थिङ, वडा नं ३ र ५ का वडा अध्यक्षहरु उत्तम वाईवा र हरि बहादुर प्रजा, जिल्ला मालपोत कार्यालय प्रमुख पुर्णहरी सुवेदी, नापी कार्यालय प्रमुख, सशस्त्र प्रहरीका एसपी, जिल्ला प्रहरी कार्यालयका डीएसपी, जिल्ला र स्थानीय खाद्य अधिकार सञ्जालका संयोजकहरु क्रमश डा. सम्राट तुम्बाहामफे र चित्र बहादुर थिङ लगायत जिल्लाका विशिष्ट सरकारी पदाधिकारीलगायतको सहभागीता रहेको थियो ।

लोकप्रिय

प्रदेश १ सरकारमाथि खनिए पूर्वमुख्यमन्त्री राई

काठमाडौं-पूर्वमुख्यमन्त्री तथा एमाले नेता शेरधन राईले प्रदेश १ सरकारमाथि जनहितमा काम गर्न नसकेको आरोप लगाएका छन् । सामाजिक सञ्जाल...

प्रदेश खेलकुदमा सालकको मस्कटः संरक्षणकर्मी थप उत्साहित

बागमती प्रदेशको १३ वटै जिल्लामा पाइने एकमात्र वन्यजन्तुको रुपमा सालक रहेको छ ।

मनहरीका १८ जना प्रधानाध्यापकद्वारा राजीनामा

मनहरी–असार २९ गते । मनहरी गाउँपालिकाभित्र रहेका १८ वटा प्राथमिक विद्यालयका शिक्षकहरु सामूहिक राजीनामा दिनु भएको छ ।

Related Articles

मनहरीको उद्योग बाणिज्य संघ १४ औँ बर्ष पूरा, कार्यालयमा दिप प्रज्वलन

बजार अनुगमनको कुरालाई ध्यान दिएको बताउँदै बजारमा अखाद्य बस्तु, म्याद गुज्रेको बस्तुहरु र ठगीका घटनाहरु सुन्न नपरोस् भन्दै शुभकामना दिनु भएको छ ।

मनहरीमा समाजवादीको बैठक, गाउँपालिकाको बेथितिबारे बोल्नुपर्ने राय

मनहरी गाउँपालिकाको पाडी खरिद काण्ड, १६ करोड राजश्व मिनाहा काण्ड, पत्रकारलाई अनावश्यक हस्तक्षेप गरेको काण्ड लगायतका बिषयहरुमा पार्टीले धारणा सार्बजनिक गर्नुपर्नेलगायतका बिषय नेतृत्वको ध्यानाकर्षण गराएको छ ।

सिमपानीका पाख्रीनलाई ट्रयाक्टरले किच्यो, सेनाले ज्यादति गरेको भन्दै राजमार्ग जाम

घटनास्थलमा प्रहरी पुगेको छ भने घाइते पाख्रीनलाई भरतपुरतर्फ उपचारार्थ पठाइएको छ।