Wednesday, September 27, 2023

संकट टार्न मनहरी बहुमुखी क्याम्पसलाई गाउँपालिकाले १५ लाख दिने

ताजा / भरखरै प्राप्त

मनहरीको उद्योग बाणिज्य संघ १४ औँ बर्ष पूरा, कार्यालयमा दिप प्रज्वलन

बजार अनुगमनको कुरालाई ध्यान दिएको बताउँदै बजारमा अखाद्य बस्तु, म्याद गुज्रेको बस्तुहरु र ठगीका घटनाहरु सुन्न नपरोस् भन्दै शुभकामना दिनु भएको छ ।

मनहरीमा समाजवादीको बैठक, गाउँपालिकाको बेथितिबारे बोल्नुपर्ने राय

मनहरी गाउँपालिकाको पाडी खरिद काण्ड, १६ करोड राजश्व मिनाहा काण्ड, पत्रकारलाई अनावश्यक हस्तक्षेप गरेको काण्ड लगायतका बिषयहरुमा पार्टीले धारणा सार्बजनिक गर्नुपर्नेलगायतका बिषय नेतृत्वको ध्यानाकर्षण गराएको छ ।

सिमपानीका पाख्रीनलाई ट्रयाक्टरले किच्यो, सेनाले ज्यादति गरेको भन्दै राजमार्ग जाम

घटनास्थलमा प्रहरी पुगेको छ भने घाइते पाख्रीनलाई भरतपुरतर्फ उपचारार्थ पठाइएको छ।

युनिभर्सलले जनप्रतिनिधि र राजनितिकर्मीको उपस्थितिमा मनायो संविधान दिवस (फोटो फिचर)

राक्सिराङ गाउँपालिकाका उपाध्यक्ष थिङले संविधान विरोधी तत्वहरु सक्रिय भएको बताउनुभयो । ८ वर्ष अघि नेपालको गणतान्त्रिक संविधान जारी भई कार्यान्वयनमा आएतापनि अहिले संविधान विरोधी गतिविधिरु भइरहेको बताउनुभयो ।

पोखरा पुगेर प्रहरीले समात्यो अफिमवाला सुवासलाई, शिक्षक प्रल्हाद दर्जी छुट्लान् ?

सुवासलाई पक्राउ गर्न प्रहरी निरीक्षक दिपक थापा नेतृत्वको टोलीले २ दिन पोखरा बिताएको बताइएको छ ।

मनहरी–पुस १८ गते । तलब खुवाउन नसकेर केही महिना अध्यापन नै बन्द भएको पश्चिम मकवानपुरको एकमात्र मनहरी बहुमुखी क्याम्पसलाई मनहरी गाउँपालिकाले आर्थिक सहायता दिने भएको छ ।

तलब भत्ता ब्यवस्थापनका लागि पालिकाले १५ लाख रुपियाँ दिने निर्णय गरेको हो ।
पुस १२ गते बसेको कार्यपालिका बैठकबाट जनतासँग अध्यक्ष विकास कार्यक्रमबाट ७ लाख ५० हजार र जनतासँग उपाध्यक्ष विकास कार्यक्रमबाट ७ लाख ५० हजार गरी हाललाई १५ लाख रुपियाँ उपलब्ध गराउने गरी व्यवस्था मिलाइएको गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीले बताउनुभयो ।

स्थापनाकालदेखिकै तलब प्राध्यापकहरुलाई दिन बाँकी रहेकाले आन्दोलन स्वरुप अध्यापन नै बन्द भएको थियो । केही दिनअघि सरोकारवाला बैठकले तत्कालै पठन पाठनको वातावरण बन्नका लागि सञ्चालक समितिलाई दबाब दिएसँगै पालिकाले यस्तो निर्णय गरेको हो ।

क्याम्पसले दिएको जानकारी अनुसार अहिले तलब भत्ता तथा अन्य खर्चहरु समेत गरी २० लाख रुपियाँको आवश्यकता छ । २० लाख रुपियाँ व्यवस्थापन गर्न सके तत्कालै क्याम्पसलाई नयाँ ढंगले शून्य तहबाट पुनर्जीवित गर्न सकिने अबस्था छ ।

तर, सञ्चालक समितिले गाउँपालिकाको मुख ताकेर अन्य स्रोतको पहिचान नगर्दा क्याम्पस ऋणमा फस्दै बन्द हुने अबस्थामा पुगेको हो । यद्यपि, गाउँपालिकाले कक्षा १२ सम्मको व्यवस्थापनका लागि कानूनी अधिकार पाएको छ ।

क्याम्पस सञ्चालक समितिले यही पुस २३ गतेलाई क्याम्पस सभा बोलाएको छ । सभाले अध्यक्षसहित अन्य सञ्चालक सदस्यहरुको चयन गर्नेछ । स्रोतका अनुसार त्यतिखेर राजनीतिक दलको भागबण्डामा परेपछि क्याम्पसको बैठकमा सदस्यहरु अनुपस्थित हुने, क्याम्पसको समस्याबारे ध्यान नदिने गर्नेगरेका छन् ।

यद्यपि, क्याम्पस प्रमुख अमित पौडेल आफै क्याम्पसबाट बहिर्गमनको बाटो खोजिरहनु भएको छ । मनहरीका अगुवा र अग्रज भन्नेहरुले पालिका प्रमुखलाई अध्यक्ष बनाएर आर्थिक भारी बोकाउने र उम्कने गर्नेगरेका छन् । सोही बमोजिम तत्कालीन गाउँपालिका अध्यक्ष उप्रेतीमाथि व्यवस्थापकीय भारी बोकाइएको थियो ।

यसपटक पनि गाउँपालिका अध्यक्षरन्जन कालाखेतीलाई सोही भारी बोकाउने प्रयत्न हुने भएपनि अध्यक्षले उक्त प्रस्तावलाई अस्वीकार गरिसक्नु भएको छ ।

लोकप्रिय

प्रदेश १ सरकारमाथि खनिए पूर्वमुख्यमन्त्री राई

काठमाडौं-पूर्वमुख्यमन्त्री तथा एमाले नेता शेरधन राईले प्रदेश १ सरकारमाथि जनहितमा काम गर्न नसकेको आरोप लगाएका छन् । सामाजिक सञ्जाल...

प्रदेश खेलकुदमा सालकको मस्कटः संरक्षणकर्मी थप उत्साहित

बागमती प्रदेशको १३ वटै जिल्लामा पाइने एकमात्र वन्यजन्तुको रुपमा सालक रहेको छ ।

मनहरीका १८ जना प्रधानाध्यापकद्वारा राजीनामा

मनहरी–असार २९ गते । मनहरी गाउँपालिकाभित्र रहेका १८ वटा प्राथमिक विद्यालयका शिक्षकहरु सामूहिक राजीनामा दिनु भएको छ ।

Related Articles