Wednesday, March 22, 2023

राक्सिराङमा मानव अधिकारको चर्चा, शिक्षा र स्वास्थ्य समस्याप्रति चिन्ता

ताजा / भरखरै प्राप्त

मनहरी वहुमुखी क्याम्पस स्ववियु अध्यक्षमा अनेरास्ववियूका घिसिङ निर्वाचित

मनहरी–चैत ५ गते । पश्चिम मकवानपुरको एक मात्र क्याम्पस मनहरी बहुमुखी क्याम्पसमा आइतबार भएको स्ववियु निर्वाचनमा सभातिमा नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी...

मनहरीमा ७ सय ८६ परीक्षार्थीले आधारभूत तह परीक्षा दिदै

मनहरी–चैत ५ गते । मनहरी गाउँपालिकामा आधारभूत तह उतिर्ण उतिर्ण परीक्षा (कक्षा–८) को वार्षिक परीक्षा यहि चैत ७ गतेबाट हुने भएको छ...

नेपालका ठुला दलका नेताहरुको विकल्प ‘म’ मात्रै होः प्रसाई

साथै ठुला दलका नेताहरुकै कारण मुलुकमा अहिलेको आर्थिक संकट आइपरेको समेत आरोप लगाउनुभयो । नेताहरुले बिदेशमा लगेको पैसा नेपाल ल्याइदैन तब सम्म देशको आर्थिका संकट समेत नहट्ने दावी गनर्सभयो ।

नेपाल राहत शिक्षक समिति मनहरीको अध्यक्षमा पाठक

अध्यक्ष पाठक सहितको समितिको उपाध्यक्षमा नारायण गिरी चयन हुनुभएको छ भने महिला उपाध्यक्षमा राधिका पौडेल चयन हुनुभएको छ ।

राक्सिराङ गाउँपालिका वडा नम्बर ४ बाट एकीकृत शिविर सुचारु

शिविरलाई सम्बोधन गर्नुहुँदै गाउँपालिका अध्यक्ष मल्लले जनताको सेवाका लागि जनप्रतिनिधि घरघरमै पुग्न यो अभियान सञ्चालन गरेको बताउनुभयो ।

राक्सिराङ–माघ १९ गते । स्थानीय तहमा मानव अधिकार समूहको समस्या पहिचान तथा कार्ययोजना बैठक सम्पन्न भएको छ ।

राक्सिराङ गाउँपालिकाको सभा हलमा भएको बैठकले राक्सिराङ गाउँपालिका स्तरीय मानव अधिकार समूहको संयोजक चन्द्रमान प्रजाको सभाध्यक्षतामा सम्पन्न बैठकमा गाउँपालिकाको शिक्षा, स्वास्थ्य र वातावरणसंग सम्बन्धी समस्या पहिचान तथा आगामी दिनमा सम्बन्धित क्षेत्रलाई झकझक्याउने र जवाफदेही बनाउने निर्णय गरेको छ ।

कार्यक्रममा राक्सिराङ गाउँपालिकाका विभिन्न वडामा विद्यालयमा पानीको अभावको कारण विद्यार्थीले शौच बस्न नपाएको, शिक्षक समयमा नपुग्ने, स्वास्थ्य संस्थामा प्राथमिक उपचारका सामाग्री समेत नभएको बिषयहरु उठान भएको थियो ।

सहभागीहरुले गर्भवतीहरुलाई भिडियो एक्सरे सेवा नभएको गुनासो गर्दै पालिकामै सेवा लिन पाए राम्रो हुन्थ्यो भन्दै गुनासो गरेका थिए ।

जवाफमा ५ नम्बर वडाका वडा अध्यक्ष हरि प्रजाले पालिकाले भिडियो एक्सरे मेसिन भित्र्याउन पालिकाको कार्यपालिकाको बैठकले निर्णय गरिसकेको र छिट्टै भिडियो एक्सरे मेसिन पालिकामै उपलब्ध हुने भन्दै प्रतिबद्धता समेत जनाउनुभयो ।

साथै मानव अधिकार समूहसङ्गै मिलेर अगाडि बढ्ने र निरन्तर खबरदारितामा लागिरहन समेत अध्यक्ष प्रजाले आग्रह गर्नुभयो । कार्यक्रमको आवश्यकता, औचित्य र राक्सिराङमा मानव अधिकारको बिषय प्रवेशका सम्बन्धमा मानव अधिकार समूह मनहरीका सल्लाहकार एबम् पत्रकार शिवकुमार काशीले धारणा राख्नु भएको थियो ।

उहाँले राक्सिराङका भौतिक विकास मात्र सम्पूर्णता नभई मानव अधिकारको रक्षा र आधारभूत आवश्यकताहरुको परिपूर्तिका निम्ति राज्यको दह्रो उपस्थिति बढाउन दबाबमुलक भूमिका आवश्यक रहेको बताउनु भएको थियो ।

कार्यक्रमको सहजीकरण अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेककी सहजकर्ता सलीना गौतम र मानव अधिकार समूह मनहरीका सदस्य उमेश राईले गर्नु भएको थियो ।

लोकप्रिय

प्रदेश १ सरकारमाथि खनिए पूर्वमुख्यमन्त्री राई

काठमाडौं-पूर्वमुख्यमन्त्री तथा एमाले नेता शेरधन राईले प्रदेश १ सरकारमाथि जनहितमा काम गर्न नसकेको आरोप लगाएका छन् । सामाजिक सञ्जाल...

चेपाङ समुदायकै पहिलो गायक रबिन कुमारलाई विजय बानियाँ स्मृति लोक संगीत पुरस्कार

हेटौडाँ–पुष ६ गते । चेपाङ समुदायकै पहिलो गायक रबिन कुमार चेपाङ पुरस्कृत हुनुहुने भएको छ । विजय बानियाँ...

मनहरीमा अध्यक्षको एक्सनपछि चितवन निकासी हुने टिपरको संख्या बढ्यो

मंसीर २२ गते साँझ अध्यक्ष कालाखेतीको एक्सनबाट ३ वटा टिपरमाथि कारबाही भएको थियो । उक्त घटना लगत्तै राजश्व तिरेर मनहरीबाट नदिजन्य बस्तु ढुवानी गर्ने सवारी साधनको संख्यामा बृद्धि भएको पाइएको छ ।

Related Articles