Wednesday, September 27, 2023

राष्ट्रिय आधारभूत विद्यालयको अध्यक्षमा पुनः ब्लोन नियुक्त

ताजा / भरखरै प्राप्त

मनहरीको उद्योग बाणिज्य संघ १४ औँ बर्ष पूरा, कार्यालयमा दिप प्रज्वलन

बजार अनुगमनको कुरालाई ध्यान दिएको बताउँदै बजारमा अखाद्य बस्तु, म्याद गुज्रेको बस्तुहरु र ठगीका घटनाहरु सुन्न नपरोस् भन्दै शुभकामना दिनु भएको छ ।

मनहरीमा समाजवादीको बैठक, गाउँपालिकाको बेथितिबारे बोल्नुपर्ने राय

मनहरी गाउँपालिकाको पाडी खरिद काण्ड, १६ करोड राजश्व मिनाहा काण्ड, पत्रकारलाई अनावश्यक हस्तक्षेप गरेको काण्ड लगायतका बिषयहरुमा पार्टीले धारणा सार्बजनिक गर्नुपर्नेलगायतका बिषय नेतृत्वको ध्यानाकर्षण गराएको छ ।

सिमपानीका पाख्रीनलाई ट्रयाक्टरले किच्यो, सेनाले ज्यादति गरेको भन्दै राजमार्ग जाम

घटनास्थलमा प्रहरी पुगेको छ भने घाइते पाख्रीनलाई भरतपुरतर्फ उपचारार्थ पठाइएको छ।

युनिभर्सलले जनप्रतिनिधि र राजनितिकर्मीको उपस्थितिमा मनायो संविधान दिवस (फोटो फिचर)

राक्सिराङ गाउँपालिकाका उपाध्यक्ष थिङले संविधान विरोधी तत्वहरु सक्रिय भएको बताउनुभयो । ८ वर्ष अघि नेपालको गणतान्त्रिक संविधान जारी भई कार्यान्वयनमा आएतापनि अहिले संविधान विरोधी गतिविधिरु भइरहेको बताउनुभयो ।

पोखरा पुगेर प्रहरीले समात्यो अफिमवाला सुवासलाई, शिक्षक प्रल्हाद दर्जी छुट्लान् ?

सुवासलाई पक्राउ गर्न प्रहरी निरीक्षक दिपक थापा नेतृत्वको टोलीले २ दिन पोखरा बिताएको बताइएको छ ।

मनहरी–माघ २७ गते । श्री राष्ट्रिय आधारभूत विद्यालय मनहरी ७ रमन्टारको १९ औँ अभिभावक भेला भएको छ । भेलाले विद्यालय व्यवस्थापन समिति पुनर्गठन गरेको छ ।

लेखमान ब्लोनको अध्यक्षतामा विद्यालय व्यवस्थापन समिति पुनर्गठन गरिएको हो । समितिको सदस्यहरुमा चन्द्र बहादुर थिङ, भगवती गिरी, सुस्मिता प्रजा, पवित्रा सुनार र टिका कुमारी अर्याल चयन भएका हुन् ।

मनहरी गाउँपालिका वडा नम्बर ७ का वडा अध्यक्ष ठाकुरराम तितुङको प्रमुख आतिथ्यतामा भएको भेलामा मनहरी गाउँपालिका शिक्षा शाखाका प्रमुख हरिचन्द्र सापकोटा र विद्यालय निरिक्षक पुर्ण भद्र भुसालको विशेष आतिथ्यता रहेको थियो ।

भेलामा स्वर्गिय भिम बहादुर ब्लोनको स्मृतिमा रु एक लाखको अक्षय कोष समेत निर्माण गरिएको छ । ब्लोनका छोरी इन्द्र कुमारी ब्लोनले अक्षय कोष निर्माण गर्नुभएको हो ।

अक्षय कोषबाट वार्षिकरुपमा प्राप्त हुने ब्याजले कक्षा ६, ७ र ८ मा उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई पुरस्कार वितरण गरिने विद्यालयका सहायक प्रधानाध्यापक बलराम बानियाले बताउनुभयो ।

लोकप्रिय

प्रदेश १ सरकारमाथि खनिए पूर्वमुख्यमन्त्री राई

काठमाडौं-पूर्वमुख्यमन्त्री तथा एमाले नेता शेरधन राईले प्रदेश १ सरकारमाथि जनहितमा काम गर्न नसकेको आरोप लगाएका छन् । सामाजिक सञ्जाल...

प्रदेश खेलकुदमा सालकको मस्कटः संरक्षणकर्मी थप उत्साहित

बागमती प्रदेशको १३ वटै जिल्लामा पाइने एकमात्र वन्यजन्तुको रुपमा सालक रहेको छ ।

मनहरीका १८ जना प्रधानाध्यापकद्वारा राजीनामा

मनहरी–असार २९ गते । मनहरी गाउँपालिकाभित्र रहेका १८ वटा प्राथमिक विद्यालयका शिक्षकहरु सामूहिक राजीनामा दिनु भएको छ ।

Related Articles