Wednesday, September 27, 2023

उत्पीडितहरुसामु स्थानीय सरकारको अनुभूत गराउने अभियानमा राक्सिराङ गाउँपालिका

ताजा / भरखरै प्राप्त

मनहरीको उद्योग बाणिज्य संघ १४ औँ बर्ष पूरा, कार्यालयमा दिप प्रज्वलन

बजार अनुगमनको कुरालाई ध्यान दिएको बताउँदै बजारमा अखाद्य बस्तु, म्याद गुज्रेको बस्तुहरु र ठगीका घटनाहरु सुन्न नपरोस् भन्दै शुभकामना दिनु भएको छ ।

मनहरीमा समाजवादीको बैठक, गाउँपालिकाको बेथितिबारे बोल्नुपर्ने राय

मनहरी गाउँपालिकाको पाडी खरिद काण्ड, १६ करोड राजश्व मिनाहा काण्ड, पत्रकारलाई अनावश्यक हस्तक्षेप गरेको काण्ड लगायतका बिषयहरुमा पार्टीले धारणा सार्बजनिक गर्नुपर्नेलगायतका बिषय नेतृत्वको ध्यानाकर्षण गराएको छ ।

सिमपानीका पाख्रीनलाई ट्रयाक्टरले किच्यो, सेनाले ज्यादति गरेको भन्दै राजमार्ग जाम

घटनास्थलमा प्रहरी पुगेको छ भने घाइते पाख्रीनलाई भरतपुरतर्फ उपचारार्थ पठाइएको छ।

युनिभर्सलले जनप्रतिनिधि र राजनितिकर्मीको उपस्थितिमा मनायो संविधान दिवस (फोटो फिचर)

राक्सिराङ गाउँपालिकाका उपाध्यक्ष थिङले संविधान विरोधी तत्वहरु सक्रिय भएको बताउनुभयो । ८ वर्ष अघि नेपालको गणतान्त्रिक संविधान जारी भई कार्यान्वयनमा आएतापनि अहिले संविधान विरोधी गतिविधिरु भइरहेको बताउनुभयो ।

पोखरा पुगेर प्रहरीले समात्यो अफिमवाला सुवासलाई, शिक्षक प्रल्हाद दर्जी छुट्लान् ?

सुवासलाई पक्राउ गर्न प्रहरी निरीक्षक दिपक थापा नेतृत्वको टोलीले २ दिन पोखरा बिताएको बताइएको छ ।

राक्सिराङ–फागुन २७ गते । संघीयताको कार्यान्वयनपछि गाउँ गाउँमै सिंहदरबार आउँछ भनेर धेरैले भाषण गरे । र, गाउँमै सिंददरबारको आभाष पनि भयो ।

नयाँ संविधान जारी भएपछिको दोस्रो कार्यकालमा अहिले स्थानीय सरकार अघि बढिरहेको छ । यसअघि सर्बदलीय बैठकको स्वाद चाखेका र जनताबाट अनुमोदित हुन नसकेहरु चाहिँ गाउँमा सिंहदरबार आएको छैन, सिंह मात्रै आयो पनि भन्छन् ।

kk

तर, जे होस् शिक्षकहरुको सरुवाको बिषय होस् कि, छोराको नागरिकता बनाउन गाविस सचिव खोज्दै जिल्ला विकास समितिको भ¥याङमुनि पुग्नुपर्ने बाध्यता नै किन नहोस् ? संघीयताको कार्यान्वयनसँगै ती समस्याहरु हल भएका छन् ।

स्थानीय सरकारलाई अझ संविधानले दिएकोजति अधिकारको प्रत्यायोजन भइसकेको छैन, नत्र नापी र मालपोतका कामहरु पनि गाउँकै सिंहदरबारमार्फत हुनेमा शंका गर्न सकिन्न ।
एकाथरिले आरोप लगाए झैँ स्थानीय सरकार अर्थात गाउँ गाउँको सिंहदरबारले अझै राम्ररी काम गर्न सकेको छैन ।

विकास निर्माणका काममा राजनीतिकरण, सेटिङमा ठेक्का, टाठोबाठोको मात्रै हालीमुहालीजस्ता घटनाहरु यत्रतत्र नदेखिएका होइनन् । कतिपय लुकेका र लुकाइएका छन् भने कतिपय सार्बजनिक हुने क्रममै छन् ।

यी र यस्तै आरोपहरुलाई खण्डन गर्न मकवानपुरको राक्सिराङ गाउँपालिकाले यसपटक प्रभावकारी रुपमा जनताको घरघरै पुगेर सेवा दिने प्रयास गरेको छ । यद्यपि अघिल्ला बर्षहरुमा पनि घुम्ती शिविरहरु नराखिएका होइनन् ।

यसपटक भने पहुँचमा नपुगेका मान्छेहरु अर्थात पार्टीको पहुँचमा नरहेका र सँधै पीडित भइरहेकाहरुको आँगनसम्मै पुग्ने गरी राक्सिराङ गाउँपालिकाले योजना तर्जुमा गरेको छ ।

गाउँपालिका अध्यक्ष राजकुमार मल्ल उत्पीडितहरुको घर आँगनमै पुगी सेवा दिनेगरी ‘सेवा पाउने सबैको अधिकार, घरघरमा स्थानीय सरकार’ भन्ने नारासहित यो अभियान सञ्चालन गर्न लागिएको बताउनुहुन्छ ।

एकीकृत शिविर नामाकरण गरिएको अभियानले सम्बन्धित ठाउँमै पुगेर आवश्यकतालाई अनुगमन गरी जस्तापाता, पाइप जस्ता सामग्रीहरु बितरण गर्नेछ भने योजनाहरुको अनुगमन गरी प्राविधिक मूल्यांकन गरेर फिल्डबाटै रकम भुक्तानी समेत गर्नेछ ।

फागुन २९ गतेबाट सुरु हुने शिविरमा विशेषज्ञ डाक्टरबाट घरमै पुगी स्वास्थ्य सेवा प्रबाह गर्ने, अपांगत परिचयत्र बनाइदिने तथा सहायक सामग्रीहरु बितरण गर्ने, बीउबिजन बितरण गर्ने, पशु स्वास्थ्य जाँच र औषधी बितरण गर्ने, व्यवसाय दर्ता र नवीकरणको काम गर्ने लगायतका क्रियाकलापहरु हुने अध्यक्ष मल्ल बताउनुहुन्छ ।

त्यसैगरी गरिव परिचय पत्र बितरण, ज्येष्ठ नागरिक सम्मान तथा परिचय पत्र बितरण विपदका बेला आवश्यक उद्धार राहतका सामग्रीहरु बितरणसहित शिक्षा, स्वास्थ्य, कृषि, पशु, पर्यटन लगायतका बिषयहरुमा समुदायसँग अन्तरक्रिया गर्ने कार्यक्रम तय भएको छ ।

फागुन २९ गते वडा नं ४ को कार्यालय, चैत ६ गते वडा नं ९ को कार्यालय, चैत १४ गते वडा नं ६, ७ र ८ लाई लक्षित गरी जुरेथुमस्थित आधारभूत विद्यालय र चैत २२ गते वडा नं १ र २ लाई लक्षित गरी कालिका माध्यमिक विद्यालय दुंगुमा एकीकृत शिविर सञ्चालनको मिति तोकिएको छ ।

अभियानकै क्रममा आगामी आर्थिक बर्ष २०८०/०८१ का लागि सञ्चालन हुने विकास योजनाहरुका बारेमा पनि भुँइतहबाटै छलफल गराइने र त्यसको टिपोट गरी योजना तर्जुमा प्रक्रियामा समावेश गराउने तयारी गाउँपालिकाले गरेको छ ।

‘हामीले प्रत्यक्ष समस्याहरुलाई सम्भव भएसम्म ठाउँका ठाउँ, नभए तत्कालै नियमित प्रक्रियामा गएर समाधान गर्ने प्रयत्न गर्छाै’, अध्यक्ष मल्लले भन्नुभयो ।

उहाँले यसअघि पार्टी र पहुँचवालाहरुको दबाब, सिफारिस तथा अन्य ढंगले प्रभावित पारेर चाहिएको ठाउँमा विकासको अनुभूति हुन नसकेको र नचाहिने ठाउँमा त्यस्ता गलत कामहरु भएका छन् भने पनि सच्याउने गरी टोली अघि बढ्ने बताउनुभयो ।
राक्सिराङ गाउँपालिकामा मल्ल दोस्रोपटक निर्वाचित अध्यक्ष हुनुहुन्छ ।

चेपाङ समुदायको उद्गम मानिएको यो पालिकामा चेपाङ, तामाङ, दलित, क्षत्री, बाहुन समेत गरी २५ हजारको हाराहारीमा जनसंख्या रहेको छे । भौगोलिक रुपमा साबिक सरिखेत, राक्सिराङ, काँकडा र खैराङ गाविसलाई मिलाएर यो गाउँपालिका निर्माण भएको हो ।

लोकप्रिय

प्रदेश १ सरकारमाथि खनिए पूर्वमुख्यमन्त्री राई

काठमाडौं-पूर्वमुख्यमन्त्री तथा एमाले नेता शेरधन राईले प्रदेश १ सरकारमाथि जनहितमा काम गर्न नसकेको आरोप लगाएका छन् । सामाजिक सञ्जाल...

प्रदेश खेलकुदमा सालकको मस्कटः संरक्षणकर्मी थप उत्साहित

बागमती प्रदेशको १३ वटै जिल्लामा पाइने एकमात्र वन्यजन्तुको रुपमा सालक रहेको छ ।

मनहरीका १८ जना प्रधानाध्यापकद्वारा राजीनामा

मनहरी–असार २९ गते । मनहरी गाउँपालिकाभित्र रहेका १८ वटा प्राथमिक विद्यालयका शिक्षकहरु सामूहिक राजीनामा दिनु भएको छ ।

Related Articles

मनहरीको उद्योग बाणिज्य संघ १४ औँ बर्ष पूरा, कार्यालयमा दिप प्रज्वलन

बजार अनुगमनको कुरालाई ध्यान दिएको बताउँदै बजारमा अखाद्य बस्तु, म्याद गुज्रेको बस्तुहरु र ठगीका घटनाहरु सुन्न नपरोस् भन्दै शुभकामना दिनु भएको छ ।

मनहरीमा समाजवादीको बैठक, गाउँपालिकाको बेथितिबारे बोल्नुपर्ने राय

मनहरी गाउँपालिकाको पाडी खरिद काण्ड, १६ करोड राजश्व मिनाहा काण्ड, पत्रकारलाई अनावश्यक हस्तक्षेप गरेको काण्ड लगायतका बिषयहरुमा पार्टीले धारणा सार्बजनिक गर्नुपर्नेलगायतका बिषय नेतृत्वको ध्यानाकर्षण गराएको छ ।

सिमपानीका पाख्रीनलाई ट्रयाक्टरले किच्यो, सेनाले ज्यादति गरेको भन्दै राजमार्ग जाम

घटनास्थलमा प्रहरी पुगेको छ भने घाइते पाख्रीनलाई भरतपुरतर्फ उपचारार्थ पठाइएको छ।