Wednesday, September 27, 2023

मनहरीका पाँच विद्यालयले कक्षा अपग्रेड मागे

ताजा / भरखरै प्राप्त

मनहरीको उद्योग बाणिज्य संघ १४ औँ बर्ष पूरा, कार्यालयमा दिप प्रज्वलन

बजार अनुगमनको कुरालाई ध्यान दिएको बताउँदै बजारमा अखाद्य बस्तु, म्याद गुज्रेको बस्तुहरु र ठगीका घटनाहरु सुन्न नपरोस् भन्दै शुभकामना दिनु भएको छ ।

मनहरीमा समाजवादीको बैठक, गाउँपालिकाको बेथितिबारे बोल्नुपर्ने राय

मनहरी गाउँपालिकाको पाडी खरिद काण्ड, १६ करोड राजश्व मिनाहा काण्ड, पत्रकारलाई अनावश्यक हस्तक्षेप गरेको काण्ड लगायतका बिषयहरुमा पार्टीले धारणा सार्बजनिक गर्नुपर्नेलगायतका बिषय नेतृत्वको ध्यानाकर्षण गराएको छ ।

सिमपानीका पाख्रीनलाई ट्रयाक्टरले किच्यो, सेनाले ज्यादति गरेको भन्दै राजमार्ग जाम

घटनास्थलमा प्रहरी पुगेको छ भने घाइते पाख्रीनलाई भरतपुरतर्फ उपचारार्थ पठाइएको छ।

युनिभर्सलले जनप्रतिनिधि र राजनितिकर्मीको उपस्थितिमा मनायो संविधान दिवस (फोटो फिचर)

राक्सिराङ गाउँपालिकाका उपाध्यक्ष थिङले संविधान विरोधी तत्वहरु सक्रिय भएको बताउनुभयो । ८ वर्ष अघि नेपालको गणतान्त्रिक संविधान जारी भई कार्यान्वयनमा आएतापनि अहिले संविधान विरोधी गतिविधिरु भइरहेको बताउनुभयो ।

पोखरा पुगेर प्रहरीले समात्यो अफिमवाला सुवासलाई, शिक्षक प्रल्हाद दर्जी छुट्लान् ?

सुवासलाई पक्राउ गर्न प्रहरी निरीक्षक दिपक थापा नेतृत्वको टोलीले २ दिन पोखरा बिताएको बताइएको छ ।

मनहरी–फागुन २७ गते । मनहरी गाउँपालिकाका तीनवटा निजीसहित ५ वटा विद्यालयले कक्षा अपग्रेडका निम्ति मनहरी गाउँपालिकामा प्रक्रिया अघि बढाएका छन् ।

गाउँपालिका शिक्षा शाखाले दिएको जानकारी अनुसार मनहरी ६ स्थित रेड एन्जल एकेडेमीले कक्षा ८ को अनुमति माग गरेको छ । त्यसैगरी वडा नं १ स्थित नविन मेमोरियल एकेडेमीले कक्षा ४ र ५ को अनुमति मागरेको छ ।

वडा नं ७ मा रहेको बिलिभर्स इंग्लिस स्कूलले कक्षा ७ को अनुमति माग गरेको शिक्षा शाखा प्रमुख हरिचन्द्र सापकोटाले बताउनुभयो ।

सामुदायिकतर्फ वडा नं ७ को राष्ट्रिय माध्यमिक विद्यालय रमन्टार बिजौनाले कक्षा ९ को लागि अनुमति मागेको छ भने वडा नं १ को बालजीवन ज्योति माध्यमिक विद्यालयले कक्षा १२ को अनुमति माग गरी कागजपत्र पेस गरेको छ ।

माग निवेदनका बारे गाउँ शिक्षा समिति हुँदै कार्यपालिकामा पु¥याएर अनुमति दिनेबारे निर्णय हुने सापकोटाले बताउनुभयो ।

विद्यालयको कक्षा अपग्रेडका लागि सरकारले तोकेको सर्तहरु पूरा भए/नभएको बारे फिल्ड अनुगमन तथा कागजपत्रको अध्ययनपछि मात्रै बैठकहरुमा पेस हुने उहाँले बताउनुभयो ।

कक्षा अपग्रेड गर्न चाहने विद्यालयले हरेक बर्ष पुस मसान्तभित्र निवेदन पेस गर्नुपर्ने प्रावधान रहेको छ ।

लोकप्रिय

प्रदेश १ सरकारमाथि खनिए पूर्वमुख्यमन्त्री राई

काठमाडौं-पूर्वमुख्यमन्त्री तथा एमाले नेता शेरधन राईले प्रदेश १ सरकारमाथि जनहितमा काम गर्न नसकेको आरोप लगाएका छन् । सामाजिक सञ्जाल...

प्रदेश खेलकुदमा सालकको मस्कटः संरक्षणकर्मी थप उत्साहित

बागमती प्रदेशको १३ वटै जिल्लामा पाइने एकमात्र वन्यजन्तुको रुपमा सालक रहेको छ ।

मनहरीका १८ जना प्रधानाध्यापकद्वारा राजीनामा

मनहरी–असार २९ गते । मनहरी गाउँपालिकाभित्र रहेका १८ वटा प्राथमिक विद्यालयका शिक्षकहरु सामूहिक राजीनामा दिनु भएको छ ।

Related Articles