Wednesday, September 27, 2023

राक्सिराङका सामुदायिक वनहरुलाई सक्रिय बनाउन छलफल

ताजा / भरखरै प्राप्त

मनहरीको उद्योग बाणिज्य संघ १४ औँ बर्ष पूरा, कार्यालयमा दिप प्रज्वलन

बजार अनुगमनको कुरालाई ध्यान दिएको बताउँदै बजारमा अखाद्य बस्तु, म्याद गुज्रेको बस्तुहरु र ठगीका घटनाहरु सुन्न नपरोस् भन्दै शुभकामना दिनु भएको छ ।

मनहरीमा समाजवादीको बैठक, गाउँपालिकाको बेथितिबारे बोल्नुपर्ने राय

मनहरी गाउँपालिकाको पाडी खरिद काण्ड, १६ करोड राजश्व मिनाहा काण्ड, पत्रकारलाई अनावश्यक हस्तक्षेप गरेको काण्ड लगायतका बिषयहरुमा पार्टीले धारणा सार्बजनिक गर्नुपर्नेलगायतका बिषय नेतृत्वको ध्यानाकर्षण गराएको छ ।

सिमपानीका पाख्रीनलाई ट्रयाक्टरले किच्यो, सेनाले ज्यादति गरेको भन्दै राजमार्ग जाम

घटनास्थलमा प्रहरी पुगेको छ भने घाइते पाख्रीनलाई भरतपुरतर्फ उपचारार्थ पठाइएको छ।

युनिभर्सलले जनप्रतिनिधि र राजनितिकर्मीको उपस्थितिमा मनायो संविधान दिवस (फोटो फिचर)

राक्सिराङ गाउँपालिकाका उपाध्यक्ष थिङले संविधान विरोधी तत्वहरु सक्रिय भएको बताउनुभयो । ८ वर्ष अघि नेपालको गणतान्त्रिक संविधान जारी भई कार्यान्वयनमा आएतापनि अहिले संविधान विरोधी गतिविधिरु भइरहेको बताउनुभयो ।

पोखरा पुगेर प्रहरीले समात्यो अफिमवाला सुवासलाई, शिक्षक प्रल्हाद दर्जी छुट्लान् ?

सुवासलाई पक्राउ गर्न प्रहरी निरीक्षक दिपक थापा नेतृत्वको टोलीले २ दिन पोखरा बिताएको बताइएको छ ।

मनहरी । राक्सिराङ गाउँपालिका भित्र रहेका विभिन्न सामुदायिक वन उपभोक्ता समुहहरुलाई सक्रिय र चलायमान बनाउनका लागि छलफल गरिएको छ ।

सामुदायिक वन उपभोक्ता महासंघ राक्सिराङ गाउँपालिकाको अगुवाईमा विभिन्न सामुदायिक वन उपभोक्ता समुहका पदाधिकारी, सब डिभिजन वन कार्यालय राक्सिराङ र डिभिजन वन कार्यालय राप्तीका कर्मचारीहरुबीच छलफल गरिएको हो ।

छलफलमा विभिन्न सामुदायिक वनका पदाधिकारीहरुले वनमा रहेका समस्या, चुनौती र असहजताका बारेमा गुनासो राखेका थिए ।

सामुदायिक वनहरुमा जाने डढेलो, वन क्षेत्रमा जथाभावी हुने सडक निर्माण तथा उपभोक्तामा जनचेतनाको कमीलगायत चुनौती रहेको उनीहरुको भनाई छ । राक्सिराङ सब डिभिजनका प्रमुख दिनेश सत्यालले निष्क्रिय रहेका र अव्यवस्थित समुहहरुलाई सक्रिय बनाई वन संरक्षण र उपभोक्ताको हितमा काम गराउन पहल गरिएको बताउनुभयो ।

राक्सिराङका ३५ वटा सामुदायिक वनमध्य केही समुह मात्र क्रियाशील रहेको बताउँदै उहाँले उपभोक्ता समुह र वन क्षेत्रको समुदाय नै जागरुक हुनुपर्ने बताउनुभयो । राप्ती डिभिजनका डिभिजनल वन अधिकृत बिष्णु प्रसाद आचार्यले राक्सिराङका वन क्षेत्र पर्यापर्यटन र जिविकोपार्जनका हिसाबले महत्वपुर्ण रहेको औल्याउनुभयो ।

कार्यालयका तर्फबाट विभिन्न लक्षित कार्यक्रम लागु गरि वनको विकास र समुदायको जीवनस्तर सुधारमा काम भईरहेको उहाँको भनाई छ । सालक, चिउरी, छतिवन, दारजस्ता वन पैदावरको संरक्षण र प्रवद्र्धनमा विभिन्न कार्यक्रम गरिएको बताउँदै उहाँले वनको संरक्षण र विकासमा समुदायले अपनत्व लिनुपर्ने बताउनुभयो ।

ठुला योजना सञ्चालनका लागि बजेट अभाव रहेकाले संघ, प्रदेश तथा स्थानीय सरकारसँग आवश्यक पहलसमेत भइरहेको उहाँले बताउनुभयो । सामुदायिक वन उपभोक्ता महासंघ राक्सिराङका अध्यक्ष सन्तोष थापामगरले सामुदायिक वनहरुलाई सक्रिय बनाउन महासंघले अगुवाई गर्ने बताउनुभयो ।

राक्सिराङ गाउँपालिका, वन कार्यालय र उपभोक्ता समुहहरुबीच अन्तरक्रिया गरि आपसी सहकार्य र समन्वयको वातावरण बनाइने उहाँले बताउनुभयो ।

अव्यवस्थित रहेका, नविकरण नभएका, निष्क्रिय रहेका सबै समुहहरुलाई क्रियाशिल बनाउन महासंघले जागरण अभियान थाल्ने योजना रहेको थापाको भनाई छ ।

लोकप्रिय

प्रदेश १ सरकारमाथि खनिए पूर्वमुख्यमन्त्री राई

काठमाडौं-पूर्वमुख्यमन्त्री तथा एमाले नेता शेरधन राईले प्रदेश १ सरकारमाथि जनहितमा काम गर्न नसकेको आरोप लगाएका छन् । सामाजिक सञ्जाल...

प्रदेश खेलकुदमा सालकको मस्कटः संरक्षणकर्मी थप उत्साहित

बागमती प्रदेशको १३ वटै जिल्लामा पाइने एकमात्र वन्यजन्तुको रुपमा सालक रहेको छ ।

मनहरीका १८ जना प्रधानाध्यापकद्वारा राजीनामा

मनहरी–असार २९ गते । मनहरी गाउँपालिकाभित्र रहेका १८ वटा प्राथमिक विद्यालयका शिक्षकहरु सामूहिक राजीनामा दिनु भएको छ ।

Related Articles