Wednesday, May 31, 2023

ढुंगामाथि स्याउला ओछ्याएर स्कूल पढेको सम्झिए राक्सिराङका अध्यक्ष मल्लले

ताजा / भरखरै प्राप्त

सिद्धार्थ हरियाली सामुदायिक वनका उपभोक्ताहरुलाई अभिमुखिकरण

राक्सिराङ–जेठ १६ गते । राक्सिराङ गाउँपालिका वडा नं. ३ मा रहेको सिद्धार्थ हरियाली सामुदायिक वन उपभोक्ता समुहका उपभोक्ताहरुलाई अभिमुखिकरण कार्यक्रम सम्पन्न...

रोटरी माविमा पोषण प्रदर्शनीको आयोजना

मनहरी–जेठ १२ गते । मनहरी गाउँपालिका ७ स्थित राष्ट्रिय रोटरी माध्यमिक विद्यालयले पोषण प्रदर्शनी गरेको छ । पछिल्लो समय...

राक्सिराङमा मानव बेचविखन तथा ओसारपसार नियन्त्रणसम्बन्धि अन्तरक्रिया

राक्सिराङ–जेठ ११ गते । राक्सिराङ गाउँपालिकामा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण सम्बन्धि छलफल तथा अन्तरक्रिया गरिएको छ ।

चिउरीः बहुआयामिक ‘कल्पबृक्ष’

परापूर्व कालदेखि नै चल्दै उपयोगमा ल्याइएका मौलिक बनष्पति र जीवजन्तुको संरक्षण र त्यसको बहुआयामिक उपयोगबारे अब ध्यान दिनुपर्ने बेला आएको छ

प्रदेश खेलकुदमा सालकको मस्कटः संरक्षणकर्मी थप उत्साहित

बागमती प्रदेशको १३ वटै जिल्लामा पाइने एकमात्र वन्यजन्तुको रुपमा सालक रहेको छ ।

मनहरी–बैशाख १६ गते । राक्सिराङ गाउँपालिकाले आफ्ना पालिकाभित्रबाट एसईई दिएका विद्यार्थीहरुका लागि निःशुल्क कम्प्युटर तालिम दिलाएको छ ।

मनहरी ७ स्थित एकेडेमिक अर्थ इन्स्टिच्यूटसँग समन्वय गरी आधारभूत कम्प्युटर तालिम सुरु गरिएको हो ।

तालिमको शनिबार दिउँसो उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष मल्लले गाउँको विकासका लागि नयाँ पुस्ताको अग्रसरता आवश्यक रहेको बताउनुभयो ।

‘अहिलेका नयाँ पुस्ताका भाई बहिनीहरुले राक्सिराङ गाउँपालिकाको भूगोल, परिस्थिति, अफ्ठ्याराहरु बुझेर मसिनो गरी आफ्नो मातृभूमिको विकासका लागि लाग्नुपर्ने आवश्यकता आएको छ ।’

उहाँले भन्नुभयो । आफूले खैराङको बागेश्वरी विद्यालयमा बेन्च अभावमा ढुंगामाथि स्याउला ओछ्याएर विद्यालय शिक्षा लिएको प्रसंग कोट्याउँदै अहिलेका बालबालिकालाई स्थानीय र संघीय सरकारले निकै सुविधा दिलाएको प्रष्ट्याउनुभयो ।

अहिलेका युवालाई कम्प्युटर शिक्षा अनिबार्य रहेको भन्दै गाउँको विकास, समृद्धि र रुपान्तरणजस्ता कार्यहरु फेसबुक र युट्युबमा देखाएर मात्रै सम्भव नहुने अध्यक्ष मल्लको भनाई थियो । ‘केही मान्छेहरु फेसबुक र युट्युबतिर कराइरहेको देख्छौँ, त्यसले विकास सम्भव होला र ?’ उहाँको भनाई थियो ।

उहाँले विकास, समृद्धि र सामाजिक रुपान्तरणका लागि नयाँ पुस्ता र पुराना पुस्ताबीचको समन्वयकारी भूमिका जरुरी रहेको बताउनुभयो ।

राक्सिराङ गाउँपालिकाबाट पढेर र संघर्ष गरेर आएका मानिसहरु मनहरी र हेटौँडासहित राष्ट्रियस्तरमा स्थापित भएकाले सोही बाटोमा जान उहाँले तालिममा सहभागीहरुलाई अनुरोध गर्नुभयो ।

कार्यक्रममा उपाध्यक्ष बनस्तम थिङले राक्सिराङबाट मनहरीतिर झरेका मानिसहरुले समग्र सामाजिक र राजनीतिक नेतृत्व गरिरहेको सम्झना गर्दै नयाँ पुस्ताले नयाँ सीप र दक्षता अभिबृद्धि गरी कुनै पनि भूगोलमा स्थापित हुनुपर्नेमा जोड दिनुभयो ।

‘अहिले सिक्न उमेर हो’, उपाध्यक्ष थिङको भनाई थियो–‘सिक्ने क्रममा कुनै पनि हिसावको अफ्ठ्यारो आइपरेमा स्थानीय सरकारलाई सम्झनू ।’

एकेडेमिक अर्थ इन्स्टिच्यूटका सञ्चालक नरहरि कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा अर्का सञ्चालक मनोज मुक्तानले स्वागत मन्तब्य ब्यक्त गर्नु भएको थियो भने राष्ट्रिय रोटरी माविका प्रधानाध्यापक गोविन्दप्रसाद पौडेल, रेडियो मनहरी एफएमका म्यानेजर शिवकुमार काशी लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नु भएको थियो ।

उद्घाटन कार्यक्रम सञ्चालन गर्दै इन्स्टिच्यूटका सञ्चालक गोविन्द थिङले यो सिजनमा मात्रै इन्स्टिच्यूटमा १ सय जनाले कम्प्युटर सिकिरहेको जानकारी दिनुभयो ।

लोकप्रिय

प्रदेश १ सरकारमाथि खनिए पूर्वमुख्यमन्त्री राई

काठमाडौं-पूर्वमुख्यमन्त्री तथा एमाले नेता शेरधन राईले प्रदेश १ सरकारमाथि जनहितमा काम गर्न नसकेको आरोप लगाएका छन् । सामाजिक सञ्जाल...

साहित्य संगम मकवानपुरले ८ जना साहित्यकारलाई सम्मान गर्ने

हेटौंडा-मकवानपुरको अग्रणी साहित्यिक संस्था साहित्य संगम मकवानपुरले यस वर्ष ८ जना साहित्यकारलाई सम्मान तथा पुरस्कार प्रदान गर्ने भएको छ । संगमको मंगलबार...

चेपाङ समुदायकै पहिलो गायक रबिन कुमारलाई विजय बानियाँ स्मृति लोक संगीत पुरस्कार

हेटौडाँ–पुष ६ गते । चेपाङ समुदायकै पहिलो गायक रबिन कुमार चेपाङ पुरस्कृत हुनुहुने भएको छ । विजय बानियाँ...

Related Articles

सिद्धार्थ हरियाली सामुदायिक वनका उपभोक्ताहरुलाई अभिमुखिकरण

राक्सिराङ–जेठ १६ गते । राक्सिराङ गाउँपालिका वडा नं. ३ मा रहेको सिद्धार्थ हरियाली सामुदायिक वन उपभोक्ता समुहका उपभोक्ताहरुलाई अभिमुखिकरण कार्यक्रम सम्पन्न...

रोटरी माविमा पोषण प्रदर्शनीको आयोजना

मनहरी–जेठ १२ गते । मनहरी गाउँपालिका ७ स्थित राष्ट्रिय रोटरी माध्यमिक विद्यालयले पोषण प्रदर्शनी गरेको छ । पछिल्लो समय...

राक्सिराङमा मानव बेचविखन तथा ओसारपसार नियन्त्रणसम्बन्धि अन्तरक्रिया

राक्सिराङ–जेठ ११ गते । राक्सिराङ गाउँपालिकामा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण सम्बन्धि छलफल तथा अन्तरक्रिया गरिएको छ ।