Wednesday, May 31, 2023

सिस्नेरीपाखा सामुदायिक वनको २५ लाख झिकेर विकास सम्पर्कबिहिन

ताजा / भरखरै प्राप्त

सिद्धार्थ हरियाली सामुदायिक वनका उपभोक्ताहरुलाई अभिमुखिकरण

राक्सिराङ–जेठ १६ गते । राक्सिराङ गाउँपालिका वडा नं. ३ मा रहेको सिद्धार्थ हरियाली सामुदायिक वन उपभोक्ता समुहका उपभोक्ताहरुलाई अभिमुखिकरण कार्यक्रम सम्पन्न...

रोटरी माविमा पोषण प्रदर्शनीको आयोजना

मनहरी–जेठ १२ गते । मनहरी गाउँपालिका ७ स्थित राष्ट्रिय रोटरी माध्यमिक विद्यालयले पोषण प्रदर्शनी गरेको छ । पछिल्लो समय...

राक्सिराङमा मानव बेचविखन तथा ओसारपसार नियन्त्रणसम्बन्धि अन्तरक्रिया

राक्सिराङ–जेठ ११ गते । राक्सिराङ गाउँपालिकामा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण सम्बन्धि छलफल तथा अन्तरक्रिया गरिएको छ ।

चिउरीः बहुआयामिक ‘कल्पबृक्ष’

परापूर्व कालदेखि नै चल्दै उपयोगमा ल्याइएका मौलिक बनष्पति र जीवजन्तुको संरक्षण र त्यसको बहुआयामिक उपयोगबारे अब ध्यान दिनुपर्ने बेला आएको छ

प्रदेश खेलकुदमा सालकको मस्कटः संरक्षणकर्मी थप उत्साहित

बागमती प्रदेशको १३ वटै जिल्लामा पाइने एकमात्र वन्यजन्तुको रुपमा सालक रहेको छ ।

वन समूहको उपभोक्ता समेत नरहेको मान्छेले वन समूहको खाताबाट २५ लाख झिकेर खर्च गरेको कुरा तपाईलाई पत्यार नलाग्न सक्छ ।

तर, यो मनहरीको घटना हो, यहाँ यस्ता कुराहरु सामान्यजस्तै हुँदै गएको छ । सामुदायिक सम्पत्ति र स्रोतहरुको बृत्तिविकास त कता हो कता ? भएका सामुदायिक र सरकारी संस्थाहरुलाई झन् खत्तम बनाउँदै लैजानेतर्फ टाठाबाठाहरुको ध्यान गइरहेको पाइन्छ ।

घटना गएको माघ महिनाको हो । मनहरी गाउँपालिका वडा नं ६ स्थित सिस्नेरीपाखा सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष शिवकुमार विक मनहरी ६ डिपाडस्थित दिदीबहिनी होटलमा खाजा खान पस्छन् । टेबुलमै झोला झाडेर उनी पछाडितर्फ रहेको शौचालय पुग्छन् । खाजा खाइसकेर झोला बोकेर रुपाचुरीस्थित घरतर्फ लाग्छन् ।

सव डिभिजन वन कार्यालय मनहरीमा सिस्नेरीपाखा सामुदायिक वनले दिएको स्पष्टिकरण ।

आफ्नो झोलामा रहेको हस्ताक्षरयुक्त चेक हराएको कुरा खाजा खाएको भोलिपल्ट मात्रै उनले निधो पाउँछन् । चेक हराएको हराएको ९ दिनपछि अध्यक्षले वन समूहको बैठक डाक्छन्
र चेक हराएको जानकारी गराएर निर्णय गराउँछन् ।

कुनै चलचित्र वा नाटकको कथा झैँ लाग्ने यो घटना वन समूहका अध्यक्ष विकले प्रहरीमा दिएको जाहेरी र सव डिभिजन वन कार्यालय मनहरीमा दिएको स्पष्टिकरणमा उल्लेख छ । उहाँले थाहादर्शन साप्ताहिक पत्रिकासँग प्रतिक्रिया दिँदै भन्नुभयो–‘भएको घटना त्यही हो, चेक दिदीबहिनी होटलका घरमालिक विकास भनिने लालकुमार थिङले चोरेका हुन् ।’

सिस्नेरीपाखा सामुदायिक वनको तर्फबाट अध्यक्ष शिवकुमार विश्वकर्माले इलाका प्रहरी कार्यालय मनहरीमा दिएको जाहेरी ।

हराएको वा चोरिएको चेक प्रयोग गरी वन समूहको हेटौँडास्थित राष्ट्रिय बाणिज्य बैँकको मूल खाता नं १३००१००००२४६५००१ बाट माघ १८ गते हेटौँडामै रहेको कामना सेवा विकास बैँकमा रहेको लालकुमार थिङको खाता नं ४९१४१००५५ ३८७७०००००१ मा रकम ट्रान्सफर भएको देखिन्छ । ‘मैले वन समूहमा पानी पोखरी बनाएको र अरु काम गरेको खर्च रकम भुक्तानीका लागि बैँकमा जाँदा २५ लाख लालकुमार थिङको खातामा गइसकेको थाहा पाएपछि छाँगाबाट खसेको झैँ भएँ ।’

सिस्नेरीपाखा सामुदायिक वन उपभोक्ता समूहको कार्य समिति बैठकको निर्णय प्रतिलिपि ।

बैँकबाट सामुदायिक वनको त्यति ठूलो रकम ब्यक्तिले आफ्नो खातामा संकलन गरी चलाएको थाहा पाएको दिनबाट आफूलाई निद्रा नलागेको बताउँदै विकले लालकुमारबाट आफू असुरक्षित रहेको बताए । ‘मैले जानाजान तँलाई फसाउन यस्तो गरेको हुँ, जे गर्न सक्छस् गर’ भन्दै मलाई धम्क्याउने काम भएको छ’, अध्यक्ष विकले भने–‘म एउटा दलितको छोरोले कसरी त्यत्रो पैसाको व्यवस्थापन गर्न सक्नू ?’


लालकुमारविरुद्ध उजुरी बोकेर जिल्ला प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालयमा पटक पटक धाएको र अन्तिममा मात्रै जाहेरी दर्ता भएको उनले सुनाए । एकपटक पक्राउ गरेर जिल्ला प्रहरी कार्यालयसम्म पनि पु¥याइएको थियो तर पैसा जम्मा गर्ने सर्तमा उनलाई छुटाइएपछि अहिले उनी सम्पर्कमा नरहेको विकको भनाई छ ।

कोषको रकम व्यक्तिले छड्काएपछि वन समूहले फागुन ५ गते बैठक राखेर विकास भनिने लालकुमार थिङलाई कारबाही गर्न कानूनी प्रक्रिया थाल्ने निर्णय गरेको समूहको बैठक पुस्तिकाबाट प्रष्ट हुन्छ ।

घटनापछि पनि लालकुमार भागेका थिएनन् । विश्वकर्मासँग फोन र भेटमै पनि धम्कीपूर्ण व्यवहार गरिरहेको विश्वकर्मा सहितका सहकर्मीहरु बताउँछन् ।

जब उनलाई यो घटनापछि प्रहरीमा निवेदन दिई पक्राउ गरियो, त्यसपछि जिल्ला प्रहरी कार्यालय मकवानपुरले मुद्दा नचलाई चैत २० गतेभित्र रकम जम्मा गर्ने भाका दिएर छाड्यो ।

यो कामका लागि प्रहरीमा सहजीकरण गर्नेहरु विभिन्न राजनीतिक दलका मानिसहरु, जनप्रतिनिधिहरु समेत रहेका थिए ।
समुदायको रकम हिनामिना गर्नेलाई यस्तो छुट दिएकामा मकवानपुर प्रहरीप्रति पनि प्रश्न तेर्सिएको छ । त्यसो त प्रहरीले, जाहेरी दर्ता गर्नै नमानेर अल्झाउने नीति लिएको र यही बीचमा लालकुमार फरार हुने अबस्था सिर्जना गरिदिएको हल्ला छ । यद्यपि, जाहेरी दर्ता भइसकेकाले पक्राउका लागि प्रहरीले खोजी गरिरहेको इलाका प्रहरी कार्यालय मनहरीका प्रहरी निरीक्षक कृष्णराज ढकाल बताउनु हुन्छ ।

धेरै नै हल्लाखल्ला भएपछि सव डिभिजन वन कार्यालय मनहरीले वन समूहलाई पत्र काटेर के कसो भएको हो भनी स्पष्टिकरण सोधेको छ । स्पष्टिकरणको वन समूहको जबाफसहित सव डिभिजन वन कार्यालयले डिभिजन वन कार्यालय राप्ती मनहरीलाई कागजपत्र पेस गरेको र कारबाहीका लागि जिल्ला प्रशासन कार्यालयसहित वन निर्देशनालयहरुलाई समेत बोद्धार्थ दिएर पत्र लेख्ने काम गरिएको डिभिजन वन कार्यालय राप्ती मनहरीका प्रमुख बिष्णुप्रसाद आचार्यले बताउनुभयो ।

‘राज्य र समुदायको कोषको दुरुपयोग गर्ने जोकोहीलाई कारबाही गर्न वन कार्यालय आक्रामक भएर लाग्छ’, आचार्य भन्छन्–‘सबै निकायले अपराध गर्नेलाई कारबाहीको दायरामा ल्याउन भूमिका निर्बाह गरौँ ।’

ठेकेदार पृष्ठभूमि भएका लालकुमार अहिले प्रहरीको सम्पर्कमा पनि छैनन्, वन समूहको सम्पर्कमा पनि छैनन् । इलाका प्रहरी कार्यालय मनहरीमा चैत ५ गते दर्ता नं ९० चोरी मुद्दा दर्ता भएको छ उनी विरुद्ध । प्रहरीले उनलाई पक्रन प्रयास गरिरहेको बताएको छ । तर, ‘रात रहे, अग्राख पलाए’ भने झैं लालकुमार कता पुगे कता ? वन समूहका अध्यक्ष यता बिलखबन्दमा छन् ।

त्यसो त लालकुमारले दिदी बहिनी होटल रहेको घर, जग्गा जमिन बिक्री गरिसकेको हल्ला छ । उनले वन समूहबाहेक अन्यत्र पनि ठूलै रकम ऋण सापटी लिएको बुझिएको छ । यसबारे बुझ्न उनलाई ९८४५७३३३८४ मा फोन गर्दा सम्पर्क हुन सकेन ।

(थाहादर्शन साप्ताहिक पत्रिकाबाट साभर गरिएको )

लोकप्रिय

प्रदेश १ सरकारमाथि खनिए पूर्वमुख्यमन्त्री राई

काठमाडौं-पूर्वमुख्यमन्त्री तथा एमाले नेता शेरधन राईले प्रदेश १ सरकारमाथि जनहितमा काम गर्न नसकेको आरोप लगाएका छन् । सामाजिक सञ्जाल...

साहित्य संगम मकवानपुरले ८ जना साहित्यकारलाई सम्मान गर्ने

हेटौंडा-मकवानपुरको अग्रणी साहित्यिक संस्था साहित्य संगम मकवानपुरले यस वर्ष ८ जना साहित्यकारलाई सम्मान तथा पुरस्कार प्रदान गर्ने भएको छ । संगमको मंगलबार...

चेपाङ समुदायकै पहिलो गायक रबिन कुमारलाई विजय बानियाँ स्मृति लोक संगीत पुरस्कार

हेटौडाँ–पुष ६ गते । चेपाङ समुदायकै पहिलो गायक रबिन कुमार चेपाङ पुरस्कृत हुनुहुने भएको छ । विजय बानियाँ...

Related Articles

सिद्धार्थ हरियाली सामुदायिक वनका उपभोक्ताहरुलाई अभिमुखिकरण

राक्सिराङ–जेठ १६ गते । राक्सिराङ गाउँपालिका वडा नं. ३ मा रहेको सिद्धार्थ हरियाली सामुदायिक वन उपभोक्ता समुहका उपभोक्ताहरुलाई अभिमुखिकरण कार्यक्रम सम्पन्न...

रोटरी माविमा पोषण प्रदर्शनीको आयोजना

मनहरी–जेठ १२ गते । मनहरी गाउँपालिका ७ स्थित राष्ट्रिय रोटरी माध्यमिक विद्यालयले पोषण प्रदर्शनी गरेको छ । पछिल्लो समय...

राक्सिराङमा मानव बेचविखन तथा ओसारपसार नियन्त्रणसम्बन्धि अन्तरक्रिया

राक्सिराङ–जेठ ११ गते । राक्सिराङ गाउँपालिकामा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण सम्बन्धि छलफल तथा अन्तरक्रिया गरिएको छ ।