Wednesday, May 31, 2023

मनहरी खानेपानीमा पुनः जोशीकै नेतृत्व

ताजा / भरखरै प्राप्त

सिद्धार्थ हरियाली सामुदायिक वनका उपभोक्ताहरुलाई अभिमुखिकरण

राक्सिराङ–जेठ १६ गते । राक्सिराङ गाउँपालिका वडा नं. ३ मा रहेको सिद्धार्थ हरियाली सामुदायिक वन उपभोक्ता समुहका उपभोक्ताहरुलाई अभिमुखिकरण कार्यक्रम सम्पन्न...

रोटरी माविमा पोषण प्रदर्शनीको आयोजना

मनहरी–जेठ १२ गते । मनहरी गाउँपालिका ७ स्थित राष्ट्रिय रोटरी माध्यमिक विद्यालयले पोषण प्रदर्शनी गरेको छ । पछिल्लो समय...

राक्सिराङमा मानव बेचविखन तथा ओसारपसार नियन्त्रणसम्बन्धि अन्तरक्रिया

राक्सिराङ–जेठ ११ गते । राक्सिराङ गाउँपालिकामा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण सम्बन्धि छलफल तथा अन्तरक्रिया गरिएको छ ।

चिउरीः बहुआयामिक ‘कल्पबृक्ष’

परापूर्व कालदेखि नै चल्दै उपयोगमा ल्याइएका मौलिक बनष्पति र जीवजन्तुको संरक्षण र त्यसको बहुआयामिक उपयोगबारे अब ध्यान दिनुपर्ने बेला आएको छ

प्रदेश खेलकुदमा सालकको मस्कटः संरक्षणकर्मी थप उत्साहित

बागमती प्रदेशको १३ वटै जिल्लामा पाइने एकमात्र वन्यजन्तुको रुपमा सालक रहेको छ ।

मनहरी–बैशाख २७ गते । मनहरी खानेपानी तथा सरसफाई उपभोक्ता समितिको अध्यक्षमा पुनः भुवनकुमार जोशी निर्विरोध निर्वाचित हुनु भएको छ ।

उहाँसहित बिधान बमोजिम ११ सदस्यीय कार्य समितिको निर्विरोध चयन भएको हो ।

उपाध्यक्षमा बौतम लामा, सचिवमा हिमशिखर ब्लोन, सहसचिवमा सुजन पाठक र कोषाध्यक्षमा दिलबहादुर स्याङ्बो चयन हुनु भएको छ । त्यसैगरी सदस्यहरुमा रेनु पुडासैनी, मनु तामाङ, जुनेली मुक्तान, सफी अहमद, गीता कर्माचार्य र अनिल पौडेल चयन हुनु भएको छ ।

नयाँ नेतृत्व चयन भएसँगै मनहरी खानेपानी तथा सरसफाई उपभोक्ता समिति मनहरी गाउँपालिका वडा नं ७ भित्रमात्रै केन्द्रित भएको छ । यसअघि वडा नं ७, ८ र ९ का संयुक्त समितिको रुपमा यो संस्था क्रियाशील थियो ।

समितिको पहिलो साधारण सभा तथा अधिबेसनले उहाँहरुलाई निर्विरोध चयन गरेको निर्वाचन समितिका संयोजक पदमबहादुर तितुङले जानकारी दिनुभयो ।

साधारण सभामा मन्तब्य ब्यक्त गर्दै मनहरी गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीले ठेक्का प्रक्रियामार्फत मनहरी बजार क्षेत्रमा फोहर संकलन गर्ने बताउनुभयो ।

उहाँले लामो समयपछि साधारण सभा आयोजना भएकोमा धन्यवाद दिँदै बिधान बमोजिम नियमित साधारण सभा आयोजना गर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा मकवानपुर उद्योग बाणिज्य संघ पश्चिम क्षेत्र समिति सभापति नारायण सुवेदी, नेपाली काँग्रेसका उमेश मुक्तान, मनकामना सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष सुरेश मुक्तान, सामुदायिक रेडियो मनहरीका स्टेशन म्यानेजर शिवकुमार काशी, वडा सदस्य नवराज सुवेदी, ७ नं वडाध्यक्ष ठाकुरराम तितुङ लगायतले शुभकामना मन्तब्य व्यक्त गर्नु भएको थियो ।

त्यसैगरी साधारण सभामा अध्यक्ष भुवनकुमार जोशीबाट प्रगति प्रतिवेदन र कोषाध्यक्ष कमला मैनालीबाट आर्थिक प्रतिवेदन प्रस्तुत भएको थियो । साधारण सभामा संस्थापक अध्यक्ष प्रल्हाद लम्साल, सचिव पुष्कर सुवेदी, कोषाध्यक्ष कमला मैनालीसहित सदस्यहरुलाई सम्मान पनि गरिएको थियो ।

चार बर्षे अबधिको साधारण सभामा बिधान संशोधन प्रस्ताव समेत पारित भएको छ । संशोधित बिधानमा कार्य समितिमा एक महिला पदाधिकारी अनिबार्य कायम गर्ने र ४ जना महिला सदस्य रहने व्यवस्था छ ।

त्यसैगरी अन्य विभिन्न १२ वटा बुँदाहरुमा संशोधन गरिएको छ । संशोधित विधान सम्बन्धित निकायबाट स्वीकृति प्राप्त भएपछि लागू हुनेछ ।

विधान संशोधनका लागि सचिव पुस्कर सुवेदीको अध्यक्षतामा नारायण सुवेदी, पदमबहादुर तितुङ, गौतम लामा, शिवकुमार रिजाल, गोविन्द गलान सम्मिलित समिति गठन भएको थियो ।

लोकप्रिय

प्रदेश १ सरकारमाथि खनिए पूर्वमुख्यमन्त्री राई

काठमाडौं-पूर्वमुख्यमन्त्री तथा एमाले नेता शेरधन राईले प्रदेश १ सरकारमाथि जनहितमा काम गर्न नसकेको आरोप लगाएका छन् । सामाजिक सञ्जाल...

साहित्य संगम मकवानपुरले ८ जना साहित्यकारलाई सम्मान गर्ने

हेटौंडा-मकवानपुरको अग्रणी साहित्यिक संस्था साहित्य संगम मकवानपुरले यस वर्ष ८ जना साहित्यकारलाई सम्मान तथा पुरस्कार प्रदान गर्ने भएको छ । संगमको मंगलबार...

चेपाङ समुदायकै पहिलो गायक रबिन कुमारलाई विजय बानियाँ स्मृति लोक संगीत पुरस्कार

हेटौडाँ–पुष ६ गते । चेपाङ समुदायकै पहिलो गायक रबिन कुमार चेपाङ पुरस्कृत हुनुहुने भएको छ । विजय बानियाँ...

Related Articles

सिद्धार्थ हरियाली सामुदायिक वनका उपभोक्ताहरुलाई अभिमुखिकरण

राक्सिराङ–जेठ १६ गते । राक्सिराङ गाउँपालिका वडा नं. ३ मा रहेको सिद्धार्थ हरियाली सामुदायिक वन उपभोक्ता समुहका उपभोक्ताहरुलाई अभिमुखिकरण कार्यक्रम सम्पन्न...

रोटरी माविमा पोषण प्रदर्शनीको आयोजना

मनहरी–जेठ १२ गते । मनहरी गाउँपालिका ७ स्थित राष्ट्रिय रोटरी माध्यमिक विद्यालयले पोषण प्रदर्शनी गरेको छ । पछिल्लो समय...

राक्सिराङमा मानव बेचविखन तथा ओसारपसार नियन्त्रणसम्बन्धि अन्तरक्रिया

राक्सिराङ–जेठ ११ गते । राक्सिराङ गाउँपालिकामा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण सम्बन्धि छलफल तथा अन्तरक्रिया गरिएको छ ।