Wednesday, May 31, 2023

चिउरीको बियाँ पेल्न स्थापित मेसिनको परिक्षण उत्पादन

ताजा / भरखरै प्राप्त

सिद्धार्थ हरियाली सामुदायिक वनका उपभोक्ताहरुलाई अभिमुखिकरण

राक्सिराङ–जेठ १६ गते । राक्सिराङ गाउँपालिका वडा नं. ३ मा रहेको सिद्धार्थ हरियाली सामुदायिक वन उपभोक्ता समुहका उपभोक्ताहरुलाई अभिमुखिकरण कार्यक्रम सम्पन्न...

रोटरी माविमा पोषण प्रदर्शनीको आयोजना

मनहरी–जेठ १२ गते । मनहरी गाउँपालिका ७ स्थित राष्ट्रिय रोटरी माध्यमिक विद्यालयले पोषण प्रदर्शनी गरेको छ । पछिल्लो समय...

राक्सिराङमा मानव बेचविखन तथा ओसारपसार नियन्त्रणसम्बन्धि अन्तरक्रिया

राक्सिराङ–जेठ ११ गते । राक्सिराङ गाउँपालिकामा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण सम्बन्धि छलफल तथा अन्तरक्रिया गरिएको छ ।

चिउरीः बहुआयामिक ‘कल्पबृक्ष’

परापूर्व कालदेखि नै चल्दै उपयोगमा ल्याइएका मौलिक बनष्पति र जीवजन्तुको संरक्षण र त्यसको बहुआयामिक उपयोगबारे अब ध्यान दिनुपर्ने बेला आएको छ

प्रदेश खेलकुदमा सालकको मस्कटः संरक्षणकर्मी थप उत्साहित

बागमती प्रदेशको १३ वटै जिल्लामा पाइने एकमात्र वन्यजन्तुको रुपमा सालक रहेको छ ।

राक्सिराङ–बैशाख २७ गते । राक्सिराङ गाउँपालिका ५ बाङ्तीराङमा स्थापना भएको चिउरीको बियाँ प्रशोधन गरी तेल निकाल्ने मेसिनको सफल परिक्षण गरिएको छ ।

दुई बर्षअघि स्थापना गरिएको उक्त तेल मिलको सफल परिक्षण गरी चेपाङ समुदायलाई हस्तान्तरण गरिएको हो । नेपाल चेपाङ संघका केन्द्रीय अध्यक्ष गोविन्दराम चेपाङ, बागमती प्रदेश अध्यक्ष खुसीलाल चेपाङ, राक्सिराङ गाउँपालिका ५ नं वडाध्यक्ष हरिबहादुर चेपाङसहितको टोलीले मेसिन सञ्चालनको जिम्मा पाएका नारायण चेपाङसहितको टोलीलाई मेसिन र प्रविध हस्तान्तरण गरेको हो ।

नेपाल चेपाङ संघ राक्सिराङ गाउँ कार्यकारिणी समितिको सिफारिसमा बागमती प्रदेश सरकारले डिभिजन वन कार्यालय राप्ती मनहरीमार्फत मेसिन स्थापना गरिदिएको हो ।

२ बर्षअघि स्थापना भएको मेसिन बिद्युत बिस्तार नहुँदा र पर्याप्त कच्चा पदार्थको संकलन भई सञ्चालनमा आउन सक्ने वातावरण नहुँदा परिक्षण समेत गरिएको थिएन ।

‘हामीले वन कार्यालयसँग समन्वय गरी मेसिन ल्यायौँ, जसोतसो टहरा पनि हाल्यौँ’, मेसिनको जिम्मेवारी सम्हालेको चेपाङ कुटानी पिसानी मिलका अध्यक्ष नारायण चेपाङले भन्नुभयो–‘यो मिल चल्दैन भनेर अनेक हल्लाखल्ला र विवाद पनि निकाल्ने काम भयो, तर हामीले ती सबै कुरा बिर्सेर मिलको सफल परिक्षण गरेका छौँ ।’

उहाँका अनुसार डिभिजन वन कार्यालयले चेपाङको अत्यधिक बाहुल्य क्षेत्रमा यस्तो मिल स्थापना गर्नका लागि सहजीकरण भएको थियो ।

चेपाङ समुदाय मूलतः चिउरीको रुख र फलसँग सम्बन्धित हुने भएकाले चिउरीको बियाँलाई प्रशोधन गरी तेल निकालेर बेच्न सकेमा आर्थिक समृद्धि हुने भएकाले योजना अघि बढाइएको अध्यक्ष चेपाङले बताउनुभयो ।

यद्यपि, कतिपय वडाका अगुवा चेपाङ समुदायले अपायक ठाउँमा मिल राखेको भनी आलोचना पनि गरेको उहाँको भनाई थियो । ‘हामील चिउरी धेरै उत्पादन हुने वडाहरुबाट चिउरीको बियाँ संकलन गरेर ल्याउँछौं, यहाँ पेल्छौं र त्यसको सप्लाई बजारमा गर्छौ भन्ने हिसावले राक्सिराङ गाउँपालिकाके केन्द्रनजिकै मिल चलाउन चाहेका हौँ’, अध्यक्ष चेपाङले भन्नुभयो ।

मेसिन र प्रविधि हस्तान्तरणसँगै अब तत्कालै विद्युत जडानका लागि गाउँपालिका मार्फत पहल गर्ने र चिउरी, तोरी, रायोका बियाँ पेलेर तेल बिक्री गर्ने बाटो खुलेको उहाँले बताउनुभयो ।

परिक्षण तथा प्रविधि हस्तान्तरणमा डिभिजन वन कार्यालय राप्तीका प्रतिनिधिहरु, वडाध्यक्ष, चेपाङ अगुवाहरु, पत्रकारहरु सहभागी हुनुहुन्थ्यो ।

प्राप्त भएको अनुदानको सही उपयोग गरी उद्देश्य अनुसारको काम गर्न नेपाल चेपाङ संघका केन्द्रीय अध्यक्ष गोविन्दराम चेपाङले संघका प्रतिनिधिहरु र चेपाङ समुदायलाई आग्रह गर्नु भएको थियो ।

प्रविधि र मेसिन हस्तान्तरणपछि ५ नं वडाध्यक्ष हरिबहादुर प्रजाले मेसिन सही ढंगले सञ्चालन हुन नसकेमा वडा कार्यालयले हस्तक्षेप गरेर चलाउने दिन आउन सक्ने भन्दै चेपाङ समुदायलाई सजग बनाउनुभयो ।

मेसिनमा राक्सिराङ र कैलाश गाउँपालिकाका चेपाङ बस्तीहरुमा उत्पादित चिउरीको बियाँ संकलन गरी प्रशोधन गर्न सकेमा खेर गइरहेका चिउरीको बियाँले उचित मूल्य प्राप्त गरी चेपाङ समुदायको आर्थिक स्तर समेत बृद्धि हुने अपेक्षा गरिएको छ ।

लोकप्रिय

प्रदेश १ सरकारमाथि खनिए पूर्वमुख्यमन्त्री राई

काठमाडौं-पूर्वमुख्यमन्त्री तथा एमाले नेता शेरधन राईले प्रदेश १ सरकारमाथि जनहितमा काम गर्न नसकेको आरोप लगाएका छन् । सामाजिक सञ्जाल...

साहित्य संगम मकवानपुरले ८ जना साहित्यकारलाई सम्मान गर्ने

हेटौंडा-मकवानपुरको अग्रणी साहित्यिक संस्था साहित्य संगम मकवानपुरले यस वर्ष ८ जना साहित्यकारलाई सम्मान तथा पुरस्कार प्रदान गर्ने भएको छ । संगमको मंगलबार...

चेपाङ समुदायकै पहिलो गायक रबिन कुमारलाई विजय बानियाँ स्मृति लोक संगीत पुरस्कार

हेटौडाँ–पुष ६ गते । चेपाङ समुदायकै पहिलो गायक रबिन कुमार चेपाङ पुरस्कृत हुनुहुने भएको छ । विजय बानियाँ...

Related Articles

सिद्धार्थ हरियाली सामुदायिक वनका उपभोक्ताहरुलाई अभिमुखिकरण

राक्सिराङ–जेठ १६ गते । राक्सिराङ गाउँपालिका वडा नं. ३ मा रहेको सिद्धार्थ हरियाली सामुदायिक वन उपभोक्ता समुहका उपभोक्ताहरुलाई अभिमुखिकरण कार्यक्रम सम्पन्न...

रोटरी माविमा पोषण प्रदर्शनीको आयोजना

मनहरी–जेठ १२ गते । मनहरी गाउँपालिका ७ स्थित राष्ट्रिय रोटरी माध्यमिक विद्यालयले पोषण प्रदर्शनी गरेको छ । पछिल्लो समय...

राक्सिराङमा मानव बेचविखन तथा ओसारपसार नियन्त्रणसम्बन्धि अन्तरक्रिया

राक्सिराङ–जेठ ११ गते । राक्सिराङ गाउँपालिकामा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण सम्बन्धि छलफल तथा अन्तरक्रिया गरिएको छ ।