Wednesday, May 31, 2023

मकवानपुर उद्योग बाणिज्य संघ पश्चिम क्षेत्र समितिमा गणेशमान मानन्धर निर्विरोध

ताजा / भरखरै प्राप्त

सिद्धार्थ हरियाली सामुदायिक वनका उपभोक्ताहरुलाई अभिमुखिकरण

राक्सिराङ–जेठ १६ गते । राक्सिराङ गाउँपालिका वडा नं. ३ मा रहेको सिद्धार्थ हरियाली सामुदायिक वन उपभोक्ता समुहका उपभोक्ताहरुलाई अभिमुखिकरण कार्यक्रम सम्पन्न...

रोटरी माविमा पोषण प्रदर्शनीको आयोजना

मनहरी–जेठ १२ गते । मनहरी गाउँपालिका ७ स्थित राष्ट्रिय रोटरी माध्यमिक विद्यालयले पोषण प्रदर्शनी गरेको छ । पछिल्लो समय...

राक्सिराङमा मानव बेचविखन तथा ओसारपसार नियन्त्रणसम्बन्धि अन्तरक्रिया

राक्सिराङ–जेठ ११ गते । राक्सिराङ गाउँपालिकामा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण सम्बन्धि छलफल तथा अन्तरक्रिया गरिएको छ ।

चिउरीः बहुआयामिक ‘कल्पबृक्ष’

परापूर्व कालदेखि नै चल्दै उपयोगमा ल्याइएका मौलिक बनष्पति र जीवजन्तुको संरक्षण र त्यसको बहुआयामिक उपयोगबारे अब ध्यान दिनुपर्ने बेला आएको छ

प्रदेश खेलकुदमा सालकको मस्कटः संरक्षणकर्मी थप उत्साहित

बागमती प्रदेशको १३ वटै जिल्लामा पाइने एकमात्र वन्यजन्तुको रुपमा सालक रहेको छ ।

मनहरी–बैशाख ३० गते । मकवानपुर उद्योग बाणिज्य संघ पश्चिम क्षेत्र समितिको सभापतिमा गणेशमान मानन्धर निर्विरोध निर्वाचित हुनु भएको छ ।

उहाँसहित बरिष्ठ उपसभापतिमा रामचन्द्र उप्रेती, उपसभापतिमा जलाल दिन मिया निर्विरोध चयन हुनु भएको छ ।

शनिबार सम्पन्न १२ औँ साधारण सभा तथा पाँचौ अधिबेसनले महिला सदस्यमा अनिता कर्माचार्यलाई चयन गरेको छ भने अन्य १८ जना सदस्य चयन भएको छ ।

समयमै जन्म दर्ता गरी कानुनी पहिचान सुनिश्चित गरौ ।

अन्य सदस्यहरुमा स्वतन्त्र उप्रेती, सुदर्शन उप्रेती, बेदमणि सेढाई,, पदमबहादुर तितुङ, कृष्णराम श्रेष्ठ, चन्द्रमणि पाठक, शिवशंकर स्याङ्तान, बिष्णुराम कालाखेती, रेनु पुडासैनी कोइराला, दिपकप्रसाद रिमाल, चुँडाबहादुर गिरी, नारायण प्रसाद बर्ताैला, शंकरप्रसाद कालाखेती, गोविन्द बर्ताैला, योगेश रिजाल, पशुपति बर्ताैला, राजु राउत र सागर स्याङ्तान निर्विरोध चयन हुनु भएको छ ।

नव गठित समितिको पहिलो बैठकले महासचिव, कोषाध्यक्ष, सहकोषाध्यक्ष र सचिवहरुको चयन गर्नेछ ।

सभापतिमा चुनिएपछि मन्तब्य ब्यक्त गर्दै मानन्धरले आफ्नो तीन बर्षे कार्यकालको कार्ययोजना बनाएर अघि बढ्ने बताउनुभयो । उहाँले यही कार्यकालमा मनहरी महोत्सवको पाँचौ संस्करण सञ्चालन गर्नुपर्ने, बजार क्षेत्रको सफाई गर्नुपर्ने, व्यवसायिक आबद्धता बढाएर अघि बढ्नुपर्ने, पश्चिम क्षेत्र समितिको कार्य सञ्चालनका लागि निर्माण भएको कार्यविधिलाई शंसोधन गर्नुपर्ने लगायतका कामहरु सम्पन्न गर्नुपर्नेमा जोड दिनु भएको छ ।

साधारण सभामा बोल्दै प्रमुख अतिथि मनहरी गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीले स्थानीय सरकारले व्यवसायीको हकहितका लागि काम गर्ने प्रतिबद्धता जनाउनुभयो ।

त्यसैगरी नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्ण कटुवाल, मकवानपुर उद्योग बाणिज्य संघ हेटौँडाका अध्यक्ष कृष्णकुमार गुप्ता अग्रवाल, बरिष्ठ उपाध्यक्ष अनिल अग्रवाल, वडाध्यक्षका तर्फबाट ४ नं वडाध्यक्ष प्रकाश थापा, राजनीतिक दलहरुका तर्फबाट नेपाली काँग्रेसका सभापति प्रकाश बर्ताैला लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नु भएको थियो ।

सो अबसरमा समाजसेवी एबम् नेपाली सिनेमाका नायक बीरेन्द्र डिसीले आफूले यसअघि घोषणा गरेको एकलाख रुपियाँ समेत हस्तान्तरण गर्नु भएको थियो । साधारण सभामा सभापति नारायण सुवेदी, महासचिव पदमबहादुर तितुङ र कोषाध्यक्ष जलाल दिन मियाले प्रस्तुत गर्नु भएको प्रगति तथा आर्थिक प्रतिवेदनहरु पारित गरिएको थियो ।

लोकप्रिय

प्रदेश १ सरकारमाथि खनिए पूर्वमुख्यमन्त्री राई

काठमाडौं-पूर्वमुख्यमन्त्री तथा एमाले नेता शेरधन राईले प्रदेश १ सरकारमाथि जनहितमा काम गर्न नसकेको आरोप लगाएका छन् । सामाजिक सञ्जाल...

साहित्य संगम मकवानपुरले ८ जना साहित्यकारलाई सम्मान गर्ने

हेटौंडा-मकवानपुरको अग्रणी साहित्यिक संस्था साहित्य संगम मकवानपुरले यस वर्ष ८ जना साहित्यकारलाई सम्मान तथा पुरस्कार प्रदान गर्ने भएको छ । संगमको मंगलबार...

चेपाङ समुदायकै पहिलो गायक रबिन कुमारलाई विजय बानियाँ स्मृति लोक संगीत पुरस्कार

हेटौडाँ–पुष ६ गते । चेपाङ समुदायकै पहिलो गायक रबिन कुमार चेपाङ पुरस्कृत हुनुहुने भएको छ । विजय बानियाँ...

Related Articles

सिद्धार्थ हरियाली सामुदायिक वनका उपभोक्ताहरुलाई अभिमुखिकरण

राक्सिराङ–जेठ १६ गते । राक्सिराङ गाउँपालिका वडा नं. ३ मा रहेको सिद्धार्थ हरियाली सामुदायिक वन उपभोक्ता समुहका उपभोक्ताहरुलाई अभिमुखिकरण कार्यक्रम सम्पन्न...

रोटरी माविमा पोषण प्रदर्शनीको आयोजना

मनहरी–जेठ १२ गते । मनहरी गाउँपालिका ७ स्थित राष्ट्रिय रोटरी माध्यमिक विद्यालयले पोषण प्रदर्शनी गरेको छ । पछिल्लो समय...

राक्सिराङमा मानव बेचविखन तथा ओसारपसार नियन्त्रणसम्बन्धि अन्तरक्रिया

राक्सिराङ–जेठ ११ गते । राक्सिराङ गाउँपालिकामा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण सम्बन्धि छलफल तथा अन्तरक्रिया गरिएको छ ।